एक मुठी सास फेर्न नपाएर मृत्यूको दोसाँधमा रहेका आमाको कथा

कुनै पनि समस्याहरु बाजा बजाएर आउदैन कुन समयमा के हुने हो कसैलाई थाहा हुदैन तर जब समस्या आईपर्छ तब समस्या सँग जुध्न सक्कनु नै सबै भन्दा ठुलो कुरा हो । स्वास्थ्य क्षेत्रमा राम्रो ब्यबस्था नहुसदा यस कोरोना माहामारीमा बेला समयामा उपचार नपाउदा थुप्रैले अकालमा ज्यान गुमाए । अरु क्षेत्रमा के कस्ता काम गरिरहेछ सरकार त्यता तिर म जान चाहेन स्वस्थ्य जस्तो सम्वेदनशील हुनुपर्ने कुरामा कुनै चासो देखिएन ।

देशबिदेशमा बस्ने नेपालीहरु आफ्नो देशको चिन्ता फिक्री भएर रगत पसिना बगाएर कमाएको दुई पैसा पनि अक्सिजन किन्न पठाउन सक्छन् तर सरकारले त्यही जनताको ढुकुटीबाट जनतालाई समस्या परेको बेलाखर्च गर्न नसक्नु कस्तो बिदम्बना ।

भन्निछ नि लगन बिनाको पोते के काम जब प्रत्येक अस्पतालमा हजारौ बिरामी एक मुठी सास फेर्न नपाएर मृत्यू सँग लडिरहेका थिए बिरामी लाई बचाउनलाई आफन्तहरु अक्सिजनको लागि डौडधुब गरीरहेको जताततै लासको थुप्रो सबैलाई रुवाउने हृदय बिदारक तस्बिर सार्वजनिक हुदा पनि सरकार मौन छ । हाम्रो देशका नेताहरुलाई जनताको प्राण भन्दा सत्ता र कुर्सीमा मोह जागेको देखिन्छ । यी सबै कुराको जब विश्लेषण गर्छु त्यतिबेला लाग्छ, म यो देशको नागरिक हु भन्दा नि लाज लाग्छ ।

संविधानमा उल्लेख गरेका कुराहरु समेत उपभोग गर्न नपाउनु हाम्रो देशको नागरिकको अवस्था छ । जनताको रगतमा मोज मस्ती गर्ने र सधै सत्ताको कुर्सीको वरिपरी नाच्ने, कुर्सीको लागी नैतिकता नै गुमउने सासकहरुलाई के थाहा ? परिवार आफन्तको माया के हो भनेर । यस माहामारीमा छोटो समयमै धेरैले ज्यान गुमाए तर कुर्सी र सत्ताको वरिपरी लुकामारी खेल्नेलाई के थाहा तुहोरो नाबालकलाई सोध अभिाबक बिनाको भबिश्य कस्तो हुन्छ । विधुवालाई सोध श्रीमान बिनाको घर एउटा छारीलाई सोध आमा बिनाको संसार र गरीबलाई सोध भोक के हो भनेर अक्सिजनको अभाबमा अस्पतालको बेदमा छटपटीरहेको बिरामी लाई सोध जिवन के हो भनेर सत्ता र कुर्सीका खेलमा जनताको अधिकार लाई हनन् गर्दै जित्छन तर सोझा साझा जनताहरु हारेका छन् जनता अक्सिजन नपाएर छटपतिदै गर्दा नेताहरु सत्ता र कुर्सी को लागी लड्ने जनताको प्राण भन्ता ठुलो तिनीहरुको कुर्सी अरे वा मानवता हराएको मनुवाहरु ।

छिमेकी देश भारतमा कोरोना माहामारी ह्वात्तै बढ्यो त्यहा मजदुरी गर्न गएका नेपाली दाजु भाईहरु घर फर्किन थाले खुल्ला नाका बाट आवत जावत बढी हुदै गर्दा मेरो गाउको दाजु भाईहरु पनि भारत बाट आएका थिए पिसियार चेक गर्ने ब्यबस्था एकदमै सुस्तगतिमा थियो संक्रमित संङ्ख्या तिब्रगतिमा बढीरहेका थिए समयमा पिसियार ब्कस्था नभएर गाउँ गाउँमा माहामारी फैलियो त्यसैमा मेरो आमा पनि कोरोना बाट अछुतो रहनु भएन ।

कोरोना संक्रमित भैइ मेरो आमा छटपटाई रहेकी थिईन घरमा न कुनै साधन थियो अस्पताल जानलाई छर छिमेकलाई गुहारे नसुने झै गरि हिडे यसलाई त कोरोना लाको छ भनेर बल्ल बल्ल एम्बुलेन्सको ड्राभरलाई फोन लाग्यो । के भाको बिरामी हो मैले भने ज्वरो आको छ फलाना ठाउँमा लानु पर्ने भन्न नपाउदै कोराना त होला म जान सक्दैन भन्दै फोन कातिदिए धेरै प्रयास गरे फोन अफ आयो । आमालाई असैय हुन थाल्यो । हात पाउ जोदेर नजिकैको अटो बोलाएर अस्पताल गयो बल्ल तल्ल अस्पताल त पुग्यो न बेद खाली न अक्सिजन थियो जति अस्पताल थिए कुनै बाकी नराखी धायौ कुनै उपाए नलागेपछि अन्तमा सरकारी अस्पतालमा गयौ त्यहा उस्तै अवस्था अवस्था थियो । कैयो बिरामी भुईमा सुताएर उपचार भईरहेको थियो । बेद खाली हुने आसै आसमा चौबिस घण्टा बितिसक्यो कुनै ब्यबस्था भएन । कैयौ बिरामी हामी जस्तै आफन्त बचाउने आशामा पालमुनि थिए । राता रात सरकार फेर्न सक्नेहरु अक्सिजन नपाएर मृत्यु सँग लडिरहेका बिरमको ब्यबस्था गर्न नसक्ने मेरो सरकार छ ।

छेउमा आमा छटपटाई रहेको थिइन यता उता फोन गरीरहेको थिए कतै ब्यबस्था मिलाई दिनु हुन्छ की भनेर बल्ल तल्ल बेद त मिल्यो तर अक्सिजन मिलेन अक्सिजनको ब्यबस्था मिलाउदा मिलाउदै आमाको स्वास्थ्य खस्किसकेको थियो । आमा लाई आइसीयूमा राखियो सास हुदा सम्म सबै को आस हुन्छ । अक्सिजन खोजेर ल्याउन भने डाक्टरले अब त्यो पनि काहा पाउछ थाहा थिएन । एक जनालाई सोधर पत्ता लगाए त्यहा गए त्यहाँ पुग्दा एति लामो लाइन थियो मानौ दुई तिन घण्टामा पनि पालो न आउँला जस्तो तर के गर्ने आमालाई जसरी हुन्छ बचाउनु थियो ।

आमाकोमा लाको अक्सिजन कति बेला सक्की पो जाने होकी छटपटी भैरहेको थियो पालो कति बेला पालो आउने अत्तोपत्तो थिएन नौनौ महिना पेटमा बोकी हजारौ पिडा सँग लुकामारी गर्दै आफ्नो प्राणको बाजी लगाएर मलाई जन्म दिनु भो तर आज आमा मृत्यु सँग लडीरहेको बेला आमालाई साथ दिन नपाउदाको पिडाले भटभटी पोलीरहेको थियो । बल्ल बल्ल पालो आयो हतार हतार सिलिन्डर लिएर अस्पताल पुगे आत्तिदै आमाको स्वास्थ्य को बारेमा नर्स लाई सोधे ठिकै छ भन्नु भो मन सान्त पार्दै राहतको लामो लामो सास फेरे । एकै छिन भएपनि आमाको मुख हेर्न मन लाग्थ्यो आमाको हात सुमसुम्याउन मन लाग्थ्यो तर त्यहाँ जान मिल्दैन थियो । मेरो पिसाब फेरेको ठाउँमा आफु सुटेर मलाई ओबानोमा सुताउने मेरी आमा आफु भोको पेट राखेर मेरो पेट भरिदिने मनभरि पिडा लुकाएर मेरो अगाडी बनावती हासो हास्ने प्रेमको पहिलो आभास गराउने जब जिन्दगी निराश हुदा आमाको जादुमय हात सधै मेरो शिरमा राखिदिने मेरी आमा आज यस्तो अबस्था मा छटपटाई रहदा छुन त परै जाओस उहाँको छेउमा पनि जान पाको थिएन ।

आमाको चिन्ताले कति दिन भैसकेको थियो अनाजको त कुरै छोडौ पानि पनि छिर्दैन थियो घाटी बाट निको हुने आसै आसमा एक हप्ता बितिसक्यो केहि सुधार भाको थिएन आमाको सास अक्सिजनको सिसलन्डर मा अत्केको थियो अस्पतालमा बिरामी को च्यापाच्याप हुन थाल्यो त्यस सँगै सिलिन्डरको अभाब हुन थाल्यो मलाई पनि अरु सिसिन्डरको ब्यबस्था गर्नु पर्ने भयो सबै तिर अक्सिजनको हाहाकार मच्चियो अक्सिजन नपाएर मान्छेहरु भटाभट ज्यान गुमाउन थाले मलाई पनि एकदमै दर लागी रहेको थियो आमालाई लगाको अक्सिजन सक्कीन लाको खबर आयो मन साहारै आत्तियो काहाँ बाट ल्याउने गाउँघरमा बस्ने मान्छे कुन कुन ठाउँमा पाइन्छ भनेर थाहै थिएन न त कोहि मान्छे चिनेको सम्पती को नाममा घरबास थियो आमाको उपचारको लागी त्यो पनि धितो राखेको थिए त्यो पैसा नि सक्की सकेको थियो अलिकति हुने खानेहरुले समय मै सबै ब्यबस्था मिलाउदै थिए कोहि अन्तै अस्पतार लादै थिए यो रोग पनि कस्तो धनि गरीब केहि न जान्दोरहेछ झन जहाँ पातलो त्यहि प्वाल पर्दो रहेछ ।

आमा अन्तिम अबस्थामा हुनुहुन्थ्यो एक मुठी सास नपाएर तड्पिरहनु भएको देख्दा दिन मिल्ने भए आफुले फेर्ने सास बाट थोरै दिन पाए हुन्थ्यो त्यो पनि नमिल्ने लास्तमा कुनै उपाए नलाएसी ग्यास उद्योगमा पुगे लाइन बसे आमाको यादले निकै सताई रहेको थियो दुई घण्टा पछि पालो आयो कति दिन खाना नखाको ज्यान पुरै शिथिल भाको थियो कति ठाउँमा हुत्तिदै सिलिन्डर लिएर अस्पताल पुगे त्यहाँ पुग्दा सबै आफन्त हरु बाहिर उभिरहको थिए ।

सबैको आखा रसाएको देखिन्थ्यो हतारीदै पल्ले घरे काकालाई सोधे काका आमा कस्तो हुनुहुन्छ अहिले नानी तिमी त साहारै अभागी रहेछौ एक हप्ता अगाडी बाबा गुमायो तिम्री आमाले पनि यो संसार छोडिसकिन तिमी ढिला भयो नानी अक्सिजन सकिएर तिम्री आमा धेरैबेर छटपटाईन मत छाङ्गा खसेझै लाग्यो सिल्डिर अस्पताको अगाडी जोर सँग बजारे टाउँको समाएर थ्याच्च भुईमा बसे आफ्नो अगाडी कोहि देखिन दिउसै अन्धार सबै सबै शुन्य मरभुमी जस्तै सबै फिका फिका ।

कान बन्द भो आखा बन्द भो केहि सुनेन केहि देखिन आमाको सास रोकिदैछ भन्ने थाहा पाको भए सिलिन्डर नै नलिकन डौडेर आउथे तिम्रो अन्तिम सासमा तिमी सँग हुन पाएन तिम्रो अभागी छोरी आमा मलाई माफ गरिदेऊ जिन्दगीमा सबै पिडा मन्जुर छ भगवान बस एउटा मात्र बिन्ती गर्छु मेरी आमा जाहा भएपनि कहिल्यै न रुवाई दिनु । वर्षातमा चुहिने छानामुनी बास भएपनि मजदुरी गरेर साझ बिहानको छाक तारेपनि जिन्दगी रमाईलो थियो आमा जब तिमी थियो आयो टप्प टिपेर लग्यो मेरो सर्वस लुतियो मेरो जिन्दगी उडासियो केवल तिम्रो याद मात्र बाकी रहयो ।

स्वास्थ्य क्षेत्रमा प्रत्यक वर्ष करोडौ बजेट छुत्याउदा नि कुनचाहि दुलो मा की कस्को खल्टीमा जान्छ सरकार कुर्सी र सत्ता मोहि तिम्रो आखा चुनाबको बेला मात्रै जनतालाई देख्दो रहेछ साचिकै तिमी अन्धो नै रहेछौ प्रत्येक अस्पतालमा अक्सिजन नपाएर बिरामी छटपटीदै थिए तिमी सत्ताको रङ्गमञ्चमा नाचिरहेका छौ आफन्त गुमउनेहरु लाचार भएर पिडामा रन्थनिदै छन अब त अति भो स्वास्थ्य क्षेत्र व्यवस्थित गरिदेऊ बिन्ती गर्छु म जस्ता हजारौं लाई तुहुरो नबनई देऊ सरकार ।