२०२६ फिफा विश्वकपको अन्तिम भिडन्त
समूह चरणदेखि फाइनलसम्म
विश्व फुटबलको सबैभन्दा ठूलो पर्व फिफा विश्वकप २०२६ आफ्नो अन्तिम गन्तव्यमा पुगेको छ। अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यस विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण हो, जहाँ पहिलो पटक ४८ राष्ट्र सहभागी भए। नयाँ ढाँचाअनुसार १२ समूह, १०४ खेल र नकआउट चरणसम्म आइपुग्दा विश्व फुटबलले अनेक रोमाञ्चक क्षण, अप्रत्याशित नतिजा तथा नयाँ कीर्तिमान देख्यो।
यस विश्वकपमा १९ जुलाई २०२६ मा अमेरिकाको न्यू जर्सी स्थित मेटलाइफ स्टेडियममा हुने फाइनल खेलमा साविक विजेता अर्जेन्टिना र सन् २०१० को विश्वविजेता स्पेन आमनेसामने हुँदै छन्। यो केवल उपाधिको लडाइँ मात्र होइन, फुटबलको एउटा युगबाट अर्को युगमा हुने प्रतीकात्मक हस्तान्तरणको रूपमा पनि हेरिएको छ।
समूह चरण : नयाँ ढाँचा, नयाँ रोमाञ्च
समुह चरणमा ४८ टोलीलाई १२ समूहमा विभाजन गरि खेल सञ्चालन गरिएको थियो। प्रत्येक समूहका शीर्ष दुई टोली तथा उत्कृष्ट आठ तेस्रो स्थानका टोलीहरू अन्तिम ३२ मा पुगेका थिए। फिफाले यस बिश्वकपमा कायम गरेको नयाँ संरचनाले धेरै राष्ट्रलाई अवसर दियो भने अन्तिम चरणसम्म प्रतिस्पर्धा जीवित राख्न मद्दत पुगेको छ।
साविक विश्वविजेता अर्जेन्टिना र यसका मुख्य आकर्षक खेलाडी तथा क्याप्टेन लियोनेल मेस्सीको अनुभव, उत्कृष्ट आक्रमण र बलियो टोली समन्वयका कारण उपाधिको प्रमुख दाबेदारका रूपमा समूह चरण पार गर्यो।विश्वकप फुटवलको ईतिहासमा पाँच पटकको विश्वविजेता ब्राजिलपनि प्राविधिक फुटबल, तीव्र आक्रमण र प्रतिभाशाली युवा खेलाडीहरूको बलमा नकआउट चरणमा प्रवेश गर्यो।सन्तुलित पासिङ खेल, अनुशासित रक्षापङ्क्ति र युवा स्टार लामिन यामालको प्रभावका कारण समूह चरणको उत्कृष्ट टोलीमध्ये एक बन्दै स्पेनले समेत समुह चरण पार गर्यो ।सन् २०१८ र २०२२ को दुई विश्वकपमा लगातार फाइनल पुगेको फ्रान्स एम्बाप्पेको नेतृत्वमा फेरि उपाधिको प्रमुख दाबेदार रहँदै समुह चरण पार गर्यो । यस्तै सन्तुलित टोली र उत्कृष्ट मिडफिल्ड र ह्यारी केनको गोल क्षमताका कारण इङ्गल्याणड समेत सहज रूपमा नकआउट चरणमा पुग्न सफल भयो ।क्रिस्चियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलका ब्रुनो फर्नान्डेस, राफाएल लियाओ लगायतका खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले टोलीलाई मजबुत बनाउँदै नक आउट चरणमा प्रवेश गरेको थियो।
चार पटकको विश्वविजेता जर्मनी समेत आफ्नो युवा र अनुभवी खेलाडीहरूको संयोजनले नकआउट चरणमा जान सफल भएको थियो।नेदरल्यान्ड्स आफ्नो आक्रामक र आकर्षक फुटबल खेल्ने टोली र उत्कृष्ट रणनीतिका साथ अन्तिम ३२ मा पुग्न सफल भएको थियो। बेल्जियमको विगतको सुनौलो पुस्तापछि नयाँ पुस्ताले पनि प्रभावशाली प्रदर्शन गर्दै नकआउट चरणमा स्थान बनायन सफल भएको थियो ।अनुभव र अनुशासनका लागि परिचित टोली क्रोएसिया समेत कठिन खेलहरूमा उत्कृष्ट नतिजा निकाल्दै अन्ति ३२ मा पुग्न सफल भएकव थियो । संगठित रक्षापङ्क्ति र सामूहिक खेलका कारण निरन्तर सफल टोलीका रूपमा स्थापित स्विट्जरल्यान्ड समेत अन्तिम ३२ मा पर्न सफल भएको थियो । लामो समयपछि विश्वकपमा फर्किएको नर्वे एर्लिङ हालान्डको गोल क्षमताको भरपुर फाईदा लिदै नकआउट चरणमा पर्न सफल भएको थियो । प्लेअफ हुँदै विश्वकपमा पुगेको स्वीडेन अनुशासित खेल प्रदर्शन गर्दै अन्तिम ३२ मा स्थान सुरक्षित गर्न सफल भएको थियो ।अष्ट्रिया सन्तुलित टोली र उच्च कार्यक्षमताका साथ नकआउट चरणमा पुग्न सफल भएको अर्को टिम हो।बोस्निया–हर्जेगोभिना इतिहासमै उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक विश्वकप सहभागीता छनौट चरण पार गर्दै अन्तिम ३२ सम्म पुग्न सफल भयो। सन् २००२ पछि विश्वकपमा राम्रो प्रदर्शन गर्न नसकेको टर्की हाल प्रभावशाली पुनरागमन गर्दै अन्तिम ३२ मा पर्न सफल भएको थियो । आयोजक राष्ट्रमध्ये एक अमेरिका घरेलु समर्थकको साथ र तीव्र गतिका खेलाडीहरूको सहयोगले अन्तिम ३२ मा पुग्न सफल भएको थियो । त्यस्तै अर्को आयोजक राष्ट्र तथा विश्वकपको अनुभवी टोली मेक्सिको समेत घरेलु वातावरणको फाइदा उठाउँदै सफलतापूर्वक समूह चरण पार गरी अन्तिम ३२ मा पर्न सफल भयो ।
आयोजक राष्ट्रमध्येको अर्को राष्ट्र क्यानडा समेत आफ्नो युवा खेलाडीहरूको उत्साह र गतिशील खेल शैली घरेलु मैदानको फाईदा उठाउँदै अन्तिम ३२ को यात्रा तय गर्न सफल भएको थियो। दक्षिण अमेरिकी छनोटबाट उत्कृष्ट प्रदर्शन गर्दै उपाधिको बलियो दाबेदारका रूपमा समेत हेरिएको कोलम्बिया समेत अन्तिम ३२ मा पर्न सफल भएको थियो । यस्तै उत्कृष् प्रदर्शन सहित इक्वेडर, पाराग्वे, मोरक्को, इजिप्ट, सेनेगल, अल्जेरिया, डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो, घाना, दक्षिण अफ्रिका, जापान, अष्ट्रेलिया र आइभरी कोस्ट समेत अन्तिम ३२ मा पुग्न सफल भएका थिय ।समग्रमा अन्तिम ३२ टोलीमा सबै महादेशको सन्तुलित प्रतिनिधित्व देखियो। युरोपबाट सबैभन्दा धेरै टोली पुगे भने दक्षिण अमेरिका, अफ्रिका, उत्तर अमेरिका र एशियाका टोलीहरूले पनि प्रभावशाली उपस्थिति जनाए। विशेषगरी मोरक्को, डीआर कङ्गो, बोस्निया–हर्जेगोभिना र दक्षिण अफ्रिकाको प्रदर्शन यस विश्वकपका सबैभन्दा सुखद आश्चर्यमध्ये मानियो।
नकआउट चरण : दबाब, नाटकीयता र अप्रत्याशित परिणाम
अन्तिम ३२ देखि प्रत्येक खेल ‘गर या मर’ को अवस्थामा परिणत भयो।अन्तिम ३२ (Round of 32) का रोमाञ्चक खेलपछि विश्वकप २०२६ को अन्तिम १६ मा विश्व फुटबलका स्थापित शक्तिसहित केही नयाँ टोलीहरूले स्थान बनाए। यस चरणबाट प्रतियोगिता अझ प्रतिस्पर्धात्मक बन्दै गयो, जहाँ प्रत्येक खेल उपाधि यात्राका लागि निर्णायक बन्यो। अन्तिम १६ मा पुगेका टिमहरुमा अर्जेन्टिना, स्पेन, फ्रान्स, इंग्ल्यान्ड, ब्राजिल, पोर्चुगल, जर्मनी, नेदरल्यान्ड्स, क्रोएसिया, मोरक्को, जापान, कोलम्बिया, मेक्सिको, अमेरिका, सेनेगल र नर्वे रहेका थिए ।अन्तिम १६ को चरणमा अधिकांश खेल अत्यन्त प्रतिस्पर्धात्मक रहे। केही खेल अतिरिक्त समय र पेनाल्टी सुटआउटसम्म पुगे भने केही खेलमा विश्वस्तरीय व्यक्तिगत प्रदर्शनले नतिजा निर्धारण गर्यो। यही चरणबाट अर्जेन्टिना, स्पेन, फ्रान्स, इंग्ल्यान्ड, ब्राजिल, पोर्चुगल, जर्मनी र अन्य शीर्ष टोलीहरूले उपाधितर्फको आफ्नो दाबेदारी अझ बलियो बनाएका थिए।
२०२६ फिफा विश्वकप: क्वार्टरफाइनल
विश्वकप २०२६ को क्वार्टरफाइनल (अन्तिम ८) चरणमा विश्व फुटबलका उत्कृष्ट आठ टोलीबीच उपाधि यात्रालाई निरन्तरता दिने कडा प्रतिस्पर्धा भयो। साविक विश्वविजेता अर्जेन्टिनाले आफ्नो अनुभव, उत्कृष्ट मिडफिल्ड नियन्त्रण र प्रभावकारी आक्रमणको बलमा प्रतिस्पर्धी टोलीलाई पराजित गर्दै लगातार दोस्रो पटक सेमिफाइनलमा स्थान बनायो। निर्णायक क्षणमा गोल गर्ने क्षमताले टोलीलाई सफलता दिलायो। स्पेनले आफ्नो परिचित टिकी-टाका शैलीलाई निरन्तरता दिँदै बल नियन्त्रणमा प्रभुत्व कायम गर्यो। युवा स्टार लामिन यामाल र मिडफिल्डको उत्कृष्ट प्रदर्शनले टोलीलाई सहज जित दिलाउँदै सेमिफाइनलमा पुर्यायो। फ्रान्सले किलियन एम्बाप्पेको नेतृत्वमा तीव्र प्रतिआक्रमण र उत्कृष्ट फिनिसिङ प्रदर्शन गर्यो। यद्यपि कडा प्रतिस्पर्धापछि टोली सेमिफाइनलमा पुगे पनि उपाधि यात्रामा थप चुनौतीको सामना गर्नुपर्यो। इंग्ल्यान्डले संगठित रक्षापङ्क्ति, उत्कृष्ट मिडफिल्ड समन्वय र ह्यारी केनको नेतृत्वमा कठिन खेल जित्दै अन्तिम चारमा स्थान बनायो। ब्राजिलले आकर्षक आक्रमणकारी फुटबल खेले पनि क्वार्टरफाइनलमा बलियो प्रतिद्वन्द्वीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो। टोलीका युवा खेलाडीहरूले भविष्यप्रति आशा जगाए। ब्रुनो फर्नान्डेसको नेतृत्वमा पोर्चुगलले उत्कृष्ट प्रदर्शन गरे पनि निर्णायक क्षणमा अवसरको सदुपयोग गर्न नसक्दा क्वार्टरफाइनलमै यात्रा टुङ्गियो।
जर्मनीले अनुशासित खेल प्रस्तुत गरे पनि उच्चस्तरीय प्रतिस्पर्धामा पराजित भयो। टोलीले पुनर्निर्माणको सकारात्मक संकेत भने दिएको देखियो। यस विश्वकपको सबैभन्दा प्रेरणादायी टोलीमध्ये जापान पनि एक रह्यो। अनुशासन, तीव्र गति र सामूहिक खेलका कारण क्वार्टरफाइनलसम्म पुगेर एशियाली फुटबलको प्रतिष्ठा अझ उचो बनायो। प्रत्येक खेल उच्चस्तरीय रणनीति, रोमाञ्च र उत्कृष्ट व्यक्तिगत प्रदर्शनले भरिएको थियो। यस चरणबाट अर्जेन्टिना, स्पेन, फ्रान्स र इंग्ल्यान्ड सेमिफाइनलमा स्थान बनाउन सफल भए। क्वार्टरफाइनल चरणले विश्वकप २०२६ को स्तर कति उच्च थियो भन्ने स्पष्ट देखायो। स्थापित शक्तिहरूले आफ्नो अनुभव प्रमाणित गरे भने जापानजस्ता टोलीले विश्व फुटबलमा आफ्नो स्थान अझ मजबुत बनाए। यही चरणबाट अर्जेन्टिना, स्पेन, फ्रान्स र इंग्ल्यान्ड उपाधिका प्रमुख दाबेदारका रूपमा उभिए, जसले सेमिफाइनललाई विश्व फुटबलकै सर्वाधिक प्रतीक्षित चरण बनायो।
सेमिफाइनलका दुई ऐतिहासिक भिडन्त
विश्वकप २०२६ को सेमिफाइनल चरणमा चार उत्कृष्ट टोली—अर्जेन्टिना, स्पेन, फ्रान्स र इंग्ल्यान्ड-उपाधिको अन्तिम दुई स्थानका लागि मैदानमा उत्रिए। विश्व फुटबलका यी चार शक्तिशाली राष्ट्रबीच भएका दुवै खेल उच्चस्तरीय रणनीति, रोमाञ्च र उत्कृष्ट व्यक्तिगत प्रदर्शनका कारण प्रतियोगिताका सर्वाधिक चर्चित खेल बने। पहिलो सेमिफाइनलमा विश्व फुटबलका दुई परम्परागत प्रतिद्वन्द्वी अर्जेन्टिना र इंग्ल्यान्डबीचको खेल ऐतिहासिक प्रतिस्पर्धाको निरन्तरता थियो। सन् १९८६ को विश्वकपमा डिएगो म्याराडोनाको “ह्यान्ड अफ गड” गोल र “शताब्दीको गोल”, १९९८ को विश्वकपमा डेभिड बेकह्यामको रातो कार्ड तथा पछिल्ला विश्वकपहरूमा भएका प्रतिस्पर्धाले यस भिडन्तलाई सधैं विशेष बनाएको थियो।यस खेलमा दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरे। अर्जेन्टिनाले मिडफिल्डमा बलमाथि नियन्त्रण कायम राख्दै अवसर सिर्जना गर्यो भने इंग्ल्यान्डले तीव्र प्रतिआक्रमणमार्फत चुनौती दियो। अन्ततः अर्जेन्टिनाले निर्णायक गोल गर्दै २-१ को जित निकाल्यो र लगातार दोस्रो पटक विश्वकपको फाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो।
दोस्रो सेमिफाइनलमा स्पेन र फ्रान्सबीचको भिडन्त युरोपेली फुटबलका दुई महाशक्तिबीचको रणनीतिक युद्धका रूपमा हेरिएको थियो। स्पेनले आफ्नो प्रसिद्ध टिकी-टाका शैलीबाट बलमाथि नियन्त्रण राख्यो भने फ्रान्सले किलियन एम्बाप्पेको गतिशील आक्रमणमा भर पर्यो।खेलभरि स्पेनले उत्कृष्ट पासिङ, अनुशासित रक्षा र प्रभावकारी फिनिसिङ प्रदर्शन गर्यो। युवा स्टार लामिन यामालको प्रेरणादायी प्रदर्शनले टोलीलाई थप ऊर्जा दियो। अन्ततः स्पेनले २-० को स्पष्ट जित निकाल्दै १६ वर्षपछि पुनः विश्वकप फाइनलमा स्थान बनायो।सेमिफाइनल चरणले अनुभव र युवा प्रतिभाको उत्कृष्ट संयोजन प्रस्तुत गर्यो। अर्जेन्टिनाले आफ्नो विजेता मानसिकता र दबाबमा उत्कृष्ट प्रदर्शन गर्ने क्षमता देखायो भने स्पेनले सामूहिक खेल, रणनीतिक अनुशासन र युवा खेलाडीहरूको प्रतिभाबाट विश्व फुटबलमा नयाँ युगको संकेत दियो। यसरी विश्वकप २०२६ को फाइनलमा साविक विश्वविजेता अर्जेन्टिना र २०१० को विश्वविजेता स्पेन आमनेसामने हुने ऐतिहासिक वातावरण तयार भयो। यो भिडन्त केवल विश्वकप उपाधिको लडाइँ मात्र नभई विश्व फुटबलको इतिहास, वर्तमान र भविष्यबीचको प्रतिस्पर्धाका रूपमा पनि स्मरणीय रहने अपेक्षा गरिएको छ।
फाइनल: इतिहास र भविष्यको संगम
यस फाइनलको सबैभन्दा ठूलो कथा लियोनेल मेस्सी र युवा स्टार लामिन यामाल बीचको पुस्तान्तरणको प्रतीकात्मक प्रतिस्पर्धा हो। ३९ वर्षीय मेस्सी सम्भवतः आफ्नो अन्तिम विश्वकप खेल्दै छन् भने यामाललाई विश्व फुटबलको भविष्यका रूपमा हेरिएको छ।स्पेन दोस्रो विश्व उपाधिको खोजीमा छ भने अर्जेन्टिना लगातार दोस्रो तथा समग्र पाँचौँ विश्वकप जित्ने लक्ष्यमा मैदान उत्रनेछ।स्पेन सन् २०१० को विश्वकप विजेता टिम हो भने अर्जेन्टिना सन् १९७८, सन् १९८६ र सन् २०२२ विश्वविजेता तथा अहिले लगातार दोस्रो उपाधिको खोजीमा फाईनलमा पुगेको टिम हो।अब सम्पूर्ण विश्वको ध्यान अर्जेन्टिना र स्पेनबीच हुने महाअन्तिम भिडन्तमा केन्द्रित छ। एकातिर मेस्सीको सम्भावित अन्तिम विश्वकप यात्रा अमर बन्ने अवसर छ भने अर्कोतर्फ यामाल नेतृत्वको नयाँ स्पेन विश्व फुटबलको नयाँ युगको उद्घोष गर्न तयार छ। त्यसैले यो फाइनल केवल उपाधिको प्रतिस्पर्धा होइन, फुटबलको इतिहास, वर्तमान र भविष्य एकै मैदानमा भेटिने अनुपम क्षण बन्ने अपेक्षा गरिएको छ।
दुई फुटबल दर्शनको प्रतिस्पर्धा
अर्जेन्टिना भावनात्मक, सिर्जनशील र निर्णायक क्षणमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीका रूपमा परिचित छ। दबाबका समयमा पनि खेलको लय परिवर्तन गर्ने क्षमता यसको सबैभन्दा ठूलो शक्ति हो भने स्पेन लामो पासिङ, बलमाथि नियन्त्रण (Possession Football) र सामूहिक खेलका लागि विश्वभर परिचित छ। विपक्षीलाई बल नदिई खेल नियन्त्रण गर्ने स्पेनको शैलीले विश्व फुटबलमा नयाँ मानक स्थापित गरेको छ। यस खेलमा अर्जेन्टिनाका लियोनेल मेस्सी कप्तान)), जुलियन आल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र एमिलियानो मार्टिनेज बिशेष प्रदर्शन गर्न सक्ने खेलाडिको रुपमा हेरिएको छ भने स्पेनका लामिन यामाल, निको विलियम्स, पेड्री, गाभी र उनाई सिमोन मुख्य खेलाडिका रुपमा रहेका छन् । यी खेलाडीहरूको व्यक्तिगत प्रदर्शनले खेलको नतिजा निर्धारण गर्न सक्ने सम्भावना उच्च समेत रहेको छ।
अन्त्यमा
मेटलाइफ स्टेडियम (न्यू जर्सी, अमेरिका) १९ जुलाई २०२६ मा सञ्चालन हुने फाइनल खेल हेर्न विश्वभरका करोडौं समर्थक उत्साहित छन्। उक्त स्टेडियममा प्रत्यक्ष रुपमा उपस्थित भएर करिब ८० लाख भन्दा बढी दर्शकहरुले खेल हेर्ने अपेक्षा गरिएको छ भने विश्वका लगभग सबै देशमा प्रत्यक्ष प्रसारण मार्फत उक्त खेलको अवलोकन गर्नेछन । २०२६ फिफा विश्वकपको फाइनल केवल एउटा फुटबल खेल होइन, यो विश्व फुटबलको इतिहासमा अर्को स्वर्णिम अध्याय लेख्ने अवसर हो। एकातिर अर्जेन्टिना आफ्नो गौरवलाई अझ उचाइमा पुर्याउने लक्ष्यमा छ भने अर्कोतर्फ स्पेन नयाँ पुस्ताको नेतृत्वमा विश्व फुटबलको शिखरमा पुनः फर्किन चाहन्छ।जुनसुकै टोली विजेता बने पनि २०२६ को विश्वकप फाइनल विश्व फुटबलप्रेमीका लागि लामो समयसम्म स्मरणीय रहने निश्चित छ। यही खेलले नयाँ विश्वविजेताको घोषणा गर्नेछ र विश्व फुटबलको इतिहासमा अर्को गौरवपूर्ण अध्याय थपिनेछ।













