भ्रम बाहिरको अर्को सुन्दर जिवन

केहि वर्ष अगाडीदेखि नै विभिन्न स्थानमा उनिसँग भेट भैरहन्थ्यो तर चिनजान बोलचाल भने थिएन । देखादेख भएपनि उनि प्रति त्यति चासो लाग्दैन थियो । तर कहिले काँहि सोच्ने गर्थे यो मान्छे को होला ? के गर्छ होला, प्राय भेट भैराख्छ ।

धनगढीको कोलाहाल मेरो कामको व्यस्तता । एक दिन सबै काम ठाटी राखेर बजार निस्किएको थिए । मेरी साथी सरुको फोन आयो । उ भाको ठाउँमा आउन आग्रह गरीन् । म केहि सयपछि त्यहाँ पुगे, निकै भिडभाड थियो । त्यहि भिडमा एकाएक उनलाई देखे । अरु दिन भन्दा फरक महसुस भयो मन झ्यास्स भो,धेरै ठाउँमा भेटिएपनि त्यस दिनको भेट अनौठो लाग्यो अलिकति आत्मियता अलि बढी डर लागिराको थियो त्यस दिनको भेटले मनमा तरङ्ग नै मच्चायो सरुको नजर म तिरै रहेछ । मेरो शरिर कापिरहेको देख्छिन् र च्याप्प मेरो हात समातिन् । उनले, भनिन सानु यो के भो, केहि होइन भन्दै कुरा अन्तै मोडे ।

सधै झै कफि पिउन फल्याट ल्यान्ड पुगे । त्यो दिन त्यहाँको रौनकले मलाई छोएन । मेरालागि सबै कुरा फिका थिए । एकोहोरो टोलाएको म, सरुले हेर्दै थिईन् । उनले आत्तिएर भनिन्, ‘ओइ केटी केहो कफि खाने होइन ?’ आज तिमी जे खान्छौं, त्यहि खाने हो । यतिकैमा माहोल शान्त भयो । अरु दिन भन्दा त्यो दिनको भेट फरक लाग्यो । उनि निकै फरक देखिएका थिए ।

त्यो भिडमा एक अनौठो अरु दिन भन्दा निकै ब्यग्लै देखिएको त्यो दृश्य आँखाको पर्दाबाट हटनै मानेको थिएन मनमा एकखालको हलचल मच्चिरहेको थियो ।

एकै छिनमा कफि आयो, कफिको चुस्कीसँगै कुराकानी अगाडी बढ्यो । तर, मेरो ध्यान अन्तै कतै केन्द्रित थियो । त्यसैले कुृरामा हो, ठिक छ जस्ता शब्द बाहेक अरु वाक्य मेरो मुखबाट निस्केन । अरु बेला सबैभन्दा बढी सायद म नै बोल्थे । तर त्यो दिन मलाई बोल्न फित्तिकै मन थिएन् । त्यसैले विस्तारै हाम्रो कुराकानी छोटिन थाल्यो । मलाई त्यो दिन कति बेला घर जाउ जस्तो हुन्थ्यो । पछि, म आफै सरुलाई अब घर जाउँ त भने सोधे । सरु फिस्स हास्दै भनिन्, आज त अचम्मै भयौ । रात नपर्दा सम्म बसिराख्ने मान्छे आज किन हतार ? कोईसँग डेटिङ्ग छ कि, क्या हो ?होइन भन्दै ब्याग समातेर उठिहाले । त्यो दिन अहिले सम्मको सबै भन्दा छोटो बसाई हो जस्तो लाग्छ ।

सधै झै कुनै न कुनै स्थानमा भेटिने तर नितान्त अपरिचित ब्यक्तिको बारेमा जान्न मन लागिरहेको थियो घर आए सधै झै हात मुख धोएर कोठामा गएर वेदमा पल्टे मनमा निकै खुलदुली मचिरहे थियो मोवाइल खोले अरु दिन जस्तो केहि हेर्न मन लागेन इन्टरनेट बन्द गरे मन स्थिर थिएन निदाउन खोजे तर पटकै निन्द्रा लागेन सिरानीको तल राखेको मोवाइल निकाले टिकटक खोले सुरुमै उनको भिडियो आयो जस्को बारेमा म बुझ्न चाहान्थ्य उनको केहि भिडियो हेरिसके पछि मन हलुका भएको महसुस गरे एकैछिना निदाएछु । अरु दिन भन्दा अलि ढिलो उठे हतार गर्दै काममा निस्के कहिले काहि मोवाइल चलाउदा टिकटक फेसबुक मा उनि देखिरहन्थे ।
यसरिनै समय बितिराको थियो उनको बारेमा केहि थाहा छैन तर कहिले काँहि यस्तो लाग्थ्यो हामि एक अर्कालाइ पहिल्यै देखि चिन्दछौँ  केहि समय सम्म त्यहि कुराले सताइ रहेयो कसरी बोल्ने केमा बोल्ने सोचिरहन्थ्य एक दिन बडो हिमत जुताएर म्यासेस गरे उता बाट उतिबेलानै रिपलाइ आयो एक अर्काको हालखबर सोधपुछ बाहेक अरु कुरा अगाडी बढेन त्यस पछि केहि समय सम्म केहि कुराकानी भएन ।

केहि कामले जिल्ला बाहिर थिए काम सकेर खाजा खाने समयमा मोवाइल चलाउदै गर्दा उनलाइ अनलाइन देखेर बोले एक अर्काको खबर सँगै आफु कहाँ छु भनेर भन्न नपाउदै मनि त तिमी भाको ठाउँमा आउदैछु अफिसको कामले कतिबेला आउदै कुन बेला फर्किने सँगै फर्किदा मलाइ लाने हो भनिहाले कुनै संकोच नमानि भैहाल्छ नि भने उनको काम सकेर मलाइ कुन ठाउँमा लिन आउने सबै बटाए तर मनमा धेरै कुरा खेल्दै थिए कुनै भिडभाडमा टाढै बाट देख्दा डराउने म आज उनि सँगैको यात्रा कस्तो रहला सोच्दा सोच्दै उनि आइपुगे कहाँ बसु म सोधे आफ्नो सिटको छेउमा देखाउदै बस्न आग्रह गरे अनि हिडियो त्यहाँबाट ।

कहिले काँहि नसोचेको कुरा फ्याट भैदियो भने असमजमा परिन्छ मेरो अबस्था त्यस्तै भयो भेट त भयो तर अब के बोल्ने पुरानै चिनजान भए पो कुनै प्रशङ्ग आउनु उनको बारेमा केहि त थाहा छैन मनमा अनेकौ प्रश्नहरु त छन तर पहिलो भेटमै सबै प्रश्न राख्दा उत्तर कस्तो आउला उनको मनमा के प्रभाव पर्ला तर पनि सामान्य चिनजानको लागि केहि त बोल्नु थियो आधा बाटो पुगेपछि मैलेनै प्रशङ्ग निकाले कफिबाट कफि मन पर्छ ?पर्छ नि कुन बल्याक खित्त हासे मलाइ हेर्दै किन भने मैले भने एउटा कुरा मिल्दो रहेछ त्यसो भा कहाँ जाने एउटा ठाउँछ मैले उनलाई जिस्काउदै भने कसैले देख्ला नी हामीलाइ सँगै कफि खाको तिमीलाइ गाह्रो त हुदैन ? नाइ भने यतिकैमा रुबस होटेल अगाडी बे्रट बक्स पुगिम उनि अलि हतारमा भएको जस्तो लाग्यो चादै कफि सक्काए उनि अफिस जाने भने म नि अफिस जाने भए मेरो अलि पर हो त्यहाँ बाट छुटिने कुरा गर्दा उनि अफिस पुगाई दिन्छु नि भने पहिलो भेटमै यतिका कुरा त के गर्न लाउनु जस्तो लाग्यो तर मनको एक कुनामा खुसि लागिरहेको थियो मेरो अफिस सम्मको यात्रामा थोरै भएपनि समय बिताउन त पाइएला भनेर ।

त्यो दिन अफिसै पुगाइ दिए दिन दिनै कुराहरु बाख्लिदै गयो कहिले काहिँ एकै एरिया फिल्द पथ्र्यौ सँगै जाने आउने क्रम जारिनै थियौ त्यहि क्रममा एक अर्कालाइ मज्जाले बुझ्ने अवसर मिल्यो दुबैको धेरै कुरा हरु मा मिल्ने भएर त होला स साना काममा एक अर्कालाइ सहयोग गर्दै अगाडी बढीरहेका थियो कहिले काहिँ अफिसै छोडेर मेरो काममा सहयोग गर्दा म आफै नरभस भईहाल्थ्य आखिर कहिले सम्म यो सब मसँगै काम गर्ने साथीहरुले भन्य गथ्य साथी होस त सानु को जस्तो होस यो कुरा उनलाइ सुनाउथे तिम्रो साथले म अत्यन्यै खुसीछु तिमीसँगको यो अध्याय जिवन्त रहिरहोस उनि सँगै हुदा संसारै जितेकको जस्तो लाग्थ्यो उनि पनि खुसी ब्यत्त गर्थे म साथी पाकोमा यसरिनै गर्दै दिन चर्या रहिरहेको थियो ।

समयसँगै हामी दुवै अलि बढी ब्यस्त भयौ भेटघाट पातलो हुन थालेको थियो एक दिन फेरि एकै एरियामा फिल्द पर्यौ सँगै गर्यौ मलाइ त्यस दिन सन्चो पनि थिएन बाटो भरि गफिदै हिड्ने हामी त्यो दिन खासै बोल्न मन लागिराको थिएन करिब आधा बाटो पुगेको थियौ अक्सर उनको मोवाइलमा फोन धेरै नै आउने गर्छ कुरा गर्दा सबै सँग सहजै कुरा गर्थे तर त्यस दिन त्यो फोन आउदा उनको चेहराको रंंङ्ग नै एका एक उडेयो उनको आउभाउनै नै फरक लागेयो म आझ्नै धुनमा थिए यताबाट खासै केहि बोलेनन् हजुर हँ हुन्छ पछि कुरा गर्छु भन्दै मलाइ पुलुक्क हेर्थे फोन कात्न पनि सकिराको थिएनन् बल्ल बल्ल फोन राखे मैले केहि भनेकै थिएन हतारिदै फलानो हो क्या भने कुनै ब्यक्तीको नाम लिए जसलाई म चिन्दैन केहि भन्न मन थिएन मलाई उनको त्यो ब्यबहारले सबै कुरा बुझिसकेकि थिए अलि पर गएपछि फेरि त्यहि नम्बर बाट फोन आयो म तिर हेर्दै फोन उठाए कहाँ छौ पिलेन उडेन गाडीमा चढेको भनेको हुनुपर्छ काठमाण्डौँ पुगेपछि खबरपाउँ उता बाट खै के कुरा आको हो थाहा छ भन्दै गाडी रोड किनारमा एक्कासी रोक्दै गाडीबाट ओर्ले कुनै जानकारी बिना फुत्त बाहिर निस्के सिमसीम पानी पर्दै थियो गाडीको सिसामा हेर्दा पानिमा रुज्दै पर गएर कुरा गर्दै देख्दा मन अमिलो भयो म बाधक पो भएछु आज कुरा गर्न यति गाह्रो किन आखिर कोहो त्यति गोपनियतामा मनमा अनेकौ सवाल उत्पन्न हुन थाल्यो तर केहि बोलेन।

धेरै पर पुगि सक्दा पनि मैले केहि नबोल्दा मलाइ नराम्रो लागिराछ भन्ने थानेछन क्याहो हाँसो मजाकको कुरा गर्थे तर मलाइ अरु दिन जस्तो हास्न बोल्न मनै थिएन कौतुहल्ताको तुफान मच्चिरहेको थियो मनभरि । उनको खाने कुरा देखि लुगाको रङ्ग घुम्ने ठाउँ देखि मान्छेको सँगत सम्म सबै कुरा थाहा छ मलाइ तर यो भन्दा गोपनियता भित्र को मान्छे कोहो त्यो मसँग खुला किताब झै प्रस्तुत हुने मान्छे खोइ कुन पानामा नाम भएकी हुन ।

बाटो नि लामो भएर होला ज्यान सँगै मन पनि थकित महसुस भैरहेको थियो कति बेला घर पुगेर एकछिन बिस्राम गरुला भन्ने लागिराको थियो धनगढी पुगिम सधै अफिस पुगाइ दिन्छु भन्ने मान्छे त्यो दिन खासै चासो भाको जस्तो लागेन म अटोमा गैइहाल्छु भने त्यहि पर्खाइमा रहेछन कति छिटो हुन्छ भने त्यतिकैमा म अटो सिक्सा चढेर अफिस पुगे उनि निकै हतारमा देखिदै थिए अरु बेला म ओर्लिदा पछाडी सित चेक गर्थे र भन्थे केहि सामान छुत्यो कि तर त्यस दिनको उनको हेरक आउभाउ निकै फरक महसुस भैरहेको थियो मनमा सधै अफिस पुगेर फोन गर्थे धन्यवाद भन्र्थे तर त्यो दिन बोल्न मन लागेन मन चिसो भाको थियो अनेकौ सवालहरु सलबलाइ रहेको थियो बिगतमा उनि सँग बिताएका समयहरु सम्झे उनि सँगको यात्राको डायरी पल्टाएर हेरे निकै सुन्दर मनमोहक गर्भिलो थियो केहि दिन मलाइ त्यहि कुराले निकै सतायो केहि कुरा सधै एक नास हुदैन भन्ने कुरा थाहा हुदा हुदै पनि त्यो दिन को उनले गरेको ब्यबहार मेरो मनले मान्न तयार भएन निकै समय लाग्यो यो सब ब्यबस्थापन गर्न त्यो दिनको यात्राको र उनले भनेका केहि वाक्य याद गरे सम्बन्ध भनेको एकै छिनको सोच्नु हुदैन वषौ वर्ष सम्म हुनु पर्छ जस्ता तर यो सब भ्रम लाग्न थाल्यो एक मानिस हजार रुप हुदो रहेछ त्यो दिन उनको अर्काे रुप रङ्ग देखियो उनि प्रतिको बिश्वासको धागो टुक्रा टक्रा भयो भरोसाको सिढी भत्कियो संसारमा सबै भन्दा सुन्दर उनको उनको मुहार कुरुप देख्न थाले सम्बन्ध जोडिन वर्षौ लागेएता पनि तोडिन छिनभर पनि नलाग्दो रहेछ त्यो दिन देखि भ्रमको दुनिया बाट बाहिर निस्कन कोसिक गरे उनको ब्यबहारले प्रस्त बाटो देखायो बल्ल आँखा खुल्यो ।

पृथबीमा भएका कुनैपनि कुरामा थाइत्व त हुदैहोइन सबै अस्थाइ नै हुन दिनभरिको चर्को घाम साझको गोधुली मधुरतामा अस्ताए सँगै बिहानको सुनौला किरण उदाउछ आज यहाँ भोली कता कता यो सबै त चक्र घुमिरहने जिवनको यथार्त यहिनै रहेछ आज जेछ सधै उस्तै रहन्छ भन्ने सबै भ्रमै त रहेछ भन्ने कुरा म बुझ्नमा पछाडी रहेछु जिवनका हरेक घुम्तीरुमा धेरै यात्रीहरु भेटिन्छन कोहि भावनाको घुम्तीको छाहारी भित्र बिश्राम गरेर जान्छन त कोहि बिश्राम दिएर जाँदा रहेछन उनि मेरो जिवनको यस्तो पात्र हुन हामि भोगिराको आँखाले देखिराको सबै सबै कुरा स्थाइ हुन भ्रम बाहिरको अर्को सुन्दर जिवन सुन्दर छ भन्ने अनुभुती को पात्र बन्न पुगे धन्यवाद उनिलाइ ।