बाल कथा

हात्ती, गैडा र स्याल जम्मा भए । उनीहरु कुराकानी गर्न थाले ।

स्यालले भन्यो, “भात पकाउने व्यक्तिलाई भान्से भनिन्छ । पढ्ने व्यक्तिलाई विद्यार्थी भनिन्छ । पढाउने व्यक्तिलाई शिक्षक भनिन्छ । नजिकैका घरमा बस्ने व्यक्तिलाई छिमेकी भनिन्छ । विबाहमा जाने व्यक्तिलाई जन्ती भनिन्छ । खेति गर्ने व्यक्तिलाई किसान भनिन्छ । धान रोप्ने व्यक्तिलाई रोपहार भनिन्छ ।”

सबै नाम मानिसका मात्रै ? हात्ति र गैडाले सोधे ।

काम जति मानिसले गरेपछि नामपनि उनीहरुकै हुन्छ नि ।
हामीले काम गरेको खोई ? “स्यालले भन्यो ।” लेखक : कुश्मी बालमिकी इन्टरनेश्नल स्कुल कक्षा २ मा अध्ययनरत छन् ।