बझांगी खस राज्यको शासन सत्ता कसरी अन्त्य भयो ?
बझाङका खस राजा जयपृथ्वी बहादुर सिंह निसन्तान भए पछि उनका सहोदर भाइ देव जंगलाई राज्यको जिम्मेवारी सुम्पिएका थियो । देव पछि उनका छोरा राम जंग सिंह र उनी पछि उनका छोरा ओम जंग सिंह राजा भए । चक्रक्रम अनुसार पालो नै उनैको थियो । उनी राजा भएका बेला देशमा प्रजातन्त्र आएको थियो । अरु भन्दा उनी अलिकति क्रान्तिकारी स्वभावका थिए । प्रजातन्त्र को उपयोग गरेर उनी आफ्नो पिता पुर्खाको बिरासत खस राज्यको स्वतन्त्रता चाहन्थे । अर्थात उनी खशान प्रान्त ९त्भचचष्तयचथ० को अधिकार चाहन्थे । त्यो बेला प्रजातान्त्रिक शक्ति काँग्रेसको सत्ता थियो । उनी झिनो आशामा काँग्रेसको नजिक पुगेका थिए । जस्को कारण उनी एकात्मक केन्द्रीकृत राजशाही सत्ता संग रुष्ट थिए । उनी जिम्मेवारीमा रहेकै समय २०१७ सालमा राजा महेन्द्रले कु गरेपछि काँग्रेस लगायतका अन्य सक्तिहरुको भागाभाग भयो त्यहीँ साल बझाङगी राजा ओम जंगसिंह लाइ पनि गिरफ्तार गर्न सरकारले शाही सेना परिचालन गर्यो ।
बझाङी राजाको दरवार सेनाले घेरयो । उनी जेनतेन भाग्न सफल भए । उनी अत्यन्त कठिन हिमालै हिमालको बाटो चौकी बगर, तिम्ला, मज्जे, सितोला सिप्टी इयरकोट हुन्दै भागेर दार्चुला जिल्लाको तत्कालीन राप्ला गाउ पन्चायत को दुम्लिंग भन्ने ठाउँमा रहेको घाटबाट महाकाली नदि तरेर भारत तिर भागे । करिव दुई बर्ष त्यतै बसे । त्यो समयमा उनी हातहतियारको जोहो गरेर वि.सं. २०१९ सालमा हातहतियार सहित राम चन्द्र हमालदाई समेत आफ्नो साथमा ल्याए र बझाङ फिर्ता भई राज्य पुनः समाल्न सफल भए । राम चन्द्र हमाल कले बिष्ट (बैदार) र हरे पाण्डेको हत्या अभियोगको मुद्दा लागेर पहिले नै भारत तिर बसेका थिए ।
भारतको बसाईले काँग्रेस पार्टी बलियो भएको कारण स्थानीय जनताको साथ मजाले पाए । उनी आफ्नो राज्य (दरबार) नियन्त्रणमा लिन पुन सफल भए । दरबारमा चारैतिर हातहतियार सजाएर राखे । यो कुरो राजा महेन्द्रले थाहा पाएपछि पुन शाही सेना पठायो । त्यो खबरले राजा ओम जंगले आफू बस्ने दराबारको झ्याल ढोला र छिडिहरुमा बन्धुकहरु बाहिर तर्फ सोझ्याएर राख्न लगाएका थिए । जब त्यहा शाही सेना पुगे त्यसपछि भित्रबाट हतियार ताकेको देख्दा फायरिङ सुरु भयो । करिव ५ मिनटसम्म फायर भयो । उताबाट जवाफी फायर नआए पछि सेनाहरु भित्रै गएर त्यहा राखिएका हात हतियार नियन्तरण गर्न थाले । त्यतिबेला सम्म राजा ओम जंग र उनका सेनाहरु भागी सकेका थिए । भित्र पसेका सेना र पछिबाट थपिएर आएका सेनाहरु आफु आफैमा फयरिंग भएको थियो । पछि चिनजान पनिपछि मिले ।
राजा ओम जंग र उनका सेनाको खोजी हुन थाल्यो । त्यतिबेला उनी चारकोस टाढा पुगि सकेका थिए । बुङलको नाईसको बाटो हुँदै तोलिमाण्डौ (जहाँ मेरो पितरकुडी हो) पुगे । अनि तोलिमाण्डौमा बल्ल दोहरो फायरिङ भयो । तोलिमाण्डौमा भएको भिडन्त केही समय पछि शाही सेनाले त्यहा ४ नाल भरुवा बन्धुक र ५ जनाको लास फेलापर्यो । केही घाइते भए । ओम जंग त्यहा बाट जंगलै जंगल भागेर गुल्जर हुँदै जुडेमा पुगे । जुडेमा काँग्रेससहरुले पकाएको भात खान नपाउदै फेरि शाही सेनाको टोली पुग्यो । र त्यहाँबाट पनि राजा ओम जंग भात छोडेर नान्थला भन्ने गाउतिर भागे ।
शाही सेना त्यो दिन जुडेमा नै बसे । राजा ओम जंगको टोली त्यहाबाट लुक्दै पारिबगड, उमुडा हुँदै नानथला पुगे, झलेमजिउनेको बाटो भएर आएको फौजको अर्को टोली आएर लामबगडमा रहेको भाषा पाठशालामा बसे । उक्त दिनको राती तोलीमाण्डौ बाट आएको फौज जुडेमा नै बसेका थिए । नानथलामा रात बिताएका राजा ओमजँगले विहानै भने । साथीहरु हो, आज मेरो मर्ने दिन हो ! एक जोडी कपडा र कैँची बेल्ट दिनु म भेस बदलेर जान्छु । उनका ठुला दाह्री र कपाल थिए । त्यो गाउका स्थानीय कर्ण बहादुर सिंहले मेरो घरमा कैची छैन कहाँबाट दिउँ भन्यो । पछि कप्तान वीर बहादुर सिंहको घर सम्म पुग्ने बाटो देखाई दिन अनुरोध गरे । कर्णले त्यो परको धारैधार जानू तल बाटो मिल्छ भनी खरबारी फागलाको बाटो भएर लामबगड पुग्ने बाटो देखाए ।
अनि ओम जँगले त्यो धारमा पुगेपछि तल टेन्टहरु छन् के हुन भनि सोध्दा त्यहाँ भोटे अर्थात सौकाहरुका बाख्राका डेराबस्ने पालहरु हुन भनि झुक्याइ दियो अनि आफू गएर कर्ण बहादुर सिंहले शाही सेनालाई सुराक गरिदियो । त्यो बेला तल झर्ने क्रममा १७ जना अगाडि पछाडि र २ जनाले राजालाई हात समाएर ल्याइरहेका थिए । त्यही बेला स्कुल को छेउमा शेर बहादुर सिंह को दुकानको कुनामा मेसिन गन चलायो । तर गोलि चलाउने बेला त्यो मेसिन गनले काम गरेन गोलि उल्टोपाल्टो जानथाल्यो त्यसपछि लप्टन स्वयंले बीरगन चलायो, लुक्दै हान्दै गरेपछि बीरगनको गोली ओम जँगको कोखामा लाग्यो । फायर उता बाट पनि गरेका थिए तर त्यसले केही काम गरेन । अगाडि पछाडिका १७ जना खस राजा ओम जँगका सेना तल लटिनाथ तिर भागे ।
ओम जँगलाई गोलि लाग्दा रिजपले भट्ट र रामचन्द्र हमालले टेकेर ल्याएका रहेछन । अनि ओम जँग ढले पछि ती दुईजना पनि भागे घाईते राजालाई त्यही नेर छोडिदिए । घाइते राजा थोरै तल झरेर कोपराएर ढुंगाको ओट लागे । गान्धी कोराको कमिज चिरेर गोलिलागेको ठाउबाट रगत बगिरहेको घाउ चापेर पल्टिरहेका थिए ।
भागेर गएका १७ जना शाही सेनाको टोली २ समूह विभाजन भयो । उता जुडेमा बसेका फौज लामबगडमा पुगेर फुल्के नास्ता खाएएर हिडे ।
(लेखकः खसांग नेपाल वरिष्ठ उपाध्यक्ष हुन् )













