महिला आन्दोलनको ईतिहास : श्रमजीवी महिलाद्वारा रोटी र महंगीको विरोध

सन् १७८९ अक्टोवर ५ र ६ मा पेरिसका श्रमजीवी महिलाहरुले रोटी र महंगीको विरोधमा निकै ठुलो प्रदर्शन गरेका थिए। त्यो प्रदर्शनमा फ्रानसेली क्रान्तिको प्रभावमा पेरिसियन महिलाहरुले भातृत्व, समानता र स्वतन्त्रताको मांग गरेका यिए। विश्वमा त्यो नै महिलाको पहिलो विरोध प्रदर्शन थियो।

त्यस पछिका दिनहरुमा विश्वका महिलाहरुले धेरै संघर्ष र अन्दोलन गरेको देखिन्छ। १९०६ मा सम्पन्न महिलाहरुको प्रथम अन्तराष्ट्रिय सम्मेलनबाट क्लारा जेटिकन सेक्रेटरी भईन। त्यस पछि १९०८ मार्च ८ को दिन अमेरिकाको शिकागो शहरमा समान अधिकारको माग गर्दै महिलाहरुले हडताल र विशाल जुलुस प्रदर्शन गरे ।

महिलाहरुको हक र अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलन तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई महत्वपूर्ण दिनको रुपमा मान्य गरिएको छ।

सन् १९१० मा कोपेन हेगनमा महिलाहरुको द्वीतिय अन्तराष्ट्रिय सम्मेलनमा जर्मनीकी माक्र्सवादी नेतृ क्लारा जेटिकनले राखेको ८ मार्चलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवशको रुपमा मनाउने प्रस्ताव पारित भयो। सन १९११ देखि विश्वभरीका महिलाहरुले ८ मार्चलाई अन्तराष्ट्रिय महिला दिवशको रुपमा मनाउन थालेका हुन।

लामो समय देखि नेपालमा पनि महिलाहरु संघर्ष गर्दै आएका छन। नेपालमा भएका ठुला ठुला राजनीतिक संघर्ष र परिवर्तनमा महिलाहरुको उल्लेखनीय सहभागिता भएको छ। तर आजका दिन सम्म नेपालमा महिलाको अवस्था राम्रो छ भन्ने अवस्था छैन।

२०७२ को सविंधान निर्माण र विभिन्न तहका चुनावहरुबाट तथा महिला जागरणका विभिन्न अभियानहरुबाट नेपाली महिलामा आर्थिक सशक्तिकरण मुद्दाको बहस शुरु भएको छ। विभिन्न घटना क्रमबाट महिलाहरुको आर्थिक सशतिmकरण जरुरी छ भन्ने महसुस हुदै छ।

हाल ग्रामीण क्षेत्रका स्थानीय बजार केन्द्रहरुमा साना तथा मझौला महिला व्यवसायी प्रशस्त देख्न सकिन्छ । साना तथा मझौला महिला व्यवसायिक शुरुमा आईपर्ने व्यवसायिक चुनौति त छदै छन त्यस बाहेक पारिवारिक जिम्मेवारीलाई समेत समायोजन गर्दै व्यवसायलाई निरन्तरता दिनु महिला भएकै कारण आई पर्ने अर्को चुनौति हो ।

व्यवसायको नियमित काम तथा आवश्वक सरसमानको लागी यताउता धाउनु पर्ने र हाम्रो पुरातनवादी सोचले महिलाहरु माथि चुनौति मात्र थपेको छैन व्यवसायिक असफलताबाट निराशा समेत थपिने काम भएको छ।

एकातिर संविधानले नै ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ । तर विडम्बना महिला सहभगिता ३३ प्रतिशत संविधानमा नै सीमित हुन पुग्यो र हालै सम्पन्न स्थानीय र प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा समेत क्रमश ४०.९ प्रतिशत, ३३ प्रतिशत मै सीमित भएको अवस्था छ। महिला सहभागीता मात्र होइन अर्थपुर्ण सहभागीता को कुरा पनि पछिल्लो समय उठन थालेको छ ।

नीति निर्माण गर्ने देखि कार्यन्वयन गर्नेसम्म निर्णायक तहमा महिला सहभगिता बढाउनका साथै उनीहरुको क्षमता अभिबृद्धि गर्ने तर्फ ध्यान दिन आवश्यक छ।

नेपालमा महिला मुक्ति तथा युगौ देखि पछाडि परिएका जातजाती, भाषाभाषी, वर्ग, लिङ्ग आदिको मुक्तिका नारा सहित तमाम अन्दोलनहरु पनि भएका छन। तर आज विश्व महिला दिवसको संर्दभामा महिलाको अवस्था कस्तो छ धेरै भनिरहनु पर्दैन । जुम्लाका महिला ऋम्इ श्री दुर्गा बञ्जाडे र अन्य त्येहि तहका पुरुष कर्मचारीको काम गर्ने तरिका दाँजेर वाहिरबाट देख्न सकिन्छ कि जनस्तरमा एक सक्षेम महिला सरकारी अधिकारीले समेत कसरी काम गर्न सक्दा रहेछन।

नेपालमा तीनै तहहरुको निर्वाचन राजनितिक रुपमा सम्पन्न भईरहदा महिला माथिका घरेलु हिंसा, बलात्कार, दाइजो प्रथा, हत्या, आत्महत्या, महिला वेचविखन, छाउपडि प्रथा र अन्य थुप्रै हिंसा र विभेदका घटनाहरु वढदै छन । हाम्रो सामाजिक व्यवस्था, हाम्रो परिवेश नारी मैत्री किन हुन सकेन रु यो कसको जिम्मेवारी हो रु हामी आजको मितिमा ११० औं अन्तराष्ट्रिय नारी दिवस मनाउन गइरहेका छौँ ।

अव एकले अर्कालाई दोष दिनु भन्दा सकारात्मक समीक्षा गरौं। हामी काहाँ निर चुकेका छौं। जब आधा जनसंख्या आज पनि अपमानित र अपहेलित हुदै १८औं शताब्दीको परिवेशमा बाँच्नु पर्ने अवस्थामा भएको महसुस गर्छन भने नयाँ नेपाल र हाम्रो समृद्धिको सपना कसरी साकार होला र? (लेखकः नेपाल महिला संघ केन्द्रिय सदस्य)