नवजातशिशु बचाउन ‘सुसार’
बच्चाजन्माउनु जीवनको अदभुतआत्मतृप्तिको अनुभवपाउनु हो ।सन्तानबाट जीवनमाआइपर्ने कुनै पनिदुखको सोच नराखीआमाबाबु सन्तानजन्मको आनन्दलिनउत्साहका साथतत्पर हुन्छन् । जन्मभनेको एउटा शिशुनयाँ संसारमा आउनु मात्र हैन, आमाबाबु समेत खुसीको नयाँ संसारपाउनुहो ।जन्मक्षतिपूर्ति हुननसक्ने तथाफिर्ता गर्न नसकिन,े परिवर्तन वा उल्टाउन नमिल्ने पूर्व निर्धारित अमुल्यउपहार हो । यो उपहार गुमाउनुको पिडा आमाबाबुकालागीअसह्य हुन्छ । यतिवहुमुल्यमानिएको शिशु कुनै कारणबाट गुम्नगएमाआमाबाबु तथा परिवार मर्माहत हुन्छन् । त्यसैले हरेक गर्भवती र उनका परिवारले समस्या रहित प्रसुती र स्वस्थ्यबच्चाजन्मको आशा राखेका हुन्छनर यो पाउनु उनीहरुको नैसर्गिकअधिकार हो ।
बच्चा र आमाको स्वास्थविश्वभर नैसार्जजनिक स्वास्थ्यको एजेन्डा बनेको छ,किनकिनवजातशिशुको स्वास्थ्यअर्को पुस्ताको समृृद्धिसंग जोडिएको हुन्छ । जन्मआफैमा जोखिमपूर्ण हुन्छ । जीवनको पहिलो मिनट, पहिलो दिन, पहिलो हप्ता र पहिलो हिना शिशुकालागी क्रमशःजोखिमपूर्ण रहन्छ । यो समयआमाकालागीपनि सम्बेदनशील हुन्छ । त्यसैले जन्मलाई सुरक्षितबनाउन प्रसब अवस्था देखिनै गुणस्तरिय स्याहार अतिआवश्यकहुन्छ ।
नेपालमा हरेक वर्ष ६ लाखशिशु जन्मन्छन् तीमध्ये ६००० मृत शिशु जन्मन्छन् । र जन्मेको पहिलो दिन ६५०० शिशु मर्ने गरेको तथ्याङ्क छ । नेपालमा १७५ शिशु जन्मेको पहिलो घन्टामा, ५७% शिशु जन्मेको पहिलो दिनमा र ७९ ५ जन्मेकोपहिलो हप्तामा मर्छन् ।शिशु कमतौलको जन्मनु, जन्मदानिसासिनु, शिशुमा संक्रमण हुनु नवजातशिशु मृत्युकाप्रमुखकारण हुन् । तर यीजोखिमहरु उपचार तथा विधीबाट रोकथाम गर्न सकिने हुन्छन् । आमाबन्ने महिलाशिक्षितभएमा, उमेर २० वर्ष पुराभएपछि मात्रगर्भवतीभएमा, बाल्यकाल देखिनै उनले पोषिलो खानाखानपाएको भएमाउनले जन्मदिने शिशु कमतौलको हुने सम्भावनाकम हुन्छ ।
नवजातशिशु स्वास्थ रक्षाकालागीगर्भवतीले अस्पतामा गुणस्तरीय सेवाप्रप्त गर्न पाउनु पर्छ । करिब एक दशक अघिसम्मनवजातशिशुको मृत्युको कारण अधिकासं महिलाले घरमै असुरक्षिततरिकाबाट सुत्केरी गराउने कारण प्रमुख रहेको बताइएको थियो । तर हाल ६० ५ प्रसुतीअस्पतामाहुने गरेको तथ्याङ्क छ । यो संख्या सन् २००१को तुलनामा चौबर बृद्धि भएको हो । यति ठूलो संख्यामामहिलाहरु स्वास्थ्यसंस्थामा सुत्केरी गराउनआउने भएपनिशिशु मृत्युदरमा भने सोचे अनुरुपको कमीआउन सकेको छैन ।यसो हुनुको मुख्य कारण अस्पतालमा प्रवाहहुने मातृ तथाशिशु सेवाको गुणस्तरमा सुधारको कमी नै हो । हरेक आमाले स्वास्थ्यसंस्थमा प्रसव तथा प्रसुतीका बेलातालिमप्राप्त स्वास्थ्यकर्मीबाट सेवा, आपतकालिनअवस्थामाव्यवस्थापन, सहयोगीबातावरण, स्वास्थ्यकर्मीबाट सकारात्मक, र सम्मानजनकव्यवहार पाउनु जरुरी छ ।गर्भवतीअवस्थातथा सुत्केरी अवस्थाको स्याहरका लागी प्रसुतिकक्षका स्वास्थ्य सेवाप्रदायकको ठूलो भूमिका हुन्छ । स्वास्थ्यसंस्थामा प्रसुती बेलादिइने सेवामा सुधार नगरी मातृ तथाशिशु मृत्यु दरमा कमील्याउन सम्भव छैन । प्रसुतीकासमयमाज्ञान तथाशिपपूर्ण सेवातथा स्याहार सुसारले आमातथाबच्चाको जीवनबचाउन ठूलो सहयोग प¥याउँछ । साथैशिशुको जीवनको लामो कालसम्मयसको सकारात्मक असर परिरहन्छ ।
गर्भावस्थातथा प्रसुतीलाई सामान्य रुपमालिने चलनहाम्रो यहाँ छ । तर हरेकगर्भ र प्रसुतीअवस्थाविशेष हुन्छ । त्यसैले यो सोचमा परिवर्तन ल्याउननवजातशिशु तथाआमाको स्वास्थ्य रक्षाकालागीआवश्यक हुन्छ । स्वस्थआमा, सुरक्षितजन्म, अत्यावश्यकशिशु स्याहार सेवा, मायादिने परिवार, सफास्वच्छ घरको वातावरणलेनवजातशिशु स्वास्थ्यमा सकारात्मक योगदान पु¥याइ रहेका हुन्छन् । सुरक्षितकिसिमले जन्मनपाउनु, स्वस्थभइबाँच्नपाउनु, तथा दुर्रव्यवहार र भेदभाव रहित सेवापाउनु हरेक शिशुको जन्मसिद्ध अधिकार हो ।
यिनै कुरालाई सम्बोधन गर्नका लागीसुसार कार्यक्रमको थालनीसात प्रदेशका८ वटा सरकारी अस्पतामा गरिएको छ । सुसार कार्यक्रमको मुख्य उद्धेश्य मातृ तथानवजातशिशु स्याहरको गुणस्तरमा सुधार ल्याउनु हो । गुणस्तरीय सेवा सुधार अन्तरगत अस्पतालहरुमा प्रसुती वार्डका स्वास्थ्यकर्मीलाई मातृ तथाशिशु स्याहार सम्बन्धी४ दिने तालिमप्रदानगर्दछ । यस तालिमले स्वास्थ्यकमीको ज्ञान तथा सीप अभिबृद्धि गरीशिशुको मृत्युदरकममा सहयोग पु¥याउँछ । प्रसब र नवजातशिशु स्याहारको गुणस्तर अभिबृद्धि गर्न सुसार कार्यक्रमअन्तरगत‘मोयो’तथा‘नियोबिट’नामक उपकरण प्रयोगमाल्याइएको छ । मोयो गर्भको भ्रुणको ढुककढुकी जाँच गर्ने आधुनिक उपकरण हो । यसले भु्रणको मुटुको चालबारे जानकारी लिन मद्दत गर्छ र स्वास्थ्यकर्मीलाई आमा र पेटमा रेहेको शिशुको स्वास्थ्य सुरक्षाकालागी समयमै सही निर्णय लिन मद्धत गर्दछ । साथै भु्रणमा कुनै अस्वाभाविक मुटुको चालदेखिएमाभए सो को जानकारी अलार्म बजेर दिन्छ । जुन पिनार्डको प्रयोगले प्रयोगले दिन सक्दैन । नियोबिटशिशुका मुटुको ढुकढुकी पत्तालगाउने उपकरण हो ।यसको प्रयोगलेजन्मनासाथ रुन नसकेका वा निस्सासिएकाशिशुको शिघ्र उपचार तथाव्यवस्थापन गर्न सहयोग पुग्छ । यसका साथै बच्चा मृत जन्मिएको हो वा मुटुको चालबाँकी छ भनी छुटाउन नसक्ने अवस्थामायसले सहीजानकारी दिइ अगाडी बढन सहयोग गर्दछ ।
मातृतथाशिशुसेवाकक्षमागुणस्तर सुधारका लागी सुसारअन्र्तगतअस्पतालका स्वास्थकर्मीहरुले योजना–कार्य–अध्यनतथाकार्यान्वयन बैठक आवधिक रुपमा गर्छन् । यी बैठकहरुमा स्वास्थ्यकर्मी हरुले आफ्नो कामको स्वअध्ययन गरी समस्यापत्तालगाउने र समाधानकाउपाय निकाल्छन् र नवजातशिशु स्याहारको गुणस्तरिय सेवालाई कुनै बाधाबिना निरन्तरता दिन्छन् ।
आधुुनिकप्रविधिको विकासका कारण मानिसको औषतआयू दिनानुदिन बढदो छ । अबको ३०, ४० वर्षमा नेपालमाबयस्कको भन्दा बृद्धहरुको संख्यामानिक्कै नै बढी हुनेकुरा प्रष्ट छ । संख्याको हिसाबले कम रहेका उत्पादनशिल वयस्कहरुबाट ठूलो संख्यामा रहेका बृद्ध बृद्धाहरुको रेखदेख गर्नु पर्ने अहिलेको समयमानवजातशिुशु अवस्था देखि नै गुणस्तरीय स्याहार सुसार गरी उनीहरुको मानिसिकशाररीक तथा बृद्धि विकासको अवस्थातन्दुरुस्त राख्न जरुरी छ । शिशु जन्मनु मात्र ठूलो कुरा हैन, जन्मेका शिशुले स्वस्थ्यभई बाँच्नपाउनु पर्छ, त्यसपछि मात्रउसले समाज र राष्टलाई योगदान पु¥याउन सक्छ ।शिशुहरुको स्वास्थ राम्रो नभए राष्ट्रले ठूलो बोझबोक्नु पर्ने कुरा स्पष्ट छ ।
अन्त्यमा,
जन्मेको पहिलो मिनटले शिशुस्वास्थ्यको उज्वलभविष्य तय हुनेहुँदा यो मिनटलाई सुनौलो मिनट पनि भनिन्छ । यो समयमा सास फेर्न नसकेमाशिशु मानसिकर शाररीक रुपमाअपाङ्गपनिहुन सक्छन् ।साथै अस्पतालमा जन्मिएकानवजातशिशु जसमा स्वास्थ्य सम्बन्धी जटीलता देखा पर्छ उनीहरुले जन्मिेको पहिलो दिनभित्रै गाुणस्तरिय सेवा र स्याहार पाएमाअपाङ्गहुने खतराबाट बच्न सक्छन् । अपांङ्गशिशुको जीवन परिवारका लागीमात्रहैन राष्ट्रका लागी समेत बोझ बन्छ । यिनै कुरालाई सम्बोधन गर्न स्वास्थ्यमन्त्रालयतथा स्थनिय सरोकारवालासंग समन्वय गरी गोल्डेन कम्यूनिटीले कैलालीप्रादेशिक अस्पतालमा सुसारकार्यक्रम सुरु गरेको छ ।
गर्भवतीले प्रसुतीका बेलागुणस्तरीय सेवा र शिशुले स्वास्थ्यभइजीवनयापन गर्न पाउनु पर्छ । यस्ता कार्यक्रमहरु समुदायस्तर सम्म पुयाउनस्थानियनिकायले पहल गरोस यसो भएमामात्र स्वास्थ्यशिशु संमृद्धनेपालको परिकल्पना साकार हुन सक्छ ।
(लेखिका गोल्डेन कम्यूनिटीसंग आवद्ध छिन् )













