शरिर, श्रम र पहिचानमा महिला अधिकार

नेपालको संविधानमा मानव स्वतन्त्र भएर बाँच्न पाउने मौलिक हकमा लेखिएको छ । संविधानले परिभाषित गरिदिएको हक के कतिको कार्यन्वय हुदैछ भन्ने कुराको व्यवाहरिकता खोतल्ने हो भने संविधानमा उल्लेखित धेरै हक मानवले प्रयोग गर्न पाएका छैनन् । हुन त यो संसारमा जातको हिसाबले दुईता जात छन् । जुन प्रकृतिले नै निर्धाण गरिदिएको छ महिला र पुरुष भनेर । संविधानमा उल्लेखित हक अधिकार कार्यन्वयन गर्ने क्रममा तेस्रो लिंङ्गीलाईपनि छुटाउनु हुन्न भन्ने पक्षमा म कुनै दुविधामा छैन ।

महिला होस् या पुरुष । अर्थात तेस्रो लिंङ्गी किन नहोस् । नेपालको संविधानमा उल्लेखित सबै कानुन, हक, अधिकारमा टेकेर सबै बाँच्ना पाउनु पर्छ । तर हाम्रो सामाजमा हाल सम्मपनि पुरुषत्वबाद हाबी छ । एउटा विवाहित पुरुषले आफ्नो श्रीमतिको शरिरदेखि पहिचान सम्म हक जमाएर बसेको हुन्छ । बाहिरी रुपरेखा कति फराकिलो देखिन्छ तर रहेक कोही महिला संविधानलाई तेकेर एक दिनपनि बस्न सक्दैनन् बरु उनीहरु श्रीमानले बनाई दिएको ऐन कानुनको परिबन्धनमा भने अवश्य हुन्छन् ।

चाहे त्यो वकिलको श्रीमति होस् या राजनीतिक दलका नेता कार्यकताको श्रीमति होस् चाहे नेपालको कानुन कार्यन्वय गर्ने निकाय अर्थात मन्त्रालय हाक्ने मन्त्री किन नहोस् । उसले आफ्नो श्रीमतिको पुरै शरिरमाथि आफ्नो बाद प्रयोग गरिरहेको हुन्छ । एउटा पुरुषले श्रीमतिमाथि राज्य गर्दा हाम्रो सामाज चुप हुन्छ उसैको श्रीमति हो कसैले बोल्नु हुदैन भन्छ । एउटा पुरुष श्रीमति मात्र होईन दिदी बहिनी भाउजु बुहारी सबैलाई आफ्नो निगरानीमा राखेको हुन्छ । हुदा सम्म श्रीमतिको बहिनी अर्थात साला, साली माथिपनि राज्य जमाउन खोज्छ । साला सालीहरु उसको ट्रयाक भन्दा बाहिरा जाना खोज्यो भने इमोसनल ब्याकमेल गर्छ । र जसरी हुन्छ आफ्नो परिबन्धमा पार्छ ।

एउटा महिलाले मेरो शरिर मेरो अधिकारको पातोलाई टेकेर अगाडी बढ्यो भने हाम्रो सामाजमा त्यो महिला छाडाको संज्ञा पाउछ । उस्ले आफ्नो अनुकुलामा कुनै पनि काम गर्न पाउदैन । चाहे त्यो विवाहित होस या अविवाहित होस् । हाम्रो सामाजमा पुरुषले जे जस्तो काम गरेपनि कसैले प्रश्नको अउला ठडुयाउदैनन् तर त्यही काम एउटा महिला गर्न थाल्यो भने उसलाई नानथरिका चुनौती सामना गर्नुपर्ने हुन्छ । अन्ततः उसलाई सेक्सको विल्ला भिराई दिन्छन् र फेरी आफ्नो अनुकलतामा चालेको कदम बाध्य भएर पूर्ण विराम लगाउछ ।

हम्रो सामाजमा पुरुष सरह एउटा महिला भएर बाँच्न पाउनु त्यति सजिलो छैन । र पनि पुरुषको शिर ठाडो हुनु र महिलाको शिर तल झर्नु किन ? यसको जवाफ कस्ले दिन्छ । के महिला भएर जन्म लिनु अपराध नै हो त ? व्यवाहरिक आसन भाषणमा महिला पुरुष बराबर, छोरी छोरा बराबर भनेर नारा धन्काउदै हिड्ने तपाई हामी या यहि सामजमा बासोबास गर्नेहरु नै हौं । र पनि किन महिला स्वतन्त्र भएर बाँच्ना पाएका छैनन् प्रश्न याहाँ निरको हो ।

आमा बुवाले छारी छोरालाई बराबर अर्थात सामान व्यवाहर गरेको दाबी गर्छन् । तर कहाँ निर विभेद गरिरहेका हुन्छन् त्यस पातोको समिक्षा गर्न सक्दैनन् । छोरालाई बोल्न सक्ने भएदेखि स्वतन्त्र छोडि दिन्छन् । तर छोरीलाई आफ्नो वरिपरि गुमाईरहेका हुन्छन् । आमाले भान्छा छिर्ने वित्तिकै छोरीसंग पानी माग्छ । छोरी लहचार भएर हिड्न सिक्छ, छोरीलाई मिठो स्वरमा बोल्न सिकाउछ । छोरीलाई मूल्य विनाको सामाग्री बनाउने काममा अल्झाउछ अर्थात सिप दिन्छ । तर छोरालाई कहाँ निर पैसा आउछ त्यस्ता कामको सिप सिकाउछन् । निर्णयक ठाउँमा सहभागि हुन पठाउछ । टेक्निकल शिक्षा तिर अघि बढ्न उत्प्रेरित गर्छ । उसले खेल्ने खेलौना पनि त्यस्तै हुन्छ ।

अन्तरिम संविधान २०६३ को धारा २० मा महिलाको हक अन्तर्गत उपधारा २ मा प्रत्येक महिलालाई प्रजनन स्वास्थ्य र प्रजनन समबन्धी हक हुनेछ भनेर उल्लेख गरिएको छ । तर प्रजनन अधिकार वा आफ्नो शरिरको उपयोग महिलाले कसरी गरिरहेका छन् भन्ने कुराको अनुसन्धान गर्ने हो भने यदाकदा छिटफुट मात्रामा भेटिन्छन् । महिलाको स्वास्थ्य र प्रजनन अधिकारको अभ्यासलाई संयुक्त राष्ट्रसंघलगाएत अन्तराष्ट्रिय गैर सरकारी संघसंथाहरुले पनि निकै गम्भिर र चुनौतीको विषयको रुपमा लिने गरेका छन् ।

सन् १९९४ मा मा नेपाल लगाएत १८० राष्ट्रको जनसंख्या तथा विकास समबन्धी अन्तराष्ट्रिय सम्मेलनमा कार्ययोजनाको प्रमुख लक्ष्य प्रजनन स्वास्थ्य तथा महिला अधिकारलाई अझ व्यापक पार्न सन् १९१५ सम्ममा परिवार नियोजन सेवा विश्वव्यापी रुपमा सुलभ गराउने, वालवालिकाहरुलाई शिक्षा दिने तथा मातृ मृत्युदरलाई घटाउंदै लैजाने लक्ष्यका साथ गैर सरकारी क्षेत्रको साझेदारी विषयलाई समेत महत्व दिएको छ । मानव अधिकारको क्षेत्रमा कार्यरत एम्नेस्टी इन्टरनेसनलले माई बडी माई राईट्स अर्थात मेरो शरिर मेरो अधिकार भनेर नेपाल लगाएत अन्तराष्ट्रियरुपमै अभियान समेत शुरु गरेको छ ।

यसो भनिरहदा महिलाले प्रजन्न अधिकारलाई टेकेर मनपरि ढंगले बच्चा जान्माउन पाउनु परयो भन्न खोजेको पक्कै पनि होईन तर नेपाली किशोरी वा महिला प्रजनन अधिकारको उपयोग गर्न सक्ने अवस्थामा छन त ? कहिले विवाह गर्नेदेखि लिएर कहिले बच्चा जन्माउने, कति जन्माउने ? जन्माउने कि नजन्माउने लगाएतका विषयमा अहिले पनि निर्णय कसले गर्छ ? श्रीमान वा परिवारका सदस्यले मात्र होईन अझ हाम्रो समाजले पनि त्यत्तिकै दवाव दिईरहेको हुन्छ । उदाहरण् खोज्न टाढा दुर्गम गाँउमा जानु पर्दैन, शिक्षित वा पढेलेखेको भन्ने शहरी क्षेत्रकै घरपरिवारमा पाईन्छ यो वास्तविकता । यसो भन्नुको यो अर्थ पनि हो आफ्नो शरिरमाथिको अधिकार अझै महिला स्वंमसंग छैन ।

नेपालमा झण्डै ४० प्रतिशतको किशोरावस्थामै विवाह हुने गरेको छ । तीमध्ये १५ देखि १९ वर्षका करिव १७ प्रतिशत किशोरीहरु त आमा नै बनिसकेका हुन्छन् । २० वर्ष पछि आमा वन्नेको तुलनामा किशोरावस्थामा आमा वन्नेहरु ५ गुणा बढिको ज्यान जानेगरेको छ ।
नेपालमा वार्षिक करिव ८ लाख महिला गर्भवति हुन्छन् । त्यसमा किशोरावस्था पनि प्रजनन व्यवस्थाभित्र स्वस्थ गर्भ, स्वस्थ आमा, स्वस्थ शिशुमार्फत स्वस्थ र असल नागरिक अनि देश विकासको परिकल्पना गरिएको हुन्छ । त्यसैले महिलाको शरिर महिलाको हो भन्ने विषयमा जनचेतना जगाउ जरुरी छ । यस्तो जनचेतना महिलालाई भन्दा पनि ती महिला संग निकट परिवारका सदस्यहरुलाई बुझाउन सक्ने कार्यक्रम पनि सरकारले चलाउनु पर्छ ।

हाम्रो सरकारले महिलाको सीपलाई पनि बजारीकरण गर्न प्याकेज सहितको नीति बनाउन जरुरी देखिन्छ । हरेक नेपाली महिलामा अ–आफ्नो संस्कृति अनुसारको सीप र क्षमता छ । तर त्यो सीप केवल घरमा मात्र सिमित हुन्छ । उदाहरणको लागि थारु समुदायका महिलाहरुसंग सिजन अनुसारको सीप छ । उनीहरु वर्षतको मौसममा घाँस पातको कच्चा पर्दाथ बनाएर ढकिया, देलुवा लगायत विभिन्न आयतम बनाउने गर्दछन् । जुन सामाग्री सामान राख्नलाई प्रयोग गरिन्छ । त्यसै गरि धान राख्नको लागि माटोबाट बनेको भकारी (ढेहरी, कुठली) बनाउछन् । त्यस्तै पहाडी समुदायमा मकैको पातको कच्च पर्दाथ बनाएर चटैया बनाउने गर्दछन् । त्यसको पनि मूल्य हुदैन । यस्ता धेरै सीपहरु महिलाहरुलाई अर्थमा मजबुद गर्नबाट रोक लगाईरहेको हुन्छ । उनीहरुले उत्पादन गरेको सामाग्रीको कुनै मूल्य पनि हुदैन । केवल घरायसी प्रयोगमा सिमित हुन्छ ।

महिलाहरुलाई हरेक कोणबाट सक्षम बनाउन अन्तरराष्ट्रिय नारापनि नेपालमा नभित्रिएको भने होईन तर हामी ति नारालाई कतिको व्यवहारमा लागुगरिरहेका छौं भन्ने कुराले अर्थ लाग्छ । यो सबै लेखिरहँदा महिला दिवशको बारेमा सबैलाई जानकारी नहुनपनि सक्छ । जसले गर्दा यो लेखाई मार्फात प्रष्टयाउनै पर्छ जस्तो लाग्छ ।

अन्तरराष्ट्रिय महिला दिवस अङ्ग्रेजीमा  International womenÚs day महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभर मनाइन्छ । राजनितिक तवर बाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फ्रेबअरी २८ मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो । सन् २०१३ मा आइपुग्दा बिश्वभर १०३ औं अन्तर्रािष्ट्रय नारी दिवस मनाएको छ । यो मार्च महिना भर नै मनाइने छ ।

संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फ्रेबअरि १९०९ मा सर्वप्रथम महिला दिवसको आयोजना गरेको थियो । सोशलिस्ट पार्टीले सन १९०८ को अन्तर्रािष्ट्रय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फ्रेबअरि १९०९ को दिन महिला दिवस मनायो। यसपछि यो फ्रेबअरि को अन्तिम आइतबारको दिन मनाइन थालियो । १९१०मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रीय दर्जा प्राप्त भयो । त्यस समय यसको प्रमुख ध्येय महिलाहरुलाई मताअधिकार दिनु थियो, त्यस समय महिलाहरुलाई मत दिने अधिकर कतिपय देशहरुमा थिएन ।

१९१७ मा रसियाको महिलाहरुले, महिला दिवसमा गास र कपासको लागि हडतालमा जाने निर्णय गरे । यो हडताल पनि ऐतिहासिक थियो । जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरुलाई वोट दिने अधिकार दियो । त्यस समय रुस मा जुलियन क्यालेन्डर को प्रचलन थियो र बाकी धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डरको प्रचलन थियो। इ दुई दिनमा केहि फरक छ । जुलियन क्यालेन्डर अनुसार १९१७को फ्रेबअरीको अन्तिम आइतबार २३ फ्रेबअरी मा पर्थ्यो जब की ग्रेगेरियन कयालेन्डर अनुसार त्यस दिन ८ मार्च थियो । त्यस समय धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डर प्रचलित थियो । त्यसैले ८ मार्च महिला दिवसको रूप मा मनाइन थालियो । यो दिवस केवल दिवसमा मात्र सिमित नहोस् ।