प्रसिद्ध धार्मीक स्थल स्वर्गद्धारीको यात्रा
आफुजन्मेको देशको सबैलाई माया हुन्छ अनि त्यही मायाले जब देश र जनाताको भलाई सोच्ने र गर्ने गर्छ तब त्यो देश भक्ती बन्छ । देशको बारेमाजान्ने, सुन्ने, विभिन्न ठाउँहरुको भ्रमण तथा अवलोकन गर्ने बानी पनि यही देश भक्तीको एउटा पाटो हो । जसले देश भक्तीको भावनालाई बढावा दिएको हुन्छ । प्राकृतिक रुपले प्रख्यात भएका स्थानहरु हुन या धार्मीक महत्वका स्थान या त कुनै छुटै महत्व नभएता पनि मेरो देश भित्रको कुनै स्थानहोस् । त्यस्तो स्थानको भ्रमणले पक्का पनि मेरो आफ्नो देश प्रतीको माया र सदभावलाई बढाएको हुन्छ । कति मानिसहरु देश भन्दा बाहिर बसेर पनि देश भक्तिको भावनालाई जगाई नेपाली माथि पर्ने दुःख, कष्टहरुको समाधानमा लागेका हुन्छन । उहांहरुको पनि त्यो देश भक्ती हो । यो निरन्तर बढी रहन्छ जबसम्म हामी नेपाली भएर आफ्नो स्वाभिमान र सार्व भौमिकता तथा अखण्डतामा अडिक रहन सक्दछौं ।
यसै सिलसिलामा २०७४ साल आश्विन महिनामा नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा रहेको राप्ती अञ्चलको प्युठान जिल्लाको स्वर्गद्धारी घुम्ने जमर्को गरें । प्युठानको स्वर्गद्धारीको नाम सायद म विद्यालयमा अध्ययनरत रहंदा सामान्य ज्ञानका पुस्तकहरुसंगै मेरो मानस पटलमा प्रवेश गरेका थिए । जहांबाट मलाई प्रसिद्ध धार्मिक स्थल स्वर्गद्धारी प्युठान जिल्लामा पर्छ भने थाहा भएको थियो । त्यही स्थानको स्थलगत भ्रमण गरीयो । काठमाण्डौंबाट अनेक कौतुहलता लिएर त्यस तर्फ प्रस्थान गरें । मेरो त्यो प्रस्थानलाई काठमाण्डौ मुगलीन सडक खण्डमा हुने जामले निकै असर पा¥यो । जामपनि निकै लामो भयो । बेलुकाको करीब ०६ः०० बजे काठमाण्डौं स्थीतनयाँ बसपार्कबाट गाडीमा चढेका म लगायतका यात्रुहरुलाई रातीको १२ः०० बजे पनि नागढुंगा कट्नलाई हम्मे परो ।
दिउसो ०३ः०० बजे छुटेका गाडीहरु पनि धादिंग पुगेका छैनन् रे भन्ने खबरहरु बेला बेलामा गाडीका स्टाफहरुले भन्दा आफुलाई मात्रै होईन रहेछ, सबै तिर जाम रहेछ भन्ने जस्तो भान हुन्थ्यो । हामी जस्ता कयौं यात्रुहरु गाडीमा चढेका अनि जाममा परेका थिए । बेलुकाको समय कलंकीबाट नागढुंगासम्म पुग्ने बाटोको दुई साईडमा खुलेका साना खाजाका पसलहरुमा यात्रुहरुको निकै घुईचो देखिन्थ्यो । खानाखान ढिलो हुने कुरा लगभग सबै यात्रुहरुले बुझेका भएर होलान । सबैले नास्ता र खानाको लागी आ आफ्नै व्यवस्था गरीरहेका थिए । यात्रुहरु बाहिर निस्कीएर खाजाखान लाग्दा गाडी अलिकति सर्न लागे जस्तो गर्दथ्यो । गाडीका स्टाफहरुले ल ल गाडी खुलो भन्थे, यात्रुहरु हतार हतार खाना छोडेर कति आए तर १०० मिटर पनी गाडी नसरी फेरी रोकिन्थ्यो । बिचैमा खाना छोडेर आउनु अनि गाडी थोरै मात्र सर्नुले कतियात्रुहरु रिसाउदैं थिए । तर को संग रिसाउनु हामी सबै त्यही संगैका त थियौं ।
अर्को बाटोमा पनि सारै गाडीहरु चलेका थिएनन् । पछि मात्रहामीले थाहापायौं, धादिंगमा गाडी एक्सीडेण्ट भएर १ जनाको ज्यानगएको रहेछ अनी १०जना यात्रुहरु घाईते भएका रहेछन । पछि एम्बुलेन्सहरुको लाईन त्यही बाटो भएर काठमाण्डौं तर्फ जाँदा घटनाका घाईतेहरु यि हुनकी भन्ने महसुु गरीयो । त्यहि घटनाले होला यात्रामा धेरै ढिला अनि अल्छि लाग्दो हुदैं थियो । तै पनि भोलीको गन्तव्य सम्झेर मनलाई शान्त्वना दिँदै थिए । जस्तो भए पनि बिहानको ४ बजे धादींग अनि बिहानको ८ बजे नारायणघाट पुगें । नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखांची जिल्लाको थोरै भागलाई पार गरेर दांगको भालुवांगबाट प्युठान तर्फ जाने क्रममा बाटोमा केहि बेर गाडी रोकियो ।
सुरुदेखी नै जामै जाम झेलेर आएको फेरी के समस्या भयोे भन्ने कौतुहलताले मनमा छटपटी बनायो । बाहिर निस्कीएर यथार्थ बुझ्दा सुरक्षाकोलागि नजिकै खडा भएको शसस्त्र प्रहरी बलको अगाडीको सडकमा दौंड रहेछ । केही बेरको पर्खाई पछि अगाडी बढीयो । दांग जिल्लाको राप्ती गाउँपालिका तथा गढवा गाउँपालिका हुदैं प्युठान जिल्ला प्रबेस गरीयो । प्यठान हुदैं बटडांडामा पुगियो । आश्विनको महिना थियो । साना साना भाईहरु प्लाष्टिकको झोलामा १/२ केजी, को अदुवाको पोको बनाएर एक जनाले ३÷४ वटा झुण्ड्याउदैं बेच्न आएका थिए । अदुवा यहाँ राम्रो उत्पादन हुन्छकि जस्तो लाग्यो ।

संगैको सिटमा बसेका साथिहरुले लिए । त्यतीलामो, अनि जामबाट वाक्क भएको यात्रामा रमाईलो पक्ष पनि राम्रो थियो । प्युठानका स्थानिय बासिन्दा तिहार मान्नकोलागि घर जाँदै थिए, कोहि बिदेशबाट आएका थिए । गाडीमा घरी विभिन्न घरायसी समस्या त कहिले सामाजिक अनि राजनैतिक बिषयहरुमा चर्चा चलिनै रहन्थ्यो । घरी विभिन्न लोक भाकाहरुले बस नै गुन्जयमान हुन्थ्यो । अगाडी राखेको टि. भि. भन्दा नि पछाडी स्वरमा स्वर मिलाउन पाए आहा भन्ने जस्तो लाग्थ्यो । पछाडीको रमाईलोले आफ्नो सिट अगाडी भएकोमा कति पछुतो लाग्यो ।
काठमाण्डौबाट हिडेको भोलि पल्ट बेलुका लगभग ०५ः०० बजे तिर प्युठानको चकचके पुगियो । मेरो लक्ष्य स्वर्गद्धारी जानु थियो । खलगाजँंदा बाटो अर्कै पर्ने भएर म त्यही बस्ने र भोली बिहान जाने निधो गरें । सस्तै मुल्यमा कोठा मिल्यो सायद अफ समय भएर हो जस्तो लाग्यो । नाखाएर बेलुका टि.भि हेर्दै निदाईएछु । बिउँझिदा टि.भि.को खुल्ला थियो । एक पटक लाईन गएको थियो तर केही बेरमा नै आयो । स्थानीय खोलाबाट निकालेको बिजुली त्यस आसपासमा जडान भएको जानकारी होटलका दाईले गराँंदै थिए । भोलि पल्ट बिहानको चियाको चुस्की पश्चात त्यहाँबाट केही पर रहेको भिङ्ग्रीसम्म म्याजिक चढेर हिड्यो । त्यहीबाटो भएर स्वर्गद्धारी मन्दिर जानु पथ्र्यो । माथि बाटो बनाउदैं गरेकोले यो बाटोमा बोलेरोहरु पछाडी सामान राख्ने अगाडी मान्छे बस्ने गाडी मात्रै चलेका थिए । रिजर्भ गरेर कति माछेहरु टाटा सुमोमापनि पुगेका थिए ।
भिङ्ग्रीबाट स्वर्गद्धारी सम्म जम्मा १३ं५ कि.मि. बाटो को लागि रु २०० रुपयाँ भाडा लाग्दो रहेछ । माथि जाने बेलामा गाडी पाईएन्, ढिलो गर्नु भन्दा आउने गाडीमा जान्छु भन्दा एउटा रातो नम्बर प्लेटको गाडी आयो । कुनै सडक आयोजनाको गाडी थियो । ईन्जिनियरहरु त्यसमा बसेका थिए । मैले माथीसम्मको लागि लिप्तको लागि अनुरोध गरे । उनीहरुले पछाडी बस्नु पर्छ भने, म सहमत भए । बाटोमा धुलो सारै उडेको थियो । माटो पनि त्यस्तै खालको रहेछ । बलौटे माटो, बर्षामा पानी पर्दा हिलो हुने पहिरो जाने पानी नपर्दा धुलो उडेर केहि पनि नदेखीने ।
झण्डै आधा घण्टामा माथि डाँडामा पुगियो । त्यहाँ पुग्दा आफैले आफुलाई नचिन्ने जस्तो भएको थियो । तै पनि धुलो झारेर, अगाडी सिढी चढ्न तिर लागे । सिढी चढ्न नचाहनेलाई घोडाको पनि व्यवस्था थियो त्यहँंबाट मन्दिर भएको ठाउँसम्म २५० लिने रहेछ । त्यहाँबाट गाडीको बाटो भने रहेनछ । त्यस दिन नेपाल प्रहरी दिवस समेत परेको थियो । माथि सिढीहरु चढ्ने क्रममा प्रहरी दिवस लेखेको व्यानर टाँगेर प्रहरीका जवान तथा अधिकृतहरु मन्दिर आसपासका पुजारी, गुरु जास्ता देखिने, पहेंला, राता बस्त्र लगायका व्यक्तिहरुहरु पनि थिए । आषढ महिनामा सम्पन्न भएको स्थानिय तहको निर्वाचनबाट निर्वाचित स्थानिय प्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी समेतको उपस्थिति थियो ।
मन्दिरमा पुग्दा सबै आ आफ्नो काममा थिए । माथि संस्कृत पढ्ने विद्यार्थीहरु हातमा किताब लिएर संस्कृतका स्लोकहरु घोक्न तल्लीन थिए । त्यो मन्दीरमा गाई पाल्ले गरिएको रहेछ । गाईका साना बाछा अनि केहि ठुला गाई गोरुहरुलाई छुट्टै राखिएको थियो । मन्दिर भन्दा माथि नेपाली सेनाको व्यारेक जस्तो थियो । मन्दिर नजिकै प्रहरी चौकी थियो । माथि सिमेन्टले बनाएको पानी ट्याङ्की थियो । एउटा एरोले गुफा जाने बाटो भनेर देखायो । कौतुहलता लागेर म पनि त्यसको पछि लागे । निकै पर पुगेको जस्तो लागेको थियो । अब म हराए होला भन्ने लाग्यो । अब ट्दीन भन्दै थिए माथि एउटा लिंग गाडेको ठाउँ देखे त्यहां सम्म पुग्नु परो भन्दा त्यही रहेछ गुफा । भित्र यसो हेरें गुफा सम्म पुग्न पाईयो भन्ने महसुस भयो । बिहानको खाना लिएको थिएन फर्किदा खाना खाने योजना थियो । फर्किनेबेला नि गाडीको समस्या त तेही नै थियो । अरुले रिजर्भ गरेको बसमा म पनि तल सम्म आए । भिङ्ग्रीमा झरेर खानाखाएर रोल्पा जाने बसको बारेमा जानकारी लिए । त्यही क्रममा बस अवाज आयो म त्यही बस चढेर रोल्पा लागे ।













