झुम्कामै झेलिएका पत्रकार

थारु पत्रकार संघ नेपालले एक/दुई महिना अगाडी सुनसरीको झुम्कामा तेस्रो महाधिवेशन गर्ने निर्णय गरेको पत्र सार्वजनिक ग¥र्यो । म झुम्का हेर्नलाई उत्साहित थिए । तर केन्द्रले प्रति जिल्लाबाट तीन जना प्रतिनिधि मात्र मागेको थियो । त्यसैले झुम्का जान पाइन्छ, की पाइन्दैन भन्नेमा दुविधा कायमै थियो । हामी जिल्लाबाट प्रतिनिधि बढाउनु पर्छ भन्दै केन्द्रलाई आग्रह समेत ग¥र्यौ तर केन्द्रले आफ्नो निर्णयमा अडिक रहयो ।
अन्ततः हामी कैलालीबाट ७ जना गणेश चौधरी, प्रेम चौधरी, लखन चौधरी, विवस चौधरी, दिनेश दहित, उन्नती चौधरी र इन्दु चौधरी महाधिबेशनमा सहभागी भयो । संख्याको आधारमा प्रतिनिधि बढाउने मागमा दाङका साथीहरुले पनि धेरै आग्रह गरे । दाङबाट मात्रै १० जना सहभागी भएका थिए । हामी एकदमै आशावादी थियौ, कि केन्द्रले पत्रकारको संख्याको आधारमा प्रतिनिधि दिन्छ भन्ने कुरामा । त्यसै अनुरुप जिल्लाबाट गाडी बुकिंङ गरेर कैलाली र दाङका साथीहरु केन्द्रले मागेको भन्दा फरक निर्णय गरेर सहभागिता जनायो ।

धनगढीदेखि झुम्कासम्मको यात्रा

हाम्रो टिम जम्बो थियो । ड्राइभर लगाएर नौ जना थियौ । त्यसमा म केटी एक्लै थिए । सबै पुरुष अनुहार सधै देखेको बोलेको अनुहार सहकार्य गरेको अनुहार थियो । म बिना हिचकिचाहट गाडीमा बसी हाले । कञ्चनपुरबाट दुई जना हामी संगै थिए । बाटो लामो थियो । लामो बाटो भएको कारण कहिले काहि मनमा धेरै प्रश्नहरु खेल्थ्यो । किनकी म पत्रकारिता क्षेत्रमा प्रवेश गरेदेखि हालसम्म धेरै पुरुषहरुको बीचमा एक्लो सहभागि भएर पहिलो पटक यात्रा गर्दै थिए । समूहमा यात्रा धेरै गरियो तर यस्तो यात्रा मेरो लागि पहिलो थियो । यात्रा गर्ने क्रममा म आफूलाई हिचकिचाहट भएको कुनै संकेट देखाएन बरु टिममै समाबेश भएर रमाउने प्रयास गरे । हामी धनगढीबाट हिड्नेबेला नै ढिलो भएको थियो लमही पुग्दा रातीको ११ बजिसकेको थियो । सबै साथीहरु लमही बस्ने निर्णय गरे । हामीसंग पैसाको अलि अभाव थियो । थोरै पैसामा हामी यात्रा सम्पन्न गर्ने योजना बनाएका थियौ । हामी होटल बुकिंङ गर्दा पनि कुरा आयो एक जनाको लागि एक्ट्रा रुम लिने, बरु दिदीलाई एउटा बेद दिने हामी भुईमा ओछ्यान लगाएर सुतौ भन्ने कुरामा धेरै साथीहरु सहमत भए । म त्यतिबेला साँचिकै आत्तिएको थिए । म एउटै रुममा बस्न असहमति जनाएर अलगै बसे ।

विहान ५ बजे हामी सबै हिड्नलाई तयार भयो । तर कञ्चनपुरका एक जना साथी बाटोमा विरामी भएर त्यहीबाटै फर्किनु बाध्य भए । बाटो भरि विभिन्न विषयमा कुरा भयो । प्रतिनिधि सभा र प्रदेश सभाको चुनाब नजिकिएकोले राजनीतिक गफ धेरै हुन्थ्यो त कहिले सामाजिक गफमा पनि तातिन्थो । महिला एक्लै भएको कारणले होला संगै यात्रा गर्दाका साथीहरु कसले कस्तो शब्द प्रयोग गरेर कुरा गर्दैछ भन्ने कुरा नियाल्न बाध्य हुन्थे । यात्रा गर्ने साथीहरु कहिले काँही त गाडीमा पुरुष मात्र छौं कि भन्ने सोचले पनि विभिन्न शब्दहरु प्रयोग गर्थे । ती सबै पचाएर यात्रा गर्ने क्रम जारी थियो ।

हामी दाउन्ने पुगेर खाजा खायो । खाजा खाने क्रममा दिनेश भाईले जनकपुरमा आफ्नो दिदीलाई फोन गर्नु भयो हामी खाना खान त्यही आउछौं भनेर । दिदी हाम्रोलागि विभिन्न परिकार बनाएर बाटो कुर्दै बसिन् किनकी दिदी र भाईको ७ वर्षपछि भेट्ने पक्का पक्की भएको थियो । हामी साँझ ५ बजे जनकपुर पुग्यौ । विहानको खाना दिदी घरमा खाने निधो गरेका हामी साँझ साढे ५ बजेतिर खायौ । जनकपुर पुगिसकेपछि जानकी मन्दिरको दृष्यावलोकन पनि ग¥यौ । तर राती भैसकेकोले केहि एतिहासिक तथा धार्मिक मन्दिरको अवलोकनमा केहि कमी महसुस पनि भयो ।

राती ११ बजे झुम्का अर्थात कार्यक्रम स्थल पुग्यौ । दुई दिनको यात्राले हामी सबै थकित थियौ । पुग्ने बित्तिकै काठमाडौंबाट आधा दिनको यात्रा गरेर झुम्का पुगेको केन्द्रीय कार्यसमितिका साथीहरु हामी भन्दा झनै थकित देखिन्थ्यो । बेलाबेखत रक्सीका नाशामा लठ्ठिएका उनीहरुको मुखबाट फुट्किन्थ्यो,–‘साथी हो, हामी साहै्र थकित छौ, तपाईहरु साह्रै ढिला पुग्नु भो, खाना पनि यति नै छ, सबै रुम प्याक भो ।’ उनीहरुको कुराले मनमा चिसो पसिसकेको थियो, प्रतिवाद गरौं भन्ने पनि लाग्थ्यो तर नयाँ ठाउँ, नयाँ परिवेशले हामीलाई रोक्यो ।

हात खुट्टा धुन मन लाग्यो । अगाडी पुगेका साथीहरुलाई बाथरुम कहाँ छ ?  भनेर सोधे । रुम पाटनर इन्दु जी र बुनु जी हुनु हुन्थ्यो । उहाँहरुले तपाई बाथरुम छिर्न सक्नु हुन्न जाउँ बाहिर पिसाब फेर्न भनेर मैदानमा आयौ । हामी बसेको ठाउँमा बाथरुम थियो तर छिर्नसाथ उल्टी हुने खालको फोहरी थियो त्यसैले हात खुट्टा नधोएरै बेडमा पल्टे ।
राती १ बजेको थियो, निन्द्रा लागेको थिएन । त्यहि बेला साथी प्रेम चौधरीको फोन आयो–‘उन्नती जी हामीलाई सुत्ने केही व्यवस्था भएन होटल खोज्दै इटहरी बजारमा भौतारिरहेका छौ ।’ उहाँबाटै थाहा पाए, म र गणेश दाईलाई कार्यक्रम स्थल रहेको कृषि तालिम केन्द्रको भवनमा सिप्ट गरेपछि बाँकी रहेका सात जना साथीहरुलाई स्थानीय रामधुनी एफएमको एउटा कोठामा ओध्ने बिनाको सिरक मात्रै ओछ्याएको भुईमा सुत्न लगाएका थिए । जुन कोठामा दुई जना पहिल्यै सुतिरहेका थिए । तर साथीहरु त्यहाँ नबस्ने निर्णय गरी इटहरी पुगेका थिए । करिब दुई घण्टा वढी बासको लागि इटहरी बजार भौतारिएका उहाँहरु बल्ल बल्ल एउटा होटलमा बास पाउनु भयो ।

बुनु, इन्दु र म बिहान ५ बजे उठेर आधा घण्टाको बाटो हिडेर साथीको घर गयौ र त्यहाँ नित्यकर्म सकाए । साथीको घरमा भव्य स्वागत भयो । हामी चिया र खाजा खाएर कार्यक्रम स्थल आयौ । कार्यक्रम शुरु गर्नु भन्दा पहिला प्रभात फेरी ग¥र्यौ । प्रभात फेरीमा त्यहाँका स्थानीय महिलाहरु स्थानीय परम्परागत पोशाकमा आफ्नो संस्कृति अनुसार डेलुवा  (हातले बुनेको सामाग्री) लाई फूल मालाले सजाएर ¥यालीमा सहभागी जनाए । त्यो दृष्य हेर्दा लाग्थ्यो यो क्षेत्रका महिलाहरु अधिकार सम्पन्न छन् । पत्रकारको महाधिबेशनमा पुरुषको भन्दा बढि सहभागिता छ ?  तर अन्तत त्यो रहेन छ । बल्की त्यहाँका महिलाहरु कति प्रयोग भईरहेका छन् । त्यहाँका महिलाहरुमा कति तानशाहीबाद लागु भएको छ । आयोजकले उद्घाटन सत्र भरी लगभग ३ घण्टासम्म दुई जना महिलाहरुलाई त स्थानीय पोशाकमा सजाएर ‘डमी’ जस्तै सो पिसको लागि मञ्चमै उभ्याई दियो । त कि उनीहरु कार्यक्रमका आकर्षक विन्दु बनून् । त्यति मात्र होईन । पानी खुवाउनेदेखि खाना पकाउनेसम्म महिला नै थिए । हरेक काममा महिलाहरु नै प्रयोग भईरहेका मैले पाए ।

बन्द शत्र

खानापछि बन्द शत्र शुरु गर्ने निर्देशनात्मक सूचना आयो । तर जिल्लाको माग सम्बोधन नहुन्जेल आधा भन्दा बढि साथीहरु हल प्रबेश गरेनन् । अन्ततः केन्द्रीय टिम बैठक बस्न बाध्य भयो । बैठकले घुमाई फिराई त्यही निर्णय लिएर बाहिर आयो । प्रति जिल्ला ३ प्रतिनीधि र अध्यक्ष स्वयम् प्रतिनिधि बन्ने निर्णय बाहिर बसेका साथीहरु पनि स्वीकार गर्न बाध्य भए । बन्द शत्रमा धेरै कुराहरु आयो । महाधिबेशनले पुरानो टिम विघटन गरेर नयाँ कार्यसमिति चयन गर्न निर्वाचन मण्डल गठन ग¥र्यो । जसमा थापसका सल्लाहकार लक्की चौधरी, बरिष्ठ पत्रकार गणेश चौधरी र एक जना अधिवक्ता निर्वाचन मण्डलमा बसेका थिए ।

बन्द शत्रको गतिविधि हेर्दा लाग्थ्यो, केन्द्रीय समितिको मनोविज्ञानले देखाउथ्यो नयाँ कार्यसमितिको एक खाले ड्राफ्ट बन्यो भनेर । त्यहि ड्राफ्टमा जिल्ला प्रतिनिधिहरुहरुबाट सहमतिको ताली घन्काउने केन्द्रको रणनीति स्पष्ट देखिन्थ्यो । तर ३६ घण्टा लगाएर कार्यक्रम स्थल पुगेका साथीहरु कुनै पनि हालतमा सर्वसहमतमा जान तयार भएनन् ।

निर्वाचन मण्डलले चुनाबको लागि मनोनयन दर्ता प्रक्रिया अगाडी सा¥र्यो । दर्ता गर्ने क्रममा सदस्यको लागि कुनै विवाद नै भएन । अध्यक्षका लागि दुई जना, महासचिवका लागि दुई जना र सचिवको लागि तीन जनाको उम्मेदवारी प¥र्यो । उम्मेदवारीपछि पनि केन्द्रले चिताएको भन्दा फरक व्यक्तिलाई उम्मेदवारी फिर्ता लिन तत्कालीन अध्यक्ष कृष्णराज सर्वहरीको दवाव स्वरुपको आग्रह छटाछुल्ल भयो । उहाँले अध्यक्ष पदका उम्मेदवार मदन चौधरी, सचिव पदका उम्मेदवार इन्दु चौधरी र रामचन्द्र कुश्मीलाई भएभरको अस्त्र प्रयोग गरी उम्मेवारी फिर्ता लिन दवाव दिए । रामचन्द्र कुश्मीले आफ्नो उम्मेदवारी फिर्ता लिनु भयो । तर मदन र इन्दु जी साथीहरुको साथ र समर्थनले आफ्नो अडान तोड्नु भएन । रातारात चुनाब भयो । जीत पनि मदन चौधरी र इन्दु चौधरीको नै भयो । इन्दु जीको जीत हारेको भन्दा बढी पीडादायी थियो । उनी निन्याउरो अनुहार लिएर काठमाडौं फर्किन् ।

मैले सोचेको थिए कि झुम्का सुदूरपश्चिमको भन्दा धेरै विकसित होला । किनकी त्यहाँका जनता आन्दोलन गर्नमा एकदमै कट्टर हुन्छन् । झुम्कामा ठूलो बजार होला । छिमेकी जिल्लासंग जोडिएर रहेकोले त्यहाँको बजार व्यवस्थापन फरक होला । तर मैले सोचेको भन्दा धेरै फरक पाए झुम्का । विकास निर्माणको काम भएको छ तर सरसफाई, फोहरमैला व्यवस्थापनमा भने अझै पनि धेरै पछाडी रहेको महशुस गरे ।
कार्यक्रमको व्यवस्थापनलाई केन्द्रले ध्यान नदिएको जस्तो पनि लाग्यो । व्यवस्थापनको जिम्मा सुनसरीलाई दिए पनि केन्द्रको दायित्व हुनु पर्ने हो जस्तो लाग्छ । तर जे होस सुनसरीका साथीहरुले जसरी महाधिवेशन सम्पन्न गरे उहाँहरु धन्यबादका पात्र नै हुन् । त्यो संगै सुनसरीका थारु महिला उत्थान सभाका अध्यक्ष सीता दिदीले सबै साथीहरुलाई आफ्नो घरमा बगिया (ढिक्री) खाना निम्तो गर्नु भयो । तर कार्यक्रम रातीसम्म चलेकोले १० बजेतिर आफै कार्यक्रम स्थलसम्म त्यो बगिया पु¥याउनु भयो । दिनभरीको भोकले त्यो परिकार कोही चाख्न पाए कोही पाएनन् । जे भए पनि दिदीले माया गरेर सबै साथीहरुको लागि वगिया पठाएकोमा उहाँलाई पनि धन्यवाद ।