फिफा यू-१५ विश्वकप : पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित
काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको छ ।
अजरबैजानमा भएको खेलमा नेपाल ट्युनिसियासँग ३(१ ले पराजित हुन पुग्यो । ट्युनिसियाका लागि अयुब नुरी, करिम मुख्तार र अजिज मालेजले गोल गरे । नेपालका अर्जुन मगरातीले सान्त्वना गोल फर्काए ।
अब नेपालले आइतबार गिनी–बिसाउ र एल साल्भाडोरसँग प्रतिस्पर्धा गर्नेछ । सोमबार ब्राजिल र डिआर कंगोसँग खेल्ने तालिका छ । नेपाल रहेको समूह चरणमा ब्राजिल, डिआर कंगो, एल साल्भाडोर, गिनी(बिसाउ र ट्युनिसिया छन् ।













