वर्षायाममा पानीजन्य रोगको जोखिम बढ्दो, सरसफाइमा विशेष ध्यान दिन आग्रह
कैलाल । वर्षा यामसँगै हैजा, आउँ, निमोनिया रुघा खोकी तथा टाइफाइड जस्ता पानीजन्य रोगको जोखिममा बढ्ने गर्छ ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल झाडापखाला लगायतका पानी जन्य रोगका बिरामी बढ्दै गएका छन् । अस्पतालका अनुसार अस्पतालको ओपिडीमा आउने अधिकांश बिरामी झाडापखाला, टाइफाइड, निमोनिया रुघा खोकी लगायतका लक्षण लिएर अस्पतालमा पुग्ने गरेका छन् ।
अस्पतालका सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले गर्मी तथा वर्षा यामसँगै हैजा आउँ, निमोनिया रुघा खोकी तथा टाइफाइड जस्ता पानीजन्य रोग अन्य बेलाको तुलना बढी फैलने बताउनुहुन्छ। दूषित पानी सेवन गर्दा समान्य देखि गम्भीर झाडा पखालाको स्वास्थ्य समस्या निम्तने डा.पुनको भनाइ छ ।
दुषित पानीमा रहेका हानिकारक जीवाणुले पेट दुख्ने, ज्वरो आउने, वान्ता र पखाला लाग्ने, जन्डिस,शरीर दुख्ने, कलेजोमा सङ्क्रमण हुने जस्ता रोगको लक्षण देखिने उहाँको भनाइ छ ।
डा.पुनका अनुसार लामो समयसम्म दूषित पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनुका साथै मिर्गौला, कलेजोलाई दीर्घकालीन असर पुग्ने गर्छ । डा.पुनका अनुसार झाडापखाला दूषित पानी वा खानाबाट हुन गर्छ ।
झाडापखाला लाग्दा बारम्बार पातलो दिसा लाग्ने, पेट दुख्ने आदि लक्षण। हैजा दूषित पानी वा खानेकुराबाट सर्ने गम्भीर सङ्क्रमण रोग हो । यसको सङ्क्रमणले अत्यधिक पातलो दिसा र छिटो निर्जलीकरण हुन सक्छ। टाइफाइड दूषित पानी र खानाबाट सर्ने गर्छ ।
लामो समय ज्वरो आउने, टाउको दुख्ने, कमजोरी हुने जस्ता लक्षण देखिन्छन् । हेपाटाइटिस ‘ए’ र ‘ई’ दूषित पानी तथा खानाबाट सर्न सक्नेस ज्वरो, वाकवाकी, भोक कम हुने र आँखा तथा छाला पहेँलो हुने जस्ता लक्षण देखिन्छन् । दूषित पानी र खाद्य पदार्थका कारण पेट दुख्ने, बान्ता र पखाला लाग्ने जस्ता स्वास्थ्य समस्या निम्तने गर्छन् ।बालबालिका, जेष्ठ नागरिक, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस बढी जोखिममा हुन्छन् ।
उनका अनुसार बर्षायाममा पानीजन्य रोगबाट बच्न खानपिन तथा सरसफाइमा विशेष ध्यान दिनुपर्छ । गर्मी तथा वर्षा यामसँगै फैलने झाडापखाला तथा हैजा जस्ता पानीजन्य रोगबाट बच्न बासी सडेगलेका झिङ्गा भन्केका खानेकुरा नखान डा.पुनको सुझाव छ ।
बासी, सडेगलेका तथा झिँगा भन्केका खानेकुरा नखान, उमालेर वा क्लोरिन झोल हालेर शुद्धीकरण गरेर पानी पिउन उहाँको आग्रह छ । उहाँले पानी क्लोरिन, झोल वा ट्याब्लेट हालेर वा उमालेर पानीलाई शुद्धिकरण गरेमात्र पिउन अनुरोध गरे ।
उनले भने, “यस्ता रोगबाट बच्न शुद्धिकरण गरेको सफा भाँडामा छोपेर राखेको पानी पिउने, सडेगलेका, बासी, झिँगा भन्केका खानेकुरा नखाने, काँक्रो, गाँजर, फलफूल जस्ता काँचै खान मिल्ने खानेकुरा राम्ररी धोएर खानेगर्नुपर्छ ।”
जथाभावी दिसा पिसाब नगर्ने, र नगरउने, चर्पीमा मात्र दिसा पिसाब गर्ने गराउने र बच्चाको दिसालाई चर्पीमानै बिसर्जन गर्न उहाँको सुझाव छ ।
उनले भने, “रोग लाग्नबाट बच्न खाना पकाउनुअघि, खाना खानुअघि, बच्चालाई खाना खुवाउनुअघि, फोहोर छोएपछि, दिसापिसाब गरेपछि, चर्पीको प्रयोग गरेपछि र बच्चाको दिसा धोएपछि साबुनपानीले मिचिमिचि हात धुनुपर्छ ।”
फोहोरलाई सधै निश्चित ठाउँमा सहि तरिकाले व्यवस्थापन गर्न र खोक्दा हाच्छ्यु गर्दा सफा कपडाले नाक मुख छोप्न उहाँको सुझाव छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा यस्तो रोगको जोखिमा बढी हुने गर्छन् ।
यदि झाडापखाला, हैजा आउँ, निमोनिया रुघा खोकी तथा टाइफाइड जस्ता पानीजन्य रोगको लक्षण देखिएमा हेलचेक्राई नगरी तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न उहाँको सुझाव छ ।













