दासत्वको अन्तिम सास

(छोरा र छोरीको मुक्तिको स्वर)

सदियौँदेखि हेपिएँ, चेपिएँ,
कसैको खेतमा पसिना बेच्दै
आफ्नो नामसम्म हराएँ म-
तर मनभित्र एउटा ज्वाला बाचिरहेछ,
स्वाभिमानको, स्वतन्त्रताको, पहिचानको।
कसैले भन्यो –

छोरी पढे पूजा बिग्रिन्छ
छोरा पढे के काम ,खेत कोले जोत्छ !

तर आज यी हातमा किताब छन्,
यी आँखामा स्वप्ना छन्,
र यी छातिमा गर्वको ढोल बज्दैछ।
उखान टुक्काले जिब्रो टोक्छन्-
पढो लिखो कुछ नै काम, खेतुवा जोतो धन धन !

तर म भन्छु-

अब खेतुवा होइन, खेतको मालिक बन्छु,
दास होइन, आवाज बन्छु,
मौन होइन, विद्रोह बन्छु१
यो लडाइँ केवल पेटको होइन,
यो लडाइँ आत्माको पुनर्जागरण हो,
संस्कारको पुनर्लेखन हो,
र पहिचानको पुनर्जन्म हो।

आज म प्रतिज्ञा गर्छु-
न त झुक्छु, न त थाक्छु,
या जित्छु, या सकिन्छु,
तर अब दास भएर होइन –
स्वतन्त्र भएर म बाँच्नेछु !

फेसबुकबाट ।