नबोलिएका कुराहरू

यहा संसारमा हामी मर्नेलाई जलाउछौँ, गाड्छौं।
दियो बाली सम्झन्छौं, केही शब्द भन्छौं।
शान्ति खोज्ने प्रयास गर्छौं।
तर जङ्गलमा ?

त्यहाँ न श्रद्धाञ्जली हुन्छ, न नरम बिदाइ ।
केवल सून्यता, स्वाभाविकता, अनि नबोलिएका कुराहरू ।
तर‘ त्यो सानो चरा त्यहाँ बसिरह्यो ।
शायद माया गरेको अर्कोको शरीरसँग अडेस लागेर ।

न त खानाको लागि । न त जोगिनको लागि ।
बरु केही यस्तो कारणले, जुन शब्दमा बयान गर्न गाह्रो छ ।
हामी सोच्छौं भावनाहरू केवल हाम्रो हुन् ।

दुःख त कविहरूको सम्पत्ति हो, शोक त मानिसहरूको विलासिता ।
तर प्रकृतिले अर्कै कथा सुनाउँछ ।
त्यहाँ, त्यो कठोर जमिनमा-कसैले पनि हेरेको छैन ।
न त कुनै क्यामेरा, न दर्शकहरू ।

तर त्यो चरा शोक मनाइरहेछ ।
शायद आँशु बिना ।
शायद बुझाइ बिना ।
तर उपस्थितीले ।

किनभने जङ्गलमा पनि,
मन बुझ्छ-उसले के गुमायो ।
र कहिलेकाहीँ-सबैभन्दा साना प्राणीहरूले
बोकिरहेकै हुन्छन्-सबैभन्दा भारी भावना । फेसबुकबाट ।