के अविवाहित भएर बस्न सकिँदैन र ?
म एक हिन्दु धर्म मान्ने मान्छे हुँ । हिन्दु परिवार त्यसमाथि पनि नेपालको सुदुरपश्चिममा पर्ने अछाम जिल्लाको छोरो हुँ । म मेरो पुर्खाको इतिहास हेरेको मान्छे पनि हुँ । मलाई मेरो बुवा बाजेले हातमा खेलाए । म यो समाजको हरेक गतिविधिसंगै हुर्के ।
समाजमा कसैको जन्मदिन, बसाइसाराईदेखि विबाह र मृत्यूसम्म भलाकुसारीको एक पात्र हुँ । मेरो समाज विगत भन्दा धेरै परिवर्तन भईसकेको छ । मेरो समाज मात्र नभएर देशको नीति कानुन पनि परिवर्तन हुँदै गईरहेको छ ।
मलाई मेरो समाजले सिकाइएको एउटा संस्कार हो विबाह । हो सायद विबाहले नै होला आज बिश्वमा ८ अर्ब मानिस छ्न् । किन की मेरो देशमा विबाह गर्नु अगाडी बच्चा जन्मादा अबैध थाल्छन् । जसले गर्दा सायद बिश्व को जनसंख्या यति पुग्नु भनेको विबाह महच्वपूर्ण देखियो ।
हाम्रो समाजमा मानबको अस्तित्व यहि विबाहले बचाइ दिएको छ । त्यसैले आज मेरो समाज, परिवारले मलाई एउटै प्रश्न गर्ने गर्दछन् कि बिहे कहिले गर्ने ? अलि पर जान्छु साथी भाइहरुको ओठबाट पनि त्यहि प्रश्न तेस्रिन्छ । उनीहरु भन्छन्, मेरो बच्चा भै सक्यो, अनि तिम्रो …………?
यी सबका कुरा ले मलाई वाक्वास बनाउँछ अनि सोच्ने गर्छु के अविवाहित भएर यो समाजमा बस्न सकिदैन र ? आज बिश्व कहाँदेखि कहाँ पुगि सक्यो तर मेरो सामाज अनि मेरो आफन्त साथी भाई भने विबाहमा अल्झिएका छन् ।
हो, इच्छा हुने विबाह गर्नुुपर्छ तर आहिलेको युगमा विबाहकोलागि कसैलाईपनि बाध्यकारी बनाउ सकिन्दैन, पाइन्दैन पनि । किनकी अहिलेको युग हिजोको जस्तो छैन । अहिलेका युवाको विचार हिजो भन्दा धेरै परिवर्तन भईसकेको छ । विबाह गर्दैमा कसैको अस्तित्व जोगिने र विबाह नगर्दैमा अस्तित्व जाने कुरै होइन । बरु अहिलेका मान्छे स्वतन्त्र हुन चहान्छ । परिवारिक बन्धनबाटा टाढा बस्न रुचाउँछन् । । त्यसैले विबाह शब्दमा अल्झिनु भनेको मुर्खताको संज्ञा दिनु हो ।
अहिलेका यूवाहरु विबाह किन गर्ने, विबाह गर्दा जीवन जिउन कति सजिलो छ, या कति अप्थ्यारो, विबाह कुन उमेरमा गर्दा भविष्य सुधिन्छ लगायतको जोर घटाउ नगरि विबाह गर्दैनन् । गर्नुपनि हुन्न । आफ्नो शरिरमाथिको अधिकार सबैले उपभोग गर्न पाउनु पर्छ । न कसैको दबाबमा । त्यसैले विबाहलाई च्वाईसकोरुपमा लिऔं, बाध्याता होईन ।
हामी सामु अविबाहित व्यक्तिहरु देश हल्लाएको उदाहरण पनि छ । भारतको महात्मा गान्धी, नेपालका कृष्ण प्रसाद भट्टराई, सुशील कोइराला लगायतको ईतिहास हामीसामु जगजायर छ । त्यसैले जीवन जिउनु भनेको विबाह होईन । जीवन त एउटा सुन्दर फुल हो यो फुल समय र उमेरसंगै चक्रको रुपमा घुम्ने हो ।













