छोरी : तिम्रो जन्मले समाज र परिवार असल पात्र पायो
तिम्रो जन्म आज छ छोरी
तिम्रो जन्मको अर्थ छ छोरी ,
तिम्रो जन्मले हामीलाई नाज छ छोरी
तिमीलाई आर्शिवाद छ छोरी ।
तिम्रो जन्म बैशाषमा हो छोरी
तिम्रो जन्मले परिवार साखमा हो छोरी,
तिम्रो जन्मले परिवारमा बसन्तको आगमन हो छोरी
तिमीलाई आर्शिवाद छ छोरी ।।
तिम्रो डाई सयौं मठ, मन्दिर, बैद्य, गुरुबा धाई
तिम्रो जन्म पाउनालाई,
तिम्रो जन्मले आखिर परिवारले सुन्दर परी पाई
तिमीलाई आर्दिवाद छ छाई ।।।
तिम्रो जन्मले सबैले भन्थे छोरी पाई
तिम्रो जन्मले हामी सारा परिवार नातागोतामा खुशीको बहार ल्याई,
तिम्रो जन्म डाईको ममतामाई आँट बढाई
तिमीलाई आर्दिवाद छ छाई ।।।।
तिम्रो जन्मले समाज र परिवारले असल पात्र पायौं
तिम्रो कर्मठ अध्ययनले एक बाल लेखक भयो,
तिम्रो पाइला प्रगतिको शुरुवात उज्जवल भविष्य विश्वासको आश
तिम्रो हरेक चुनौती, अवरोधको नाश,
सुख र खुसी जीवनमा कामनाको बास
तिमिलाई आर्दिवाद छ छाई,
तिमिलाई आर्दिवाद छ छोरी ।।।।













