बेलडाँडीदेखि धनगढीसम्म दैलो ट्राभल्सको सेवा विस्तार
कैलाली । दैलो ट्राभल्स प्रा।लि।ले आफ्नो यातायात सेवा बेलडाँडीदेखि धनगढीसम्म विस्तार गरेको छ।
कम्पनीले विगत डेढ वर्षदेखि धनगढी, हसुलिया, भजनी, टीकापुर र राजापुर हुँदै नेपालगन्जसम्म यातायात सेवा सञ्चालन गर्दै आएको छ। यात्रुहरूलाई सहज, सरल र सुविधाजनक यात्रा सेवा उपलब्ध गराउने उद्देश्यले कम्पनीले आफ्नो सेवा क्षेत्र विस्तार गरेको जनाएको छ।
यात्रुहरूलाई टिकट लिन सहज होस् भन्ने उद्देश्यले दैलो ट्राभल्सले कैलाली र कञ्चनपुरका विभिन्न चोक तथा बजार क्षेत्रमा टिकट काउन्टर स्थापना गरी सेवा प्रदान गर्दै आएको छ।
दैलो ट्राभल्सको मुख्य टिकट काउन्टर धनगढी उपमहानगरपालिका–८, क्याम्पस रोडस्थित गुरही चोकमा रहेको छ।“बेलडाँडीदेखि धनगढीसम्म दैलो ट्राभल्सको सेवा विस्तार”“बेलडाँडीदेखि धनगढीसम्म दैलो ट्राभल्सको सेवा विस्तार”













