मानसिक स्वास्थ्य तथा लागुऔषध (dual diagnosis)
विश्व स्वास्थ्य संगठन (who) का अनुसार स्वास्थ्य भनेको कुनै पनि रोग वा अशक्तता नहुनु मात्र नभई पूर्ण रुपमा शारीरिक, मानसिक, बौद्घिक, आध्यात्मिक र सामाजिक स्वस्थताको गतिशील अवस्था हो । त्यसैगरी मानसिक स्वास्थ्य भन्नाले कुनै पनि व्यक्तिको त्यस्तो अवस्थालाई जनाउँदछ जसमा व्यक्तिले आफ्नो क्षमतालाई पहिचान गर्न सक्दछ, जीवनमा आईपर्ने सामान्य तनावको व्यवस्थापन गर्न सक्दछ, उत्पादनशील क्रियाकलापमा संलग्न हुन सक्दछ र आफ्नो क्षमता अनुसार परिवार, समाज र राष्ट्रको लागि योगदान दिन सक्षम हुन्छ । मनसिक समस्या भन्नाले कुनैपनि व्यक्तिको बानीेव्यवहार, सोच , विचारमा परिर्वतन भई दैनिक क्रियाकलापहरु गर्न सक्दैन वा गाह्रो हुन्छ भने यस्तो समस्यालाई मानसिक समस्या वा मानसिक रोग भनिन्छ । अब कुरा गरौ कुलत केहो र लतलाई कसरि पहिचान गर्ने
कुनै पनि प्राकृतिक तथा रासायनिक पदार्थ जसको सेवन गर्दा मानिसको केन्द्रिय स्नायु प्रणालीमा असर गरी सेवनकर्ताको भावना तथा सोचाइमा परिवर्तन ल्याउछ भने यसलाई लागूऔषध भनिन्छ । हामी सबैलाई केही कुराको लत हुन सक्छ। खानेकुरा देखी लिएर, व्यवहारसम्म र त्यस्ता लतहरु यदी हाम्रो बसमै छ, त्यस्ता लतले फाइदा नै पुर्याइरहेको छ भने ती समस्या भएनन तर यदी त्यस्ता लत सम्हाली नसक्नु छन, त्यस्ले हामीलाई बेफाइदा पुर्याउदैछन भने ती समस्या हुने गर्दछन। लत एउटा त्य्स्तो अवस्था हो जस्मा व्यक्तिले कि त बिभिन्न पदार्थहरु जस्तै रक्सी, सुर्तिजन्य चिज, गाजा, मचगनक को प्रयोग गर्छन कि कार्यहरु जस्तै जुवा तासमा सकृय हुन्छन। त्यस्ता लत हानिकारक भएता पनि त्यस्ता पदार्थको प्रयोग या कार्यले दिने प्रतिफलले व्यक्तीलाई प्रोत्साहन दिने गर्दछ। पारीणाम स्वोरूप व्यक्तीले त्यस्ता व्यवहार या भनम लतलाई दोर्याइरहने गर्दछन।
वैज्ञानिक अनुसन्धानका अनुसार लत बस्नुको पछाडि neurological विशेषता हुने गर्दछ। त्यस्ता पदार्थ र व्यवहार ले brain को पुरस्कारको pathway (मार्ग) लाई अत्यन्त सकृय गर्दछ, धेरै मा dopamine नामक neurotransmitter को भूमिका हुने पाइएको छ। जसले गर्दा व्यक्तीले त्यही व्यवहार दोहोर्याउने, त्यही पदर्थको सेवन गर्ने गर्दछन र अन्त्यमा त्यस्लाई लतको रुपमा बिकास गर्दछन। यि दुबै समस्या एकै चोटि देखियो भने त्यो अवस्थालाई हामि के भन्न सक्छौ । यो अवस्थालाई dual diagnosis भनेर भनिन्छ यानिकि दोहोरो निदान ।
दोहोरो निदान भएको व्यक्तिमा मानसिक विकार र रक्सी वा लागूपदार्थको समस्या दुवै हुन्छ। यी अवस्थाहरू बारम्बार सँगै हुने गर्दछन । मानसिक विकार भएका करिब आधा मानिसलाई पनि जीवनको कुनै न कुनै बिन्दुमा लागु औषध प्रयोगको समस्या अनिवार्य रुपमा देखापर्दछ । यि दुई अवस्थाको अस्वस्थ अन्तरक्रियाले दुवै रोगलाई बिग्रान सक्ने सम्भावना अत्याधिक मात्रामा रहन्छ ।त्यसैले गर्दा दोहोरो निदान भएको ब्यक्तिमा मानसिक बिकार र रक्सि वा लागुऔषधको समस्या दुबै एकै चोटि देखिने अवस्थालाई dual diagnosis भनेर भनिन्छ। यस्तो खाले समस्या भएको ब्यक्तिलाई dual diagnosis को समस्या वा अवस्थाहरु बारम्बार सँगै हुने गर्दछन । यो प्रकारको अन्तरक्रियाले दुबे पक्षको अवस्थालाई अझ गम्भिर बानाउन सक्ने सम्भावना रहन्छ । जब तपाई अवसाद,चिन्ता वा अन्य मानसिक स्वास्थ्य समस्यामसँग पनि लड्दै हुनुहुन्छ भने लतसँग पनि कसरि जुध्ने भन्ने कुरा सिक्नु अति आवस्यक रहेको छ। लागुऔषधको दुरुपयोग,मध्यपान वा लागुऔषधको लत सँग लड्न कहिल्यै पनि सजिलो हुदैन,यो अझ गार्हो हुनेगर्दछ जब तपाई मानसिक स्वास्थ्य समस्यासँग पनि संघर्ष गर्दै हुनुहुन्छ। नेशनल इन्स्टिच्युट अन ड्रग एब्युज (NIDA) को अनुसार, लागूऔषध दुर्व्यसनीमा परेका व्यक्तिहरू मुड र चिन्ता विकारबाट पीडित हुने सम्भावना दोब्बर रहन्छन्। द्दण्ज्ञद्द मा एनएसडियुएच् का अनुसार अमेरिकामा लगभग ८.४ लाख वयस्कहरूमा मानसिक स्वास्थ्य अवस्था र लागु औषध दुरुपयोगको समस्या दुबै रहेको पाइन्छ । अझ गम्भिर मानसिक रोग भएका मानिसहरुमा भारी मदिरा सेवन गर्ने सम्भावना ४ गुणा बढी हुन्छ । त्यसैले नेशनल इन्स्टिच्युट अन ड्रग एब्युज (NIDA) द्वारा गरिएको एक अध्ययन अनुसार, तिनीहरू दैनिक सुर्तीजन्य धुम्रपान गर्ने सम्भावना पनि छ गुणा बढी रहेको तथ्याङ्क बाट पुस्टि हुन्छ ।
मानसिक स्वास्थ्य समस्या र लागुपदार्थ वा रक्सिको लत दुबैको आफ्नो अनौठो लक्षणहरु देखिन्छन जस्ले तपाईको दैनिकि क्रियाकलाप,तपाईको काम,सम्बन्ध,पारिवारिक जिवन सैलि, सामाजिक, जिवनमा निम्तिने समस्या कठिनाइहरुलाई समाधान गर्न गार्हो हुने र आफ्नो क्षमता अनुरुपको कार्य गर्न समेत गार्हो हुन सक्छ।त्यसैले परिस्थितिलाई थप जटिल बनाउनको लागि यो अवस्थाले थप सहयोग पुर्याउने गर्दछ र एक अर्कालाई प्रत्यक्ष अप्रत्यक्ष असर पार्दछ । जब रक्सि वा लागुऔषधको दुरुपयोग बढ्छ,मानसिक स्वास्थ्य समस्याहरु पनि बढ्छन।
अमेरिकन मेडिकल एसोसिएसनको जर्नलमा प्रकाशित रिपोर्टहरुको आधार हेर्ने हो भने गम्भिर मानसिक बिकार भएका ५०५ ब्यक्तिहरु लागुपदार्थको दुरुपयोगबाट प्रभाबित भएको पाईन्छ। मदिरा वा मध्यपानको दुरुपयोग गर्नेहरुमध्ये ३७५ र कडा खाले लागुऔषधको दुरुपयोग गर्नेहरुमध्ये ५३५ लाई पनि कम्तिमा एउटा गम्भिर मानसिक रोग लागेको पाइन्छ।मानसिक रुपमा बिरामि भएकाहरुमध्ये २९५ले रक्सि वा लागुपदार्थको दुरुपयोग गरेको भेटिन्छ। जब माधकपदार्थ वा लागुऔषधको दुरुपयोग र मानसिक स्वास्थ्य समस्याहरुलाई बेवास्ता गर्दा त्यसको परिणाम राम्रो हुदैन।बास्तवमा यदि यि दुई पक्ष मध्ये एक पक्षको मात्र बेवास्था गरेमा अझ बढि समस्याहरु निम्तिने अवसर बढ्न सक्छ।यि दुई पक्षबाट निम्तिने समस्याबाट टाढा रहन आफ्नो सोच र धारणाहरुमा चेतनसिल बनि यो दुई पक्षि समस्याबाट टाढा भाग्न सकिन्छ।
लागुऔषधको दुरुपयोग र मानसिक स्वास्थ्य बिकारहरु जस्तै अवसाद,चिन्ता तथा रक्सि,गाँजा र अरु कडा लागुऔषध एक अर्कालाई प्रत्यक्ष रुपमा प्रभाव पार्दछ।गाँजा वा मेथाम्फेटामाइन जस्ता लागुऔषधहरुको दुरुपयोगले लामो समयसम्म मनोवैग्यानिक प्रतिक्रियाहरु निम्त्याउन सक्छ,जबकि रक्सिले डिप्रेसन र चिन्ताका लक्षणहरुलाई अझ खराब बनाउन सक्छ। साथै रक्सि र ड्रग्स प्राय जसो मानसिक स्वास्थ समस्यामा देखिने लक्षणहरुको लागि ब्यक्तिहरुले ति त्यस्ता लक्षणहरुबाट मुक्ति पाउनको लागि स्व(औषधिको रुपमा प्रयोग गरेको भेटिन्छ।मानिसहरु प्राय एक अपरिचित मानसिक बिकारको लक्षणहरुलाई कम गर्नको लागि वा अस्थायि रुपमा आफ्नो मुड परिवर्तन गर्नको लागि रक्सि वा लागुऔधको दुरुपयोग गर्दछन । दुर्भाग्यवश , लागुऔषध वा मदिराको साथ ति मानसिक समस्यालाई कम गर्न प्रयोग गरिने मानसिक औषधिले प्रतिकुल असर शरिर तथा मस्तिस्कमा निम्त्याउछ र लामो समयसम्म ति लागुऔषधबाट प्राप्त सुरुमा जुन राहत प्रप्त हुन्छ पछित्यो रोगमा परिणत भएको पत्तो लाग्दैन।
रक्सि र लागुऔषधको दुरुपयोगले मानसिक बिकारहरुको लागि अन्तर्निहित जोखिम बढाउन सक्छ।मानसिक स्वास्थ्य समस्याहरु आनुवंशिकि,वातावरण र अन्य कारणहरु जसको अस्वस्थ अन्तर्क्रियाको कारणले हुने गर्दछ जस्मा लागुऔषधको दुरुपयोग गर्दा तिनिहरुलाई प्रत्यक्ष रुपमा अझ बढाउन टेवा पुग्दछ । यदि तपाई मानसिक स्वास्थ्य समस्याको लागि जोखिम अवस्थामा हुनुहुन्छ भने रक्सि वा लागऔषधको दुरुपयोगले तपाइलाई नदिको किनारमा धकेल्न मद्धत पुर्याउछ।उदाहरणको लागि, यदि कोहि ब्यक्ति जसले ओपियोइड पेनकोलरहरु दुरुपयोग गर्छन भने उनिहरु डिप्रेसनको लागि बढि जोखिममा रहन्छन साथै भारि मात्रामा भोग,गाँजाको प्रयोग गर्नेहरुलाई साइकोसिर र सिजोफेनियाको बढ्दो जोखिम रहेको पाइन्छ ।
रक्सि र लागुऔषधको दुरुपयोगले मानसिक स्वास्थ्य समस्याका लक्षणहरुलाई अझ खराब बनाउन सक्छ।माधक पदार्थको दुरुपयोगले मानसिक रोगका लक्षणहरु तिव्र रुपमा बढाउन सक्छ वा नयाँ लक्षणहरु ट्रिगर गर्न सक्छ।अल्कोहल वा ड्रग्सको दुरुपयोगले एन्टिडिप्रेसन्ट,चिन्ता औषधि र मुड स्टेबिलाइजर जस्ता औषधिहरुसँग पनि अन्तरक्रिया गर्न सक्छ,जसले लक्षणहरु ब्यवस्थापन गर्न र तपाईको रिकभरिमा ढिलाइ गर्न कम प्रभावकारि बनाँउछ ।
दोहोरो निदान (dual diagnosis) कसरि पहिचान गर्ने रु यो दोहोरो निदान पहिचान गर्न गार्हो हुन सक्छ। मानसिक स्वास्थ्य बिकारमा के हुन सक्छ र लागुऔषध वा रक्सिको समस्यामा के कस्तो प्रकारको लक्षनहरु देखापर्न सक्छ भन्ने कुरा छुट्याउन समय लाग्छ । लक्षणहरु पनि मानसिक स्वास्थ्य समस्या र दुरुपयोग लागुऔषध दुरुपयोगको फरक हुने गर्दछ जस्तै गाँजाको दुरुपयोगको संकेतहरु चिन्ता,साइकोसिर,सिजोफेनिया जस्तो समस्या देखिन्छ भने र रक्सि दुरुपयोगको संकेतहरु अवसाद,तनाव,डरहरु बढ्ने जस्तो फरक फरक लक्षणहरु देखिने गर्दछ ।

सामान्य मानसिक स्वास्थ्य समस्या र लत एक अर्कामा अन्तरनिहित रहेको पाइन्छ। त्यसैले केहि मानसिक बिकारहरु छन जसले लतसँग बारमबार एकै चोटि देखा पर्दछन। अक्सर, यी विकारहरू एक लत को मूल कारण हो। मानसिक स्वास्थ्य अवस्था वा व्यवहार विकारको लक्षणहरूलाई बेवास्ता गर्नु मुर्खता हो किनभने जब यो व्यक्तिको दीर्घकालीन लत रिकभरी योजनामाको बाधा पुर्याउने अस्त्रको रुपमा उभिन्छ ।
लागुऔषधको दुरुपयोगसँग जोडिएको सामान्य मानसिक स्वास्थ्य विकारहरूले निम्न अवस्थाका रोगहरुमा समेत प्रतिकुल असर पार्दछस्
१. हाइपरएक्टिविटी विकार (ADHD)
हाइपरएक्टिविटी डिसअर्डर (ADHD) भएका व्यक्तिहरू आफ्नो मानसिक समस्या सँग सम्बन्धित लक्षणहरूसँग सामना गर्न र आफुलाई स्थिर र गतिसिल राख्न र यो रोगको समाधान गर्न मानसिक समस्याको औषधिहरु प्रयोग गर्ने गर्दछन । धेरै मानिसहरूलाई उनिहरुको ब्म्ज्म् को उपचार गर्ने क्रममा कुनैन कुनै अवस्थामा आफ्नो उत्तेजक अवस्थालाई प्रभावकारि बनाउन ब्म्ज्म् को औषधि सँगसँगै लागुऔषध वा रक्सिको सेवन गरेको पाइन्छ जसले दिर्घकालिन रुपमा अझ बढि समस्या निम्त्याउन सक्दछ ।
२. बाइपोलर डिसअर्डर
बाइपोलर डिसअर्डर भएका करिब आधा मानिसहरू पनि लतसँग संघर्ष गर्छन्। कुनै पनि अन्य विकारको रूपमा, यो आत्म (औषधिको लागि प्रलोभन हुन सक्छ। ड्रग्स र रक्सीले द्विध्रुवी भएका मानिसहरूका लागि भावनात्मक अवस्थाहरू र उन्मत्त एपिसोडहरूबाट अस्थायी राहतको स्रोत प्रदान गर्दछ।
३. सीमा रेखा व्यक्तित्व विकार (BPD)
अध्ययनहरूले देखाएको छ कि लत र सीमा रेखा व्यक्तित्व विकार (BPD) अक्सर सँगै हुन्छ। बीपीडी भएका दुई तिहाइ भन्दा बढी व्यक्तिहरूले आफ्नो जीवनमा कुनै न कुनै समयमा पदार्थको दुरुपयोग गरेको पाइन्छ ।
४. डिप्रेसन
संयुक्त राज्य अमेरिकामा अनुमानित १० मध्ये १ वयस्कले डिप्रेसनबाट पीडित भएको रिपोर्ट गरेको पाइन्छ । डिप्रेसन भएको पत्ता लागेका धेरै मानिसहरूले ड्रग्स वा रक्सीको साथ आत्म(औषधि प्रयोग गर्ने गर्दछन । यसले प्रायः समस्यालाई झन् बढाउँछ। उच्च अवस्थामा अवसाद भएको खण्डमा यदि लागुऔषध सँगै मानसिक रोगको औषधि प्रयोग गरिन्छ भने त्यसले बिनासकारि अवस्था सृजना गरेको भेटिन्छ ।
५. खाने विकार
खाने विकारहरू अक्सर हीनताको कडा भावनाबाट उत्पन्न हुन्छन् । भोग कम गर्ने औषधिहरुको प्रयोग सँगै यदि लागुऔषधको पनि प्रयोग गरिन्छ भने त्यसले अझ बढि कडा खाले मानसिक समस्या निम्त्याउन सक्छ । खाने बिकार बाट बच्नको लागि पनि मानिसहरु रक्सि वा लागुऔषधको प्रयोग गरेको पाइन्छ । अत्याधिक मात्रामा खाना खान मन गर्नु पनि एक मानसिक रोग हो तर यो रोगमा अत्याधिक खाना खान मन हुनु सँगै अझ थप लागुऔषध वा लत बढि भएको खण्डमा अझ बढि गभ्भिर समस्या आउने गर्दछ ।
६. सामान्यीकृत चिन्ता विकार (GAD)
अमेरिकामा सबैभन्दा सामान्य मानसिक स्वास्थ्य अवस्था, सामान्यीकृत चिन्ता विकार (GAD) ले वयस्क जनसंख्याको 18% लाई असर गर्छ। (GAD) बाट पीडित व्यक्तिहरूले उनीहरूको लक्षणहरू व्यवस्थापन गर्न लागूपदार्थ र रक्सीको दुरुपयोग गर्ने सम्भावना बढी हुन सक्छ। मानिसहरूले बेन्जोडायजेपाइनहरू पनि दुरुपयोग गर्न सक्छन्, जुन चिन्ता विकारहरूको उपचार गर्न प्रयोग गरिने अत्यधिक लत लगाउने औषधिहरू हुन्।
७. ओबसेसिभ कम्पल्सिभ डिसअर्डर (OCD)
ओबसेसिभ कम्पल्सिभ डिसअर्डर (ओसीडी) ले धेरै नचाहिने जुनून र बाध्यताहरू निम्त्याउँछ, जस्तै कीटाणुहरूको तर्कहीन डर र निरन्तर सफा गर्न आवश्यक ठान्नु र निरन्तर गरिरहनु । यस रोगको धेरै भिन्नताहरू छन्। (OCD) भएका मानिसहरू प्रायः तिनीहरूको अनैच्छिक व्यवहारको परिणामको रूपमा चिन्ता र डिप्रेसनबाट ग्रस्त हुन्छन्, जसले पदार्थको दुरुपयोग निम्त्याउन सक्छ।
८. पोस्ट(ट्रमाटिक तनाव विकार (PTSD)
जब कुनै व्यक्तिले पोस्ट(ट्रमाटिक स्ट्रेस डिसअर्डर (PTSD) विकास गर्छ, तब उसको मस्तिष्कले स्वस्थ मस्तिष्कको तुलनामा कम एन्डोर्फिन उत्पादन गर्छस यसले पीडित व्यक्तिलाई खुसी महसुस गर्न रक्सी वा ड्रग्स तिर लाग्ने सम्भावना बढाउँछ।
युएस डिपार्टमेन्ट अफ वेटरन्स अफेयर्सका अनुसार, लडाईको क्रममा दर्दनाक वा हिंसात्मक घटनाको अनुभव गर्ने सैनिक र दिग्गजहरू मध्ये लगभग ७५ प्रतिशतले रक्सीको दुरुपयोग गरेको रिपोर्ट हेर्न सकिन्छ ।
९. सिजोफ्रेनिया
सिजोफ्रेनिया भ्रम र भ्रमपूर्ण सोच द्वारा मानिसमा देखिने कडा र अनौठो सोच धारणा पैदा गर्ने मानसिक समस्या हो । यदि लत र सिजोफ्रेनियाको समस्या छ भने लतको साथसाथै सिजोफ्रेनियाको निदान गर्नपनि गाह्रो हुन सक्छ किनभने दुई अवस्थाहरूमा ओभरल्यापिङ प्रभावहरू छन्। जब एक व्यक्तिलाई सिजोफ्रेनिया हुन्छ र आफ्नो अवस्थालाई आत्म(औषधिको रूपमा प्रयोग गर्दछ, तिनीहरूले आफ्नो स्वास्थ्यलाई अझ ठूलो जोखिममा राख्ने जोखिममा हुन्छन्।
NSDUH को अनुसार, संयुक्त राज्यमा ४५ प्रतिसत मानिसहरू दोहोरो निदानको साथ संघर्ष गर्छन्। मानसिक स्वास्थ्य अवस्थाको निदान भएका व्यक्तिहरू सामान्य जनसंख्याको तुलनामा लागुऔषध दुरुपयोगको समस्या (SUD) बाट पीडित हुने सम्भावना लगभग दोब्बर हुन्छ। त्यसैगरी, बारम्बार लागूपदार्थ वा मदिराको दुरुपयोग गर्ने व्यक्तिहरूले सह-घटना व्यवहार वा मानसिक स्वास्थ्य विकारको विकास गर्ने सम्भावना हुन्छ। यद्यपि यो व्यापक रूपमा स्वीकार गरिएको छ कि एक मानसिक स्वास्थ्य विकारले पदार्थको लतलाई उत्प्रेरित गर्न सक्छ । धेरै ओभरल्यापिंग कारकहरूले मानसिक स्वास्थ्य अवस्था वा लागुऔषध दुरुपयोगको समस्या (SUD) लाई बढाउन सक्छ ।
१. मस्तिष्क प्रतिक्रियाहरू
लागूपदार्थको दुरुपयोगले मानसिक रोगको नक्कल गर्ने लक्षणहरू उत्पन्न गर्न सक्छ। उदाहरणको लागि अत्यधिक मारिजुआना प्रयोग गर्दा केहि व्यक्तिहरु मा मनोविकृति को जन्म हुन सक्छस साइकोसिस एक गम्भीर मानसिक विकार हो जसले मानिसहरूलाई वास्तविकतासँग सम्पर्क गुमाउँन मदत पुर्याउछ ।
२. आनुवंशिकी
एक व्यक्तिको आनुवंशिक पूर्वस्थितिले उनीहरूलाई लत वा मानसिक विकार विकास गर्ने सम्भावना बढाउन सक्छ। अनुसन्धानले देखाउँछ कि जीनले व्यक्तिको लतको संवेदनशीलताको ४० देखि ६० प्रतिसत बनाउँछ। वातावरणमा ट्रिगरहरू पुरानो तनाव, लगातार चिन्ता, वा एक दर्दनाक घटना एक लत वा मानसिक विकार सुरुवात गर्न सक्छ।
३. प्रारम्भिक उमेरमा एक्सपोजर
युवा उमेरमा लागूपदार्थ वा मदिराको प्रयोग गर्ने व्यक्तिहरूले पछि लागुपदार्थ दुरुपयोग समस्या ररवा मानसिक स्वास्थ्य विकार विकास गर्न सक्छन्। यो कारणले गर्दा किशोर र युवा वयस्कहरू वृद्ध वयस्कहरूको तुलनामा पदार्थको प्रयोगबाट मस्तिष्कको क्षति हुने सम्भावना बढी हुन्छ।
उपचार के हो ?
पदार्थ प्रयोग विकार (SUD) सँग निदान गरिएका धेरै व्यक्तिहरू पनि सह(घटना मानसिक वा व्यवहारिक अवस्थाबाट पीडित हुन्छन्। यसलाई दोहोरो निदान भनिन्छ। दोहोरो निदान भएका व्यक्तिहरूलाई एक एकीकृत उपचार योजना चाहिन्छ जसले दुवै विकारहरूलाई अन्तरसम्बन्धित समस्याहरूको रूपमा सम्बोधन गर्दछ। लागूऔषधको प्रयोग र स्वास्थ्यसम्बन्धी राष्ट्रिय सर्वेक्षण (NSDUH) को अनुसार, कुलतमा ४५ प्रतिशत व्यक्तिहरूमा सह-उत्पन्न मानसिक स्वास्थ्य विकार हुन्छ।
दोहोरो निदानको प्रभावकारि उपचारका लागि अप्नाउनु पर्ने र जान्कारी लिनुपर्ने कुराहरु ?
जबकि केही व्यक्तिहरू मानसिक रोगको निदान हुनु अघि लागूपदार्थ वा रक्सीको लत विकास गर्छन् र पछि लत बन्दछ । यो एक उपयुक्त उपचार पध्दति प्रभावकारि नभएको र सर्वोपरि रुपमा सबै ठाँउमा यि दुबै विकारहरूलाई एकै साथ लक्षित गर्ने प्रभावकारि उपचारको सट्टा तिनीहरूलाई छुट्टा छुट्टै उपचार गर्ने गरिन्छ । जसले गर्दा सेवा ग्राहिलाई अझ बढि समस्या आएको र धेरै ढिला रोगको पहिचान हुने र त्यसको उपचारमा पनि ढिलाइ हुने गर्दछ । दोहोरो निदानको अवस्थामा, पुनर्वास केन्द्रको संरचित र सुरक्षित वातावरण अत्यन्त लाभदायक हुन सक्छ।
बिरामीहरूले प्राप्त गर्ने उच्च स्तरको ध्यान र हेरचाह राम्रो खाले पुनस्थापना केन्द्रमा मात्र प्राप्त गर्न सकिन्छ । कहिलेकाहीं, सह-घटना विकार भएका व्यक्तिहरू आफ्नो उपचारको लागि विभिन्न अवस्थामा खराब र अस्वास्थ्य वातावरण भएको पुनर्वासमा पुग्दछन् । व्यापक पदार्थ दुरुपयोग र एक उपेक्षित मानसिक अवस्था को संयोजन को लागि सामान्यतया मानसिक स्वास्थ्य र लत पेशेवरहरु दुवै को सहयोग को आवश्यकता हुन्छ। एक पुनर्स्थापना केन्द्र को छनोट गर्ने निर्णय गर्दा, तपाइँ वा तपाइँको प्रियजन को लागि उपयुक्तहुने प्रकार को लत र सह(घटना विकार मा विशेषज्ञता हासिल गरेका विशेषज्ञहरु छन कि छैनन् भन्ने कुराको जानकारि लिनु पर्दछ । त्यसो गर्नाले सबैभन्दा प्रभावकारी हेरचाह र पूर्ण रिकभरीको लागि सबैभन्दा ठूलो सम्भावना सुनिश्चित हुनेछ ।
तपाईंलाई सजिलो र अधिक जानकारीपूर्ण निर्णय गर्न निम्न प्रश्नहरू सोध्नुहोस्
१. के तपाइँ सबै सेवाग्राहिहरुको लागि व्यक्तिगत उपचार योजनाहरू प्रस्ताव गर्नुहुन्छ ?
२. के दोहोरो निदानको उपचार गर्नको लागि थेरापी संरचित छ ?
३. भर्ना हुनु अघि के म वा मेरो प्रियजनलाई इजाजतपत्र प्राप्त मनोचिकित्सक पेशेवर वा चिकित्सकद्वारा मूल्याङ्कन गरिनेछ ?
४. के मेरा दुबै विकारहरूलाई एक अर्कासँग सम्बन्धित स्वास्थ्य समस्याहरूको रूपमा हेरिन्छ, वा तिनीहरूलाई छुट्टै रोगहरूको रूपमा हेरिन्छ ?
५. यदि म वा मेरो प्रियजन पुनर्वासको क्रममा दोहोर्याउँछ भने, त्यो कसरी ह्यान्डल हुनेछ ?
६. के तपाइँको सुविधाले हेरचाह पछि रेफरल सेवाहरू प्रदान गर्दछ ?
एकपटक तपाईं वा तपाईंको प्रियजन पुनर्वासमा बसोबास गरेपछि, उपचार प्रक्रिया सुरु हुन सक्छ। पुनर्वास सुविधाहरूले धेरै उपचारहरू, औषधिहरू, र गतिविधिहरू समावेश गर्न सक्छ जुन कार्यक्रमको अवधिभरि हुनेछ। सल्लाहकारहरूले समूह र व्यक्तिगत थेरापी सत्रहरू राख्न सक्छन्, जबकि त्यहाँका सेवाग्राहिहरूले केन्द्रको प्रस्ताव गरिएका गतिविधिहरू र सुविधाहरूको फाइदा लिन सक्छन्।













