लागू औषधको घातक परिणाम, कसरी बच्ने र बचाउँने ?

आज भन्दा केही समय अघि काठमाडौं कपनको शिवपुरी चोकमा एउटा करिव २८,३० वर्ष उमेरको दुब्लो पातलो कपाल लामो पालेको युवा भुँईमा लडेर छटपटाइ रहेको थियो । त्यो दृश्य देखेर मानिसहरुको भीडले रमिता मानेर हेरिरहेका थिए । कसैले उसलाई पागल, कसैले छारे रोगको विरामी भनिरहेका थिए । त्यहि भीडवाट केही मानिसहरुको सहयोगले उसलाई अस्पताल लगियो र अस्पताल पु¥याइएको केहि क्षणमै उसको अकाल मृत्यु भयो । पछि बुझ्दै जाँदा थाहा पाइयो उनी लागू औषध प्रयोगकर्ता रहेछन् । लागू औषधको अत्यधिक प्रयोग (overdose) को कारणले एउटा होनहार युवाले जीवनलिला समाप्त पारे । लागू औषधको प्रयोगले अकाल मृत्यु निम्त्याउँछ भन्ने थाहा हुदाहुँदै पनि किन यसरी मानिसहरु यसको पछि लागिरहेका छन् ? लागू औषध भनेको के हो यसले कस्ता कस्ता घातक परिणामहरु ल्याउँदछ र यसवाट कसरी बच्ने र अरुलाई पनि कसरी बचाउँने ? यस सम्बन्धमा केही चर्चा गरौं ।

लागू औषध भनेको कुनै पनि प्राकृतिक वा रासायनिक पर्दाथ जसको प्रयोग वा सेवनले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पारी उसको सोचाई र भावनाहरुमा परिवर्तन ल्याउँदछ । यसले विस्तारै दिमागमा असर गर्दै जाँदा उसको सही किसिमवाट सोच्ने र निर्णय गर्ने क्षमतामा नै ह्रास ल्याउँदछ । जव मानिसले यसको प्रयोग गर्दछ उसको शरीर र दिमाग परिवर्तन ल्याउँदछ । It effect the central nervous system when it reaches the brain.

विश्व स्वस्थ्य संगठनका अनुसार लागू औषध एक प्रकारको रासायनिक पदार्थ हो । यस्ता पदार्थहरुको सेवनले शरीरमा उत्तेजना पैदा गर्ने गर्दछ । अहिले यस्तत लागू औषधहरुको प्रयोग विश्वव्यापी रुपमा एउटा जटिल समस्या वन्दैगैरहेको छ । लागू औषधको कुलतले खास गरेर युवायुवतीहरु नराम्रोसंग फस्दै गैरहेछन् । यसमा नेपाल पनि अछुतो रहन सकेको छैन । नेपालमा पनि यस्तो समस्या दिनानुदिन वढ्दै गइरहेको छ । यसले खास गरेर युवा जमातलाई गाँज्दै लगेको देखिन्छ । कुनै पनि औषधिको काम भनेको मानिसलाई जीवन दान दिनु हो । तर यसको दुरुपयोग (बदगकभ) ले मानिसहरुमा घातक परिणाम ल्याउँदछ र अकाल मृत्यु तर्फ घचेटिदिन्छ ।

कसरी शुरु हुन गयो नेपालमा लागू औषधको अत्यधिक प्रयोग ? विश्वमा एउटा जटिल समस्याको रुपमा देखा परेको लागू औषध दुरुपयोग नेपालमा भने सन् १९६० तिर हिप्पीहरुको प्रवेशसंँगै हुन गयो । युरोपका हजारौ युवा युवतीहरु विश्वमा आएका विभिन्न परिस्थितिवाट निराश हुन गई खुसी र शान्ति प्राप्त गर्न नेपाल भ्रमणमा आए । उनीहरु जीवनमा रमाइलो प्राप्त गर्न चाहन्थे । त्यसैले जीवन देखि विरक्तिएका युरोपका युवाहरु नेपालका सडक र गल्लिहरुमा नशा सेवन गरि रमाइलो गरिरहेको देखेर नेपालका केही युवाहरु त्यसतर्फ आकर्षित हुन थाले र नेपाली युवाहरु पनि यसको शिकार वन्न पुगे । वास्तवमा भन्ने हो भने लागू औषधको दुरुपयोग हिप्पीहरुकै कारणले शुरुवात भएको भन्ने कुरामा अत्युक्ति नहोला । पछि पछि नेपालमा गाँजा, चरेस जस्ता लागू पदार्थहरु माथि नेपाल सरकारले नियन्त्रण गर्न थाले पछि हिप्पीहरु नेपालवाट पलायन भए तर पनि यसकोे दुरुपयोगको समस्या नेपालवाट हटेन ।

नेपाल विभिन्न जात जाति भाषा संस्कृति मिलेर वनेको एउटा सुन्दर फुलवारी हो । यहाँ विभिन्न धर्म सम्प्रदायका मानिसहरुको वसोवास छ र कतिपय जनजातिको संस्कृतिक मेला पर्वमा मदिराको सेवनलाई सामान्य र अनिवार्य मानिन्छ । पुजाआजामा यो नभै हुदैन । तर मादक पदार्थ एउटा शक्तिशाली ड्रग हो भन्ने कुरामा धेरै मानिसहरु अहिले पनि सचेत छैनन् । रक्सी एउटा ड्रग हो भन्ने कुरो वैज्ञानिक रुपमा प्रमाणित भै सकेको छ अव यसमा विवाद गर्ने ठाउँ नै छैन । रक्सीमा एक प्रकारको Ethyle (C2H2oH) रासायनिक तत्व पाइन्छ । जस्को प्रभावले मानिसमा शारीरिक र मानसिक परिवर्तन ल्याउँदछ । Narcotic Analgesic stimulant, cannabis, hallucinogen तथा Depressant जस्ता औषधिहरुमा मदिरा Depressant भित्र पर्दछ । नेपालमा कतिपय जनजतिमा जन्म देखि मृत्य सम्मको संस्कारमा मदिरा प्रयोगलाई अनिर्वाय गरिएको हुन्छ ।

मदिरा माथि लत् बस्दै गएपछि यसले रोगको रुप धारण गर्दछ । लागू औषध तथा मदिरा सेवन गर्दै जाँदा एउटा यस्तो अवस्था आउँदछ जुन अवस्थामा उसले मदिरा नियन्त्रण गरेर खान नसक्ने हुन्छ । मद्यपानका विरामीहरुमा मदिराको प्रभाव एउटा विकृतिको रुपमा देखा पर्दछ र मद्यपानको अत्यधिक सेवन गर्ने लत् लागेकाहरुमा मात्र यस प्रकारको समस्या देखिन्छ । यस किसिमका विकृतिमा परेकाहरुले कुनै पनि रुपमा सुरक्षित तवरले मदिरा प्रयोग गर्न कदापी सक्दैनन्ँ र एक पटक वानी परेपछि यसको लतवाट छुटकारा पाउँन पनि सक्दैनन् । अनि आफ्नो आत्मविश्वास गुमाउँछन् र मानवीय कुराहरुवाट उनीहरुको विश्वास उड्छ । तिनीहरुको समस्या थुप्रिदै जान्छ र त्यसलाई सुल्झाउन अत्यन्तै कठीन हुन्छ । क्यालिफोर्नीया विश्वविद्यालयका एसोसियट् प्रोफेसर डा. जेफरी वाइजेकका अनुसार मदिराको अत्यधिक सेवनले तनाव वढाउने, टाउको दुख्ने, भोक नलाग्ने, थकान वा शारीरिक अङ्गहरु काम्ने र स्मरण शक्ति क्रमशः गुम्दै जाने र यौन क्षमता ह्रास हुने हुनाले मदिरा प्रयोग गर्न हुदैन । त्यस्तै फिजिसियन डा. रविन्द्र पाण्डे मदिराको अत्यधिक सेवनले कलेजो, आन्द्रा, मृगौला तथा स्नायु प्रणालीमा असर गर्ने वताउँनु हुन्छ । मदिराको लत् वस्दै गए पछि स्वास्थ्यमा हानी पु¥याउँछ, अन्तरसम्वन्ध, वानी व्यवहार विगार्दछ र काम गर्ने क्षमतामा ह्रास ल्याउँछ । वढी रक्सी प्रयोग गर्ने पुरुषहरुको दाँजोमा वढी रक्सी पिउने महिलाहरुको मस्तिष्कका महत्वपुर्ण नशाहरुमा गम्भिर क्षति पुग्ने प्रतिवेदन सार्वजनिक भै सकेको छ ।

गाँजा, भाङ्ग, चरेशलाई नेपाली समाजमा समस्याका रुपमा लिइन्छ जव कि यसमा पाइने रासायन तत्व THC ले दिमागमा गम्भीर असर पु¥याउँदछ । यसले स्मरण शक्ति गुमाउदै लान्छ । निर्णय गर्ने क्षमता हा्रस हुँदै जान्छ र उ एकान्तप्रेमी हुन थाल्छ । यसको मात्रा वढदै गएमा पछि मानसिक समस्या देखा पर्छ । मदिरा र गाँजा यस्ता खतरनाक हँुदा हुदै पनि हाम्रो नेपाली समाजमा यसलाई सामान्यरुपमा लिने गरेको पाइन्छ । अन्य लागू औषधको दाँजोमा मदिरा र गाँजा सस्तो र सजिलो तवरले पाइन्छ । यी कुराहरु हाम्रा चाडपर्वमा सजिलै ग्रहण गरिन्छ ।

सवै प्रकारका लागू औषधमा एक न एक प्रकारको रासायनिक तत्व पाइन्छ, जस्ले खाउँ खाउँ लाग्ने र तल तलको चाहना वढाई दिन्छ । शुरुशुरुमा यस्को प्रयोग गर्दै जाँदा यसले दिने असरको मात्रा कम हुदै गए पछि व्यक्तिले लागू औषधको मात्रा वढाउँदै जान्छ र एक दिन उ शारीरिक र मानसिक रुपमा यस माथि निर्भर हुन पुग्दछ । वढ्दो सहरीकरण, गरीवी, वेरोजगारी समस्या, राजनतिक अस्थिरता, फितलो कानूनी व्यवस्था तथा खुल्ला सिमानाको कारणले नेपालमा लागू औषध प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दै गइरहेको पाइन्छ । लागू औषधले धार्मिक, जातिय, वर्गीय लंैगिक आदि सीमा रेखा नाघि सकेर राष्ट्रिय समस्याको रुप धारण गरेको छ । प्रयोगकर्ताहरुले लागू औषध प्रयोग गर्नलाई पैसा जुटाउँन पनि अनेक किसिमका अपराधहरु गर्न पछि पर्दैनन् । नशा लिने चाहाना वढेर आएपछि जस्तो सुकै खतरा मोल्न पनि तयार हुन्छन् ।

अहिले नेपालको हरेक स्कूल कलेजमा लागू औषध प्रयोगले नराम्रो असर पार्दै गइरहेको छ । अहिले लागू औषधका माफियाहरुले आफ्नो जालो स्कूल कलेजमा फैलाउँदै गैरहेका छन् । यी गिरोहहरुले हिजो आजका युवा युवतीलाई आफ्नो लक्षित समूह वनाएको पाइन्छ ।

यसवाट बच्ने उपायहरु

संयुक्त राष्ट्रसंघले सन् १९८७ देखि प्रत्येक वर्ष २६ जुनमा विश्व लागू औषध ओसार पसार बिरुद्धको अन्तराष्ट्रिय दिवस मनाउदै आइरहेको छ । लागू औषधको वढ्दो प्रयोगले घरपरिवार समाज र राष्ट्रलाई नै नराम्रोसँंग गाँज्दै लगिरहेको छ । वेलैमा प्रत्येक नागरिक सचेत नहुने हो भने एक दिन यसले राष्ट्रमा नराम्रो समस्या निम्त्याउँदछ । विश्वमा नेपाल लागू औषधको ट्रान्जिट प्वाइन्ट नै वनिसकेको छ । नेपाल विश्वका लागू औषध माफियाको भुस्र्वग वनिसकेको छ । भारत, पाकिस्तान र अफगानिस्तानवाट नेपाल हुदै युरोप, अफ्रिका, अमेरिका तथा एसियाका विभिन्न मुलुकहरुमा लागू औषधको कारोवार हुने गरेको छ ।

लागू औषधको ओसार पसार र प्रयोगलाई कम गर्न राष्ट्रिय प्राथमिकताको सूचिमा राखी यसलाई राजनीतिक तहमै बहस चलाउनु पर्दछ । स्कूल तथा कलेजको पाठयक्रममा अनिवार्य रुपमा राख्ने, प्रत्येक वडा वडामा जनचेतना मुलक कार्यक्रम संचालन गर्ने, प्रत्येक औषधी पसलहरुमा कडा निगरानी गर्ने, समाजमा लागू औषधको उपलब्धता नहुने परिस्थिति श्रृजना गर्ने, दण्डहीनताको अन्त्य गर्ने र कुलतमा फसेकाका लागि सरकारले पनि निः शुल्क वा सस्तो शुल्कमा उपचार र पुर्नस्थापना गर्ने कार्यमा ढिला गर्नु हुदैन ।

सरकार र प्रहरी प्रशासनको मात्र मुख ताकेर यस समस्याको समाधान हुदैन । प्रत्येक सचेत नगरिक टोल टोलवाट उठि यसको रोकथाममा सक्रिय हुनु पर्दछ, होईन भने नेपाल एक दिन कोलम्विया वन्ने खतरा हुन्छ ।

श्रोत : विभिन्न पत्र पत्रिकामा प्रकाशित सामाग्रिहरु र लेखकको आफ्नै अनुभव