मधेसी

एउटा देशद्रोही
टोपी लगाउन मान्दैन फेटा लगाउछ
राष्ट्रिय पोशाक लगाउन मान्दैन
धोती र कुर्ता लगाउछ !

सिमानामा ताता ताता गोलि थाप्छ
मृत्यु रोज्छ
सिमा रक्षा गरेको उपहार बाफत !

उस्को छाला कालो छ
उ सफेदहरुको जस्तो काला कर्तुत गर्दैन
उ मधेसी हो !

उस्लाई देश दुख्छ
उस्को लागि शिरमा देश छ
जसरी तिम्रो शिरमा टोपी छ
शिरमा टोपी सजाउनेहरु
राष्ट्रवादी तक्मा थापिरहे
शिरमा देश सजाउने
छातिमा गोलि थापिरहे !!

मधेसी अर्थात सिमा रक्षक
तिमी देशद्रोही भैराख
तिम्रो देशद्रोहले देशको सिमा बच्दछ भने !! (फेसबुकबाट सभार)