नेपाल आमा लुट्नेहरु बिचार गर !
स्वार्थ हेरी जुट्ने अनि फुट्नेहरु बिचार गर
बारम्बार नेपाल आमा लुट्नेहरु बिचार गर ।
प्रहरी मेरो साथी आफ्नै नारा भुलेर दिनहु
दिनदुखी गरिब जनता कुट्नेहरु बिचार गर ।
देश कसैको पेवा हैन जन्मदिनको केक जस्तै
भाग लाउन बालुवाटारमा जुट्नेहरु बिचार गर ।
ससार लागीपरेको छ कोरोना भाइरसको बिरुद्द
उपचारै छोडी डक्टर नर्स लुक्नेहरु बिचार गर ।













