केके हुँदै छ देशमा यस्तो राजनीति फोहोरी खेल

टाढैबाट लालायित छन् कति मेरो तस्बिर देखेर

दुनिया नजिकिएको हो मेरो जवानी शरीर देखेर

पाप पुन्य छुटयाउँदैनन् आजकालका मान्छेहरु

साधु सन्त जोगीपनि परै भागछन् मन्दिर देखेर

केके हुँदै छ देशमा यस्तो राजनीति फोहोरी खेल

चेत्नु पर्ने हो अब त नेतृत्वले विगतका नजिर देखेर

भाई फुटे गवार लुटे राम्रा छैनन् हाम्रा छिमेकीहरु

सलबलाउँदैछन् एजेन्ट देशको अवस्था अस्थिर देखेर