कविता : ‘सैनिक’

सिमाना पारिबाट आयो गोली, खायो सैनिकले ।
न पाएकै दुःख पायो वीर सैनिकले ।।

जानताकै लागि खटिने दिन रात, हिन्दै खाना खान्छन् ।
गरीबलाई माया प्रिति लायो सैनिकले ।।
सिमाना पारीबाट आयो गोली, खायो सैनिकले ।।

न आफ्नो चिन्ता न त घरको चिन्ता ।
बचाउँछन् आफू मरी, गर्छन् देशको चिन्ता ।।

थापेर गोली बगाई रगत माटोको टिका लाउँछन् ।
दुश्मानलाई ठोक्छन् आमालाई सम्झी जो अगाडी आउँछन् ।।

न जाडो न गर्मी यीनलाई जङ्गलकै बास ।
गरीबकै छानो छायो सैनिकले।।

घाईतेलाई अस्पताल मर्नेलाई मलाम सम्म ।
देशकै लागि मर्नेलाई, ठोक्दैन कोही सलाम सम्म ।।