भोक लाग्दा देश टुक्रा पारी खाएँ

भोक लाग्दा देश टुक्रा पारी खाएँ
प्यास लाग्दा रगत चुसेर खाएँ
मलाई के मतलब यी खोष्टाहरुको
मासु खाएर पोल्न चिता बनाएर आएँ।

मरुन बाँचुन के मतलब मलाई,
बाँच्दा सम्म भोट बनाएर खाएँ
किन रुन्छौ व्यर्थै ए नाथेहरु
तिमीजस्ता कति कति खाएँ
कहिले मेची बेचेर खाएँ
कहिले महाकाली बेचेर खाएँ
हेर तिमीहरु चाउरिदैं गयो
कहिले खाडीमा बेचेर खाएँ
कहिले माडीमा बेचेर खाएँ
अनि हेर म त ,
फुटबल झैं मोटाएर आएँ।

तिमीहरु को हौ ?
म चुनावमा चिन्छु
पैसाको बिटो बनाएर
त्यहीबेला किन्छु
बाँकी त प्रजा
काम खतम, छोला हजम !

मेरो काम बन्न देउ
मेरो राजनितीको खेती गर्न देउ
फलेपछि म खाउला
तिमीहरु आँखा हेरौला
बाँकी कुरो पछि गरौंला !!