म निशब्द छु कोरोना !

खानु र सुत्नु बाहेक अरु केही नगर भन्छ , यो कोरोना !
बाँचे बाँच मरे मर भन्छ , यो कोरोना !
नेताहरुलाई कुर्चि लुछाचुँड गर ।।।
जहाँ अक्सिजन छैन, बेड छैन त्यही घुमीघुमी लड्छु भन्छ, यो कोरोना !
नसरेकाहरुलाई सराउँछु ,
नमरेकालाई मराउँछु ,भन्छ कोरोना !

मन्त्रीहरूलाई घरमै बस, आफ्ना परिवारको सुरक्षा गर
महँगा र चिप्ला चिल्ला गाडीको अपुग भए
हस्पिटलका एंम्बुलेन्स लैजाऊ
घरमा दानापानी ओसारपसार गर, भन्छ कोरोना !

भएभरका सिलिन्डर ओखती स्टोक गरेर
आसेपासेका घरमा पठाउ
नसके लुकाई राख भन्छ, कोरोना !
भोट माग्न तिमी जनताका घरदैलो
टोल गाउँ शहर पस्थ्यौ
झुपरी सम्म छोडेनौँ
त्यसरी नै म जान्छु, बस्छु, पस्छु
तिमी आफ्नो घरमै बस मन्त्री ज्यू, भन्छ कोरोना !
(२)
घरमा पस्यौ टोलमा पस्यौ
शहरमा बस्यौ ।

चट्याङ भै कालजनको
मुटु भित्रै धस्यौ ।।

बच्चा देखि बुढा सम्म
डराउँने रोग भयो ।
नओखती आज सम्म
यति ठूलो रोग भयो ।।

चिन्ता लाग्छ हर कसैलाई
संसार छोड्छु भन्ने ।।
संसार रोयो आफ्नो खोयो
भन कोनै हाँस्यो ।।

को हो यस्को रचयीता
मान्छे होकि दैव ।
बुझ्नै गाह्रो हरे राम !
चिन्ता सदैव ।।

घरमा बस्यौ टोलमा पस्यौ
सहरमा पस्यौ ।