गजल
छाडी दिनु भयो बा’ले खेत, दान सम्झेर ।
मुखियाको समाजमा ठुलो, सान सम्झेर ।
आजभोली एक्लै कुनामा, रोई रहनु हुन्छ
संधै हराभरा देखिने चिया, बगान सम्झेर ।
हिजो ताते–ताते गर्दै, हुर्काएको छोरोलाई,
जिम्मेवारी थपिदिनु भो, जवान सम्झेर ।
वाक्क – दिक्क लाग्छ, भन्नु हुन्छ बाबाले,
महिनौ पिच्छे फेरिने यो, संविधान सम्झेर ।
गाउँघरमा मेरो बेज्जत भयो भन्दै उहाँले,
यो संसार छाडी जानुभो अपमान सम्झेर ।
अस्ति भर्खर विदेशबाट आएको बिर्खेले,
त्यहिंको भाषा बोल्दै थियो जापान सम्झेर ।













