यसपालीको दशैंमा भिडियोकलबाटै टिका थाप्ने सोच

२०७७ सालको दशैं आंगनमै पुगिसकेको छ । अहिले दशैं मनाउन गाउँ जानेहरुको चाँप छ । साथै विश्वब्यापी रुपमा फैलीरहेको कोरोना भाईरसको त्रास पनि उस्तै । तरपनि हामी दशैं मनाउनको लागी आ आफ्नो गन्तब्यम तर्फ जादैछौ । सरकारी तथा निजी कार्यालयहरु कोरोनाको कारण दशैंमा १५ दिनसम्म बिदा दिने अनौपचारीक हल्ला पनि बाहिर आईसकेको छ । यस्तो भई दिए दशैं भव्य नै हुन्थ्यो जस्तो लाग्छ । तर के गर्नु बाहिर हिडडुल गर्ने समय नभएकोले खुम्चिएर सिमा भित्र त बस्नै परो । कोरोनाबाट आफु पनि बचौं र अरुलाई पनि सचेत बनाउँ भन्दै सरकारले जारी गरेको मापदण्ड पनि पालन गर्नै परो । मापदण्द पुरा नगरे संकास्पद कार्य गर्नेलाई ६ महिनासम्मको जेल संजाय हुने भनेर सरकारले घोषणा नै गरिसकेको छ । जुन कारण मनमा डर हुने नै भयो ।

अघिल्लो वर्षको दशैंमा जस्तो यसपाली चंगा उडान त सकियो तर घर बाहिर जान नपाएर आफ्नो घरको छतबाट उडाएको चङ्गा पल्लो घरको छतमा अड्कीएर तान्दा तान्दै चैट्ट हुन्छ । अरुले काट्नु परेन । सबै उमेर समुहका मानिसहरुको लागी रमाईलो गर्ने यो पनि एक तरिका हो । यसपाली परिवारमा बसेर तास त खेल्नै परो । बाहिर जान नपाए पनि घरमा बसेर खेल्दा त हुन्थ्यो होला तर टिम पुग्दैन के गर्ने । मामुले खेल्नु हुन्न उहांलाई सिकाउने कुरा त छोडौ तास देखायो भने पनि पहिला त अगेनो ९गाउमा बिचमा खाल्डो बनाएर ओदान राखेर आगो बाल्ने ठाउं० मा हालि दिनु हुन्थ्यो । अहिले शहर केन्द्रीत हुदां अगेनो त हरायो तर ग्यास चुल्हो त छ नी भन्ने आई हाल्छ ।

त्यहि भएर उहांलाई कोट्याउनै भएन । बाँकी रहयौ बाबा अनि म । अब दुई जनाले के खेल्ने एकछिनमा बाबाको ढाड दुखीहाल्छ उहाँको रोजाईमा पर्छ सोफामा सुतेर टि।भि। हेर्ने काम । बाँकी मैले अब एउटा प्रेरणा दायक फिल्म हेर्न बाहेक के नै गर्न सक्छू र । ए साँची यस पाली कोरोनाले गर्दा दशैंमा नयाँ कपडा पनि किनिएन । पुरानो कोट लगाउ नयाँ पुस्तक किन भन्ने अस्टिन फेल्पसको भनाई चरीतार्थ हुन लाग्यो । हामीलाई त कोट पनि चाहीएन पुरानै सर्टले काम चलाउनु पर्ने भयो तर बचेको पैसाले किताब किनिने हो की अरु केही त्यो भने अनिश्चित नै छ । यो महानचाड बडा दशैंको सबैमा आ आफ्नै किसीमको भोगाई त अवश्य हुन्छ नै । यसका साथ साथै कोरोना भाईरसको यो संक्रमणको समयमा गत वर्षको भन्दा अलिक फरक बनाउ यो वर्षको दशैं ।

म युवा अवस्थाको छु तर मेरो दशैंमा टिका लगाई दिने हजुरआमा ९५ बर्षकी हुनु हुन्छ । म बढी जोखिम युक्त स्थानहरुमा काम गरेर दशैंमा हजुर आमाको हातको टिका लगाउन गएं भने आमालाई कोरोनाको जोखिम बढ्न सक्छ । त्यसैले बुढापाकाहरुलाई सुरक्षित राख्न आफूपनि सुरक्षित हुनैपर्छ । युवा अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बढी भएर मलाई कोरोना भए पनि केही लक्ष्यण नदेखिएको हुन सक्छ । त्यसैले त मैले यसपालीको दशैंको टिका मेसेन्जरबाट भिडियोकल गरेर मनाउँने निधो गरेको छु । मैले दशैको विदामा लाभदायी र प्रेरणादायी ज्ञान हाँसिल गर्ने योजना बनाएको छु । तपाईहरुको पनि सायद यस्तै योजनाहरु होला भन्ने आशापनि छ । भन्दै सम्पूर्ण शुभ चिन्तकहरुलाई बडा दशैंको शुभकामना व्यक्त गर्दछु ।