तिम्रो उपहार सेतो सारी
रङ्गीन दुनियामा हिउँ जस्तै सेतो सारी उपहार दिएर गयो
बैसैमा सिरको सिन्दुर हातकाति राता चुरा लिएर गयो ।
जब म सेतो सारीमा सजिएर बाहिर निस्कछु
सबैको नजर त्यहि सारीमा हुन्छ
चुराबिहिन रित्तो त्यो हातको नारीमा हुन्छ
बाहिर ननिस्कु त कसरी साझ बिहान छाकको जोहो गर्नु छ
छोरा छोरी लालाबालाको भोको पेट भर्नु छ ।
उपहार त यस्तो दिएर गयो प्यारा
लाउनै हुन्न मै माथी नजर लाउछन दुनिया सारा ।
तिम्रो तस्बिर हेर्दै बग्छन मेरा आशुकाधारा
टोल छिमेक सबै मै माथी खनिन्छन
अशब्दकाओइरो लाउँछन
कोहि अलिक्षनी भन्छन त कोहि पोइ तोकुवा
मपनि त मान्छे नै हो उनिहरु जस्तै
तर मालाई किन यस्तो ब्यबहार गर्छन
समाज र आफ्नाहरु ले हेप्दा
गाउँको लफङ्गो हरुले मेरो बाटो छेक्दा
कहिले काहिअसैय हुदा झ्याल ढोकाथुनेर रुन्छु
भित्तामा तासिएको तिम्रो तस्बिर छुन्छु
तिम्रो उपहारको मूल्य चुकाउ कसरी
तिम्रो बियोगान्तमा यन्त्रतन्त्र छरिएका पिडा लुकाउ कसरी
सेतो सारीमा समाजले गिध्यनजर लाउदा
जब साझ पर्छ
छोराले बाबालाई खोज्दा
छोरीले चोलो फात्यो भन्दा
मनमा भक्कानो फुटेर आउछ
उनको सम्झनाको क्यानभास उफ्र्रेर आउछ
तिमीगयो तिमी सँगै गए सारा खुशीहरु
जे जस्तो भएपनिबाच्नु पर्ने म जस्तो दुखीहरु
तिम्रो उपहार सेतो सारी समाल्न मलाई निकै गाहारो भयो ।
कस्तो संसकारमा छोडेर गयो प्यारा मलाई
यो समाजमा मलाई तिरसकारै तिरसकार भो
त्यहि सेतो सारी सधैका लागि उपहार भो













