अदृश्य प्रेम
जिन्दगीका तितामिठा पलहरुसंग अभावै अभावमा दौडिएका ति यात्राहरुमा रमाउन चाहने सपना देख्दैछु । कहिले काहि ति सबै सपनाहरु छताछुल्ल हुदा मन निकै पोल्छ । ठूलो मेहनतकासाथ एक–एक गरी बटुलेर राखिएका ति यादहरुमा बाँच्ने कोशिसमा छु ।
जिवनका रहेक पाईलाको रंगिन सपनाहरु बोकेर म धनगढीबाट काठमाडौं छिरे । अनि लाजिम्पातमा सानो कोठा लिए । शुरुमा नयाँ ठाउँ नयाँ परिबेश नयाँ मान्छेहरुसँग घुलमिल हुन निकै गाह्रो भयो । हप्ता दिनपछि म एक अफिसमा काम गर्ने अवसर पाए ।
बिहान उठेर अफिस जान्थे अनि साझ थाकेर कोठा फर्किन्थे । अफिस कोठा गर्दै दिन बितिरहेको थियो । म हिड्ने बाटोमा त्रीसरा क्याफे परथ्यो । कफिको निकै सौखिन म एक दिन स्कुटी पार्किङ गरेर क्याफेभित्र छिरे । छेउमा एउटा टेवल खाली थियो म त्यहि गएर बसे । कफि अडर गरे । त्रीसरा क्याफे मेरा लागि बिल्कुलै नयाँ थियो त्यसैले होला असहस महसुुस गर्दै थिए । एकै छिनपछि टेवलमा कफि आईपुग्यो । कफिको एक चुस्कीमै आनन्दित अनुभुती भयो । कफि पिएर कोठा फर्किए । खाना पकाएर खाए । बिहानै अफिस जाने भएकोले अलि चाडै सुते ।
अफिस जाने पर्किेने बेला कफिको स्वाद लिने बानी नै बस्यो । एक दिन म अफिसबाट कोठा फर्कदै थिए । सिमसिम पानी परि रहेको थियो । मैले सेतो कुर्ता सुरुवाल र सेतो दोपट्टा ओढेको थिए । पानीका थोपाहरुले मेरो सेतो कुर्तामा बुत्ता भरिरहेका थिए । सधै जस्तो कफि पिउन भनि म क्याफे छिरे । हेल्मेट टेबलमा राखे, कुर्ता सम्माल्दै बसे । चिसोले हल्का शरीर काम्दै थियो । कफि आइपुग्यो । काम्दै गरेको शरीरमा केही राहत पुगेको महसुस गरे । बाहिर अझै जोड जोडले पानी दर्कीदैे थियो । क्याफे भित्र सबैजना आफ्नै कुराकानीमा ब्यस्त थिए । कफि खाई सके तर बाहिर भने पानी रोकिने शुरसारै थिएन । झिसमिसे साझँसंगै आकाशमा मडारिएको कालो बादल हुरीसँग लुकामारी खेल्दै ठोक्किएर तर्साउन खोजे जस्तै भान भईरहेको थियो ।
बाहिर निस्कन सक्ने अवस्था नै थिएन । त्यहिबेला एक अन्जान ब्यक्ति क्याफेमा प्रवेश गरे । पानीले उनका शरिर निथ्रुक्क भिजेका थिए । कपालबाट पानीका थोपाहरु तप्प तप्प चुहिएको देख्दा म एकोहोरो हेरिरहे । कालो पाईन्ट सेतो सर्टमा उनी अति नै आकर्षित थिए । हावाका झोकाले हानिएका रातो अनि रसिला आँखाले उनको सुन्दरतामा झन सुगन्ध थपिएको थियो ।
क्याफे जोडीजोडीले भरिएको थियो । एक टेवलमा म एक्लै थिए । सायद त्यहि भएर होला अन्जान व्यक्ति म बसेको टेबलमा बसे । नचिन्नु न जान्नु र पनि किन हो किन उसलाई म चिने जस्तै गरि एकोहोरो हेरिरहे । उसलेपनि बेला बेला म तिर हेरेर मुस्कुराउथे । कफी खानमा उसलाई साथ दिए । रात परिसकेको थियो तरपनि यी नयनले उसबाट टाढा हुन मानिरहेको थिएन । अरुबेला कोठा जान आत्तिने मन आज खै किन त्यहाँबाट बाहिर निस्कनै मान्दैनथ्यो । उसैलाई हेरीरहु जस्तै लाग्थ्यो । तर के गर्नु केठा त जानै पर्यो भन्दै आफ्नो दोपट्टा समाल्दै काउन्टर तर्फ लागे ।
म केही नबोली बिल तिरेर ढोका बाहिर निस्के । स्कुटीमा चाबी घुसाउनु भन्दा पहिला पुन फर्केर उसलाई हेरे, उ पनि मलाई नै हेरिरहेछ कि जस्तो अभाष भयो । म लाजले भुटुक्कै भए । मुस्कुराए, अनि बाटो लागे ।
कोठा पुग्दा क्याफे भित्रको सबै दृष्य आँखा वरिपरि डुलिरहेयो । उफ, भन्दै झ्यालको पर्दा खोले । बिस्तारा मिलाएर पल्टिए । मनमा अनेक कुरा खेलिरह्यो निदाउँने कोशिस गर्दा समेत अहाँ पटकै निन्द्र लागेन । त्यो क्षण अविस्मरणयी भयो ।
रात भरिको छटपटिले विहान अलि ढिलो उठे । हातमुख धोएर । कफी बनाए । सोफामा बसेर कफी पिउन खोजे तर त्यो कफीको कुनै स्वादै आएन । अफिसमा नसकिएको केहि काम कोठामा गर्छु भनि ल्याएको थिए । कपको कफी टेवलमा राखेर नचहाद नचहादै काम शुरु गरे ।
अरु दिन नझै अफिस जान तयार भए । हातमा व्याग समाएर अफिस निस्के । त्रिसरा क्याफे पुगेपछि क्याफे तिर नजर जुडाई हाले । अफिस पुग्दा ब्यागबाट ल्यापटप झिकेर खोले तर काम काहाँबाट सुरु गर्ने मेसो भने पाइन ।
अफिसभरि मान्छेको भिडमा पनि एक्लो भएको महसुस भयो । कल्पनामा डुब्न थाले । छुट्टि कति खेर हुन्छ भन्दै घडी हेरेर उसैलाई भेट्ने झिनो आशामा तोलाइएर बसेको थिए । अरु दिन भन्दा अलि चाडैँ निस्के । सिधै त्रीस्।रा क्याफे छिरे । मनमा कौतुहल्ता बढिरहेको थियो । मेरा आँखा उसैको प्र्रतिक्षामा थियो । नभन्दै कफिको कपसंगै उनको प्रबेश भयो । म अलिक लजाए जस्तो, डराए जस्तो भए । उनी आफनो कपाल मिलाउदै मेरो छेउमै बसे । त्यो दिनपनि संगै कफी खायो । र निस्केयो ।
बन्द कोठा खोल्दा हुस्स गहनायो । झ्यालको पर्दा खोले । झ्यालबाट एक हुल हावा कोठामा ठोक्दिा केही सितलता महशुस भयो ।
म उसलाई प्रेम गर्न थाले । जिन्दगीको बारेमा सोच्न थाले । पहिलो भेटमा उस्ले छोएको सेतो दोपट्टा हेरेर तोलाउन थाले । मनमा अनेकौ प्रश्नका पहाड खडा भयो ।
यसरी दिनहरु वित्दै गए । कफीको बहानामा दैनिक भेट हुन थाल्यो । भेट बाक्लिदै गए पनि एक अर्काले प्रेम प्रस्ताब राख्ने हिम्मत गरेरनौ । एक दिन कार्यक्रममा पनि संगै भयो । उनि जानी जानी मसंग ठोकिए । म मुसुक्क मुस्कुराए मात्र ।
सधैँ झै कफी खाने बहानमा उसलाई भट्न त्रिसरा क्याफे पुग्थे । एक दिन बडो सहासका साथ प्रेम प्रस्ताब राख्ने भनेर क्याफे गए । तर आएन । उसलाई पर्खिदा पर्खिदै तीन कप कफी खाए अहाँ ! उ आएन । मन आत्तियो क्याफे भित्रको सुन्दरता फिक्का लाग्न थाल्यो । मन खिन्न पारि टेवलबाट उठेर काउन्टर तिर लागे । बिल तिरेर निस्किदै थिए पछाडीबाट आवाज आयो । भ्हअगकभ mभ mष्कक मन झसङ्ग भयो । आत्तिदै पछाडी फर्के । क्याफेको म्यानेजरले एउटा डायरी दियो । सधै जसो क्याफेमा तपाईको अगाडी बसेर कफी पिउने सरले तपाईलाई दिनु भन्नु भाको थियो भन्दै ।
म डायरी लिएर सरासर कोठा आए । कोठा पुग्न साथ डायरी पल्टाए । पहिलो पाना नै हाम्रो पहिलो भेटको शुरुवाट थियो । डायरीमा लेखेका हरेक शब्द मनमोहक थियो । प्रेमले भरिपूर्ण थियो ।
उसमा लेखेको थियो, क्याफे भित्रको माहोल तिम्रो उपस्थितिले सुन्दर थियो । तिमीसंग भेट हुनु संंयोग भनौ या शौभाग्य । त्रीसरा क्याफेको त्यो रङ्गीन माहोलमा तिमी अरु भन्दा बिछिटै फरक देखिएकी थियौ ।
तिमी क्याफेबाट निस्कदा मेरो हातमा अल्झिएको तिम्रो त्यो सेतो दोपट्टा मेरो मनमा यसरी छापियो कि संशारमा भएको सबै रङ्ग त्यसका अगाडी फिका छन् ।
कफि खाने बहान खोज्दै क्याफे धाउन थालेको थिए । कहिले काँही तिमी क्याफे नआउदा मेरा मनमा उदासीन्ता छाउथ्यो । तिमी प्रतिको आकर्षणले क्याफे सम्म दोरियाउथ्यो ।
म तिमीलाई चाहान्छु भनेर तिमी सामु उभिएर भन्न आट त गरिन तर साच्चै म तिमीलाई हृदयमा सजाएर राखेको छु भन्दै लेखाई विद मारेको थियो ।
डायरी पढेर छर्लङ्ग भए उसलेपनि मलाई मया गर्छ भनेर । कोठा फर्किए । मन भारी भारी भयो । हामी विचको प्रेम एकले अर्कालाई भन्न नसकेपनि निस्वार्थ थियो । म एक्लो भएकोबेला उ मेरो साथमा भएको महशुश गर्न सक्छु । उनलाई संझिदा उर्जा, जोस, जागर पलाएको अनुभूति हुन्छ । त्यसैले उस्को भौतिक शरिर मेरो सामु उपस्थित नभएपनि अदृष्य प्रेम मेरोलागि काँफि छ ।













