बाउ बन्न पनि छाउ चाहिन्छ

छाउ को अर्थ न मैले बुझे
न तिमिले बुझ्यौ
अर्थ नबुझे नि
मैले एउटा कुरा बुझे ।
छाउ नहुने भए
न म माउ हुन्थे
न तिमी बाउ हुन्थ्यौ

तिमी ले बाउ बन्न पनि छाउ चाहिन्छ
मैले माउ बन्न पनि छाउ चाहिन्छ
त्यति मात्रै कहाँ हो र ?
मान्छे हुन र मान्छे को
नाउ पाउन पनि छाउ चाहिन्छ
यदि छाउ नहुने हो भने
न तिमी बाउ बन्छौ
न म माउ बन्छु

यो कुरा न देश ले बुझ्यो
न नेता ले बुझ्यो
न गाउ ले बुझ्यो
न देवता ले बुझ्यो
बुझ्नै पर्ने कुरा
नेता जन्मन लाई पनि छाउ हुनुपर्छ
देउता जन्मन लाई पनि छाउ हुनुपर्छ
तर अचम्म छ यो कसैले बुझेन
बरु ।

आकाश ले बुझ्यो
माटो ले बुझ्यो
मन्दिर ले बुझ्यो
बाटो ले बुझ्यो
आकाश,मन्दिर,माटो,बाटो ले
छाउ को बिरोध गरेन
त्यसैले अब मान्छे ले बुझ्नुपर्छ

तिमिले बुझ्नुपर्छ
मैले बुझ्नुपर्छ
यो अबुझ समाज सग
हामीले
जुध्नु पर्छ
किनकी
छाउ मानव उत्पत्ति को
आधार हो
श्रृष्टि को एउटा अनुपम
उपहार हो
माउ हो बाउ हो
र जीवन को लागि अनिवार्य छाउ हो