कविता
गाँउमा डोजर आयो र सम्बृद्धि आयो
पोहोर बारी बगायो अहिले घर बगायो ।।
दुई भाई छोरा मलेशिया पठाएदेखि त
आज गरीबले नि झुपडिमा टिन लायो ।।
भाषण सुनेर तालिमात्रै के पिटेकोथ्यो
सब तपाईकै लागि हो आश्वासन पायो ।।
बल्ल-बल्ल गाउँ छिरेको सिँहदरबारले
भटमास अनि गुन्द्रुकमा पनि कर लायो ।।
एकछाक मासु खान चाड कुर्यो गरीबले
ऋण थप्यो दशैले र झन कंगाल बनायो ।।
गाँउमा डोजर आयो र सम्बृद्धि आयो
पोहोर बारी बगायो अहिले घर बगायो ।।













