मजदुरहरुको निषेधित आवाज
यो काम मा छ मजदुर
र नाम मा छ मजदुर
छ भर्नु पर्ने पेट यो र
लाम मै छ मजदुर
छ माम मै यो मजदुर
र जाम मै यो मजदुर
पुगेन भो कमाइ ले
र दाम मै छ मजदुर
बढाइ मा त्यो मजदुर
कडाइ मा छ मजदुर
जोगाउनु छ साख यो
लडाइ मा छ मजदुर
छ भोक मा यो मजदुर
र रोग मा छ मजदुर
आनन्द मा ठुला बढा
छ शोक मा यो मजदुर
छ घाम मा यो मजदुर
र पानी मा छ मजदुर
ठुला ठुला सुरुङ्ग अनि
र खानी मा छ मजदुर
र बाटो मै छ मजदुर
छ घाटो मै यो मजदुर
बिहानी पर्खदै बस्यो
र रात मै छ मजदुर
आज मे डे हामी मजदुरहरुको आवाज निशेधित छ अझै पनि













