तिम्रै सल्लाहमा मेरो अन्त्य भो सन्सार नदेख्दै !

जब म तिम्रो गर्भमा आए खुशी ले नाचे
गाए रमाए
आ,,,मा,,
भनेर ठुलो स्वर ले कराए
तिमी ले पो सुनिनौ त
तिमिले पो देखिनौ त
तर म खुशिले चिच्याये
तर
मलाइ के थाहा आमा
मेरो खुशी क्षणिक हो भन्ने
तिम्रो शरीर को न्यानो पन मा
म हुर्कदै थिए
जब छोरी भएकै कारण मैले तिमी बाट
अलग हुनु पर्ने
कुरा थाहा पाये मेरो खुशी त्यसै त्यसै ओइलायो
आमा
तिम्रो काख मा खेल्ने तिम्रो स्तन चुसेर तृप्त हुने
मेरो रहर ले पुर्णता नपाउने भो नि ?
जब थाहा पाये
अब म मारिदै छु आमा को गर्भमा
म रोये कराये चिच्याये
दुखित भए थकित बने
तर आफुलाइ बचाउन सकिन आमा !
मलाइ नमार आमा भन्न सकिन
मेरो मृत्यु मेरो नजिक देख्दादेख्दै पनि
म मेरै मृत्यु को मुकदर्शक बने
तिम्रो पेट मा
मेरो लागी बनेको सिमित ठाँउ मा
म यता लुके उता लुके
तर मैले सुरक्षा पाउन सकिन आमा !
म जब तिमी बाट नै असुरक्षित भए
मान्छे को ज्यान बचाउन बनेका
मान्छे डाक्टर हरुले नै मलाइ मारे आमा
तिम्रै उपस्थिति मा
तिम्रै सल्लाह मा मेरो अन्त्य भो
सन्सार नदेख्दै !

अब जन्मने छोरीहरु
लाई
मेरो जस्तो मृत्यु
नदेउ है आमा