रेशम बचाउ अभियानकोलागि थरूहट राष्ट्रिय भेला गर्ने निर्णय

सप्तरी, २३ बैशाख । कंचनरुप नगरपालिका ६ मा रेशम चौधरीको लागि थरूहट राष्ट्रिय भेला गर्ने निर्णय भएको छ । माननीय रेशम चौधरी बचाऔं अभियान संघर्ष समिति, सप्तरीले सप्तरीको कन्चनरुप नगरपालिका ६ को बालुवा चौकमा बचाउको लागि ऐतिहासिक थरूहट राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो ।

आउँदो बैशाखको २५,२६ र २७ गते सप्तरी जिल्लाको कन्चनरूप नगरपालिका ६ मा थरूहट राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । थरुहट आन्दोलनको क्रममा कैलालीको टीकापुर घटनामा मुद्दा खेप्दै जेल जीवन बिताएर थुना मुक्त भएका थरुहटका महान योद्धा लक्ष्मण थारूले सप्तरीमा थारू र थरुहटको नाममा विशेष सम्बोधन गर्ने संघर्ष समिति सप्तरीले जनाएको छ ।

टीकापुर घटनामा अदालतले आजिवन काराबास कैदको फैसला सुनाइएका सांसद रेशम चौधरीसहित ११ जना रिहाइ लगायतका माग राखेर माननीय रेशम चौधरी बचाउ अभियान संघर्ष समितिले थारु राष्ट्रिय भेला सप्तरीमा गर्ने भएको छ ।

भेलामा थारू कल्याणकारिणी सभा केन्द्रिय कार्य समिति, जिल्ला कार्य समिति, थाकसका भातृ संगठन, सांसद, थारू नेता, थारू वुद्धिजिवी, युवा, महिला, विधार्थी, पेशागत संघ संस्था, थारू सम्बद्ध संस्था, थारू सांसद तथा पुर्व सभासद र सांसदहरूलाई आमन्त्रण गर्ने निर्णय भएको छ ।

भेलाले राष्ट्रिय संघर्ष समिति गठन तथा आन्दोलनको कार्यक्रमहरू तय गरि घोषणा गर्ने कार्यक्रम रहेको बताएका छन् ।