ऋषि पञ्चिमको नाममा महिलालाई अशुद्ध ठान्ने परम्पराको अत्य गर्न दबाब

कैलाली । कैलाली महिला मानब अधिकारकर्मीहरुले ऋषि पञ्चिमीको नाममा महिनावारी भएका महिलालाई अशुद्ध ठहर गर्ने परम्परालाई अत्य गर्न दबाब दिएका छन् ।

हरितालिका तीजको अवसरमा महिलाहरु पञ्चमी ब्रत बस्ने र सो ब्रतमा महिनावारी भएको बेला आफूले छोईछुट नमानेकोले गल्ती भयो भन्दै भगवानसंग माफि माग्ने चलन नै गलत रहेको अधिकारकर्मीहरुको ठहर छ ।

उनीहरुले पञ्चमी ब्रतको नाममा हानिकारक परम्परागत अभ्यास अन्त्य गर्नको लागि राष्ट्यि अभियान सञ्चालन गर्न दबाब दिएका छन् ।

फाया नेपाल, मानव अधिकारको लागि महिला एकल महिला, फोडो, ओरेक नेपाल लगायतले एक प्रेस विज्ञप्ती जारी गर्दै पाँच बुँदे माग गरेका छन् ।

cyber story