बिर्सेंर हाँस्छ मानिस

मरेको मान्छेलाई
बिर्सेंर हाँस्छ मानिस
मनमारी दिने मान्छेलाई
बारम्बार सम्झेर
मरी दिन्छ मानीस
मानिस तिमी
अजब गजब मानीस

मानिस तिमी अजब गजब मानिस
फलाम…….,
बारम्बार गल्छ इस्पात बन्छ
बारम्बार मरेर मानीस
इस्पात बन्छ मानीस
फरक
मात्र फरक
मन हरु मरे पछी
तिम्रो
मानवता मर्छ मानिस
मानवता मरेको मानीस
तब
प्रेम मर्छ मानीस

सुन्छु अचेल
तिम्रो गाममा
तिम्रो धारा पानीमा
पानी मरेको छ रे
जिउदो मन मरेको तिमीमानीस
जिउदो मरेको छ रे
सुन्छु
रहर बिना…..
सुगन्ध हराएको तिमीमानीस
रङ बिनाको फुल
सुगन्धबिनाको
वासना
तिमीकता हरायौ मानीस
हेर आकाश
निलो आकाश
पवन
त्यो किरण लाई हेर
न स्वार्थ छ उसको उदाउनु
अस्ताउनु मा
दर्जातिम्रो मानीस
अस्ताउनु र उदाउनु मा छ
चक्र संसार चल्छ मानीस
तिमीबाँचेर जिउनु छ मानीस
तिमीहाँसेर जिउनु छ मानीस

फगत बिगत नकोत्याउनु बारम्बार
पत्र पत्रमा जिबन दुख्ने गर्छ
नरोउ भन्छ मानीस
फेरी घाऊ दुख्ने गर्छ मानीस
त्यसैले त फेरी पनि
मेरो निबेदन
फेरी फेरी हांसी दिनु ए मानीस
सौर्ये को सुन्दर्ता
उदाउनु र अस्ताउनु मा छ
मानीस को सौन्दर्ये
दुख्दा हास्नु रमाउनुमा छ मानीस

नबिर्सनु तिमी कर्कला मानीस
तिमी अजब गजब मानीस
मरेकालाई बिर्सि हास्ने मानीस
मनकोमल मन
मारी दिने लाई
बारम्बार सम्झेर
आँफै मरी दिने मानीस
तुक्रिएको भावना
सम्झेर बारम्बार तिमी
रोइदिने मानीस
तिमी मानीस
बुझ्नै नसकिने
पढ्नै नसकिने
अजब गजब मानिस