कस्लाइ कस्लाइ सुन्नु
कोहि सुन्दरी जिताउन लागेका छ्न
कोहि निर्मलालाई न्याय दिलाउन लागेका छ्न
यता अन्तरास्ट्रिय अभियान चलेको छ
मलाइ पनि सुन
अब कुरा आयो सरकार कस्लाइ कस्लाइ सुन्छ
सुन्दरीलाई नजिताउ त्यो पनि भएन
निर्मला त सामान्य परिवारकि छोरी हो
उस्को लागि न्याय खासै किन चाहियो र ??
मरिसकेकी निर्मला न्यायले के गर्छे ?
यो देशमा गरिवहरु लाई पनि न्याय चाहिन्छ र
बिथ्थामा केही महिला अधिकार कर्मिहरुले
उचालेका छ्न उचालेका छ्न
चुपचाप लागेर बसे हुदैन
कसैको आवाज हुन
शान्ति स्थितिलाई खल्बल्याउन मिल्छ ??
सरकार लागेकै त छ नि सामाजिक सुरक्षा जस्तो
उदाहरणीय काम गरेको छ
मान्छे पुरानो युगमा सुतेको थियो
बिउझिदा त नया युगमा प्रवेश गरिसकेको थियो
अब सरकारले ल्याएको नया युगको
स्वागत गर्न छोडेर
किन कस्लाइ सुन्नु अनि किन निर्मलालाइ न्याय दिनु ??
इतिहास बद्लिन कसैले न कसैले त बलिदान दिनै पर्छ नि
निर्मला माया कविताहरु मरेर के हुन्छ
नया युग आउँछ पुरानो जान्छ
आज सम्म दरवार हत्या काण्ड
सर्वाहाराका नेता मदन भण्डारीका हत्यारा पत्ता लागेन
आखिर हत्यारै पत्ता नलागे पनि
एकात्मक राज्य बाट देश संघियतामा गएरै छोड्यो
इतिहास बदल्न बलिदान चाहिन्छ नै हैन र ??
फेरि किन उफ्रीरहेका महिलाहरु मलाइ पनि
सुन भन्दै ??
घर भित्र बसिराख
३३ प्रतिशत पाएकै छौ
अब के सुनाउछौ
मर्नेहरु मरिसके
फर्किने भए पो न्याय दिनु
हैन र ???













