मन हारेको छैन

तिमीले देखेको संसार मात्र पूर्ण होइन
न मैले देखेको संसार अपुरो
उसो त
न तिमी गलत थियौ
न म सहि

बस्तुगत अर्थ फगत
तिम्रो आकाश
र मैले टेकेको धर्ती
तिमीले भोगेका प्रेम र पिडा
मैले देखेका बेदना र मुस्कानहरु

सबै एक लहर मिलेर
यो सिगो धर्ती र आकाश समेटिने गर्छ
येस् अर्थ मा
तिमी दोशी होइन
न म निर्दोश

हिसाब मिलेन कतै
जीवनको जोड घटाऊमा
कही कती तिमी चुकेकै हो
गन्ती मैले बिर्सेंकै हो
एउटा सम बिन्दु अब
रोज्नै पर्छ तिमीले र
मैले

किनकी यो धर्तिको माया मैले महशुस गरे
एउटा रेश जित्न
हजारौका सपना कुल्चिने गल्ती कम्से काम म बाट हुनेछैन
हिजो टेकेको धर्ती
म भुल्ने छैन
त्यो आकाश खुलेर मैले हासेको