सेप्टेम्बर २९ र मुख्यमन्त्रीसँगको भेट
समाचारको सन्दर्भमा सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री त्रिलोचन भट्टसँग उहाँको मोवाईलमा धेरै पटक सम्वाद भएता पनि प्रत्यक्ष रुपको भेट भने २९ सेप्टेम्बरले जुराई दिएको थियो । सटरडेको दिन बिहानको समय खासै बजार पूर्ण रुपमा खुली सकेको अवस्था थिएन । बजार कँही, कतै खुलेको भएता पनि प्राय ः बजार बन्द नै रहेको थियो । धनगढी उपमहानगरपालिका वडा नं। ४ उत्तरबेहडीको शहिद गेटदेखि दक्षिणपूर्वमा रहेको मुख्यमन्त्रीको निवासमा करिब ८ बजेको समय हुँदो हो । मुख्यमन्त्री निवासको पर्खाल बाहिर पट्टि पार्किङ्ग निषेध भन्ने सूचना लेखेर टाँसिएको थियो । मैले साथमा लगेकोे साधनलाई पूर्व तर्फ पार्किङ्ग गरी मुख्यमन्त्री गेट तर्फ हानिए । गेटमा २ जना नेपाली सेनाहरुले पहरा दिईरहेको देखिन्थ्यो । गेटमा पहरा दिईरहेका ति सेनाहरुलाई मैले आफ्नो परिचय दिएर मुख्यमन्त्रीलाई भेट गर्न आएको भनि सन्देश पठाए । सन्देश भित्र पठाएको केहि क्षणमै सुरक्षामा खटिएका सेनाले ल भित्र आउनुस् भन्दै मलाई प्रतिक्षालयमा लगियो । मुख्यमन्त्रीको निवासको प्रतिक्षालयमा पूर्व सांसद हरी श्रीपाईली लगायत करिब ८, १० जनाको जमात देखिन्थ्यो । प्रतिक्षालय कोठा भित्र वरीपरी सोफासेट र कुर्चीहरु सजाईएका थिए । बिचमा एउटा टेवुल थियो । जसमा धनगढीबाट प्रकाशित हुने स्थानीय पत्र, पत्रिकाहरु फाईलिङ्ग गरेर राखिएको थियो । प्रतिक्षालयमा बसेका आगन्तुकहरु कोही एक आपसमा गफ गरि रहेका थिए भने कोही स्थानीय पत्र, पत्रिका अध्ययन गरि रहेका थिए ।
प्रतिक्षालयमा बसेका एक आगन्तुकले मुखबाट शब्द निकाली हाले । लौ, स्थानीय पत्र पत्रिका प्रत्येक दिन मुख्यमन्त्रीलाई अध्ययन गराउनु पर्छ है । कहाँ, के भईरहेको छ रु कस्ले के लेखेको छ रु सबै कुरा जानकारी गराउनु पर्छ । त्यस्तै अर्को आगन्तुकले होस्टेमा हैस्य थप्नु भयो । त्यसै बिचमा डोटी जिल्लाका चर्चित पत्रकार तथा हाल मुख्यमन्त्रीको प्रेस सल्लाहाकारको रुपमा काम गरि रहनु भएका मिलन परियार प्रतिक्षालयमा प्रवेश गर्नुभयो । मिलन जी सँग अभिभादन साटासाट पछि मिलन जीलाई मुख्यमन्त्रीसँग भेटघाटको समय अलि छिटो मिलाउनुस् भन्दै मैले आग्रह गरे । मिलन जी मुख्यमन्त्रीको बैठक कोठा तर्फ प्रवेश गर्दै तुरुन्तै प्रतिक्षालयमा फर्किँदै मलाई मुख्यमन्त्री कहाँ जानको लागि संकेत दिए ।
मुख्यमन्त्रीको बैठक कोठामा प्रवेश गर्दा मैले टेलिभिजन पत्र, पत्रिकाको पेजमा र सामाजिक सञ्जालका भित्ताहरुमा देख्दै आएको मुख्यमन्त्री बास्तवमै प्रत्यक्ष रुपमा भेट हुँदा एक खाले अर्कै अनुभुती भएको महसुस आफै, आफैमा व्यक्त भईरहेको थियो । मुख्यमन्त्रीको बैठक कोठामा प्रवेश सँगै अभिभादन साटासाट भयो । मुख्यमन्त्री नजिकै अर्को सोफा सेटमा बसीरहनु भएका सुदूरपश्चिम प्रदेशका महान्याधिवक्ता कुलानन्द उपाध्याय पनि हुनु हुन्थ्यो । मुख्यमन्त्री, महान्याधिवक्ता र म बिच करिब १ घण्टाको सम्बाद भयो । त्यो बिचमा मुख्यमन्त्रीले कोठामा रहेको बेल बजाउँदै चिया ल्याउन अह्राउनु भयो । चिया कस्तो पिऊ दुधको कि लेवन्टी । मैले भने, जस्तो भए पनि चल्छ । त्यसो भए, लेवन्टी नै पिऊ है । होस्टेमा हैस्य महान्याधिवक्ताले पनि मिलाउनु भयो ।
मुख्यमन्त्री सँगको भेटसँगै उहाँको बारेमा बिभिन्न सामाजिक सञ्जालमा आएका कतिपय राम्रा र कतिपय अति रञ्जीत बनाई बदनियत गर्ने उद्देश्यले पोष्ट गरिएका सवालहरु बास्तविक रुपमा के रहेछन् रु भन्ने बारे पनि मेरो जिज्ञासाको बिषय बनेको थियो भने अर्को तर्फ सुदूरपश्चिम प्रदेशमा रहेका थुप्रै यावत सम्भावनाहरु र थुप्रै चुनौतीहरुको बारेमा समेत मुख्यमन्त्री समक्ष धेरै सवालहरु राख्ने उद्देश्य बोेकेको थिए । विकास निर्माण, स्वास्थ्य, शिक्षा र सुदूरपश्चिममा निर्माण व्यवसायीका कारण विकास निर्माणमा हुन गईरहेको ढिलासुस्ती बारेमा समेत मुख्यमन्त्री सँग निक्कै सम्वादहरु भयो । बेला, बेला मेरा नजरहरु मुख्यमन्त्रीको मुहारमा जान्थ्यो भने बेला, बेलामा मुख्यमन्त्रीको टि टेवुल तर्फ मेरा नजरहरु टकराउँथे ।
टि टेवुलमा नेपालको जारी संविधान २०७२ को पुस्तीका र हाल संशोधित नयाँ मुलुकी ऐन र केहि कानून सम्बन्धि पुस्तकहरु राखिएको थियो । त्यसबाट सहजै के बुझ्न सकिन्थ्यो भने समय मिलाएर मुख्यमन्त्रीले संविधान हाल संशोधित नयाँ मुलुकी ऐन र कानूनका पुस्तकहरु लगायत अध्ययनमा उहाँको दिल चस्पी बारे प्रष्ट झल्कीन्थ्यो । मुख्यमन्त्री सँगको करिब १ घण्टा अधिकको भेटघाटमा उहाँले बोल्दा खेरी एकदमै शब्द चयन गरेर स्पष्ट रुपमा आफ्ना भनाईहरु अघि राख्नु हुन्थ्यो । मुख्यमन्त्रीको प्रत्येक शब्द, शब्दमा निक्कै ओजिला शब्दहरु पाईन्थ्यो । साथै मुख्यमन्त्रीले व्यवहारिक ज्ञानमा निक्कै बिज्ञता हासिल गरेको आभास पाईन्थ्यो । सम्वादको समयमा तर्क सहित राष्ट्रिय, अन्तराष्ट्रिय घटना क्रम र त्यस्ता राजनीतिज्ञ व्यक्तित्वहरुको बारेमा समेत मुख्यमन्त्रीलाई प्रशस्त ज्ञान भएको महसुस पाईन्थ्यो । भारतका बर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनी बारे उहाँलाई निक्कै ज्ञान हासिल भएको पाए । नरेन्द्र मोदीले गुजरातमा ३, ३ पटकको मुख्यमन्त्री पद बहाल गरेको बिषय र हाल प्रधानमन्त्री रही रहँदा भारतमा आएको आर्थिक, सामाजिक विकास निर्माण जस्ता कार्यमा प्रगतीलाई मैले केहि प्रश्नहरु मुख्यमन्त्री भट्ट समक्ष राख्दा उहाँले तर्क सहित प्रश्नको बास्तविक जवाफ र नरेन्द्र मोदीको मुख्यमन्त्री ३ कार्यकाल र बर्तमान अवस्था बारे उहाँले निक्कै उत्सुकताका साथ धेरै कुराहरु अगाडी राख्नुभयो ।
जसबाट के बुझिन्थ्यो भने मुख्यमन्त्री समय मिलाएर धेरै भन्दा धेरै पत्र, पत्रिका र पुस्तकहरु अध्ययन गर्नु हुन्छ । मुख्यमन्त्रीको मुहारमा सुदूरपश्चिम प्रदेशको थुप्रै सम्भावना र सुदूरपश्चिमको यावत समस्याहरु प्रष्ट झल्की रहेको आभास मैले उहाँको मुहारमा हेर्दै एक पटक कल्पनामा डुबुल्की लगाउन पुग्थे । बोलीमा स्पष्टता, शब्द चयनको ख्याल, अनुहारमा सुदूरपश्चिम प्रदेशको चम्किलो भविष्य र निधारमा सुदूरपश्चिमको थुप्रै यावत समस्याहरु मडारिएका थिए ।
सम्बादकै सिलसिलामा मुख्यमन्त्रीले व्यक्त गरि रहनु हुन्थ्यो । मलाई यस क्षेत्रका बुद्धिजिवी, शिक्षाविद, पत्रकार, नागरिक समाज, सबैले आ–आफ्नो तर्फबाट सक्दो सुझाव, सल्लाह दिनुपर्छ । मैले सामान्य भन्दा सामान्य जनतादेखि यस क्षेत्रका राजनीतिक, सामाजिक, शैक्षिक, आर्थिक क्षेत्रका थुपै मानिसहरुको टेलिफोन समेत सहजै रुपमा समातेर जवाफ दिने गरेको छुँ । मेरो लागि यस क्षेत्रका सम्पूर्ण आम जनता समान छन् । मलाई सुझाव, सल्लाह दिनका लागि कसैले हिचकिचाहट नगरेर स्पष्ट रुपमा देखेका, भएका र मैले गर्नु पर्ने काम कर्तब्यको बारेमा बोध गराई दिँदा मलाई निक्कै खुसी लाग्थ्यो भन्ने भनाई मुख्यमन्त्रीले व्यक्त गर्नु भएको थियो ।
केहि दिन यता मुख्यमन्त्रीले मोहना पुलको प्रत्यक्ष अनुगमन, भजनी भन्सार चौकीको प्रत्यक्ष अनुगमन, हसनपुर खुटिया सडकमा आएको समस्या समाधान तर्फ खेलीएको भूमिका र हिजो बुधबारका दिन मात्रै गौरीफन्टा नाकामा दशैं मनाउन आएका थुप्रै नेपालीहरुले झेल्नु परेको समस्या माथि प्रत्यक्ष अनुगमन जस्ता कार्यहरुले के देखाई रहेको छ भने मुख्यमन्त्री अब हर विकास निर्माण, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रहरुमा ९ वटै जिल्लाको अनुगमन तथा निरिक्षणमा तदरुकताका साथ अघि बढ्ने सम्भावनाहरु देखिन्छ । आसा गरौं, मुख्यमन्त्रीको यस्ता सह्रानिय कदमले बषौंदेखि पछि परीरहेको सुदूरपश्चिम प्रदेश अबको केहि बर्ष भित्र काचुली फेरोस् । त्रिलोचन भट्टको मुख्यमन्त्री कार्यकाल एक ऐतिहासिक क्षण बनोस् । हिन्दुहरुको महान पर्व बडा दशैं, दीपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना ।













