वासनारूपी मानव


हरेक दिन
नयाँ जिन्दगीको खोजीमा हुन्छु
भेट्टाउँछु केवल वरिपरिका
वासनारुपी मानव

अनि, देख्छु वरिपरि यौनिकताले भरिएका आँखाहरू
ती आँखाहरूले न मानवीयता देख्छ
न त आफन्त, न त परिवार
न त छोरी
ती आँखासँग डराउँछ गाउँ
अनि, शहरका छोरीचेली
अनि सुन्छु मालिबाट लुटीएका
फूलको कथाहरु

अनि, ती आँखाले
एउटा गरिब र
बेसाहरा चेलीको ईज्जतलाई
बीच शहरमा लिलाम गर्छ
पैसाको रवाफ देखाई
अनि, न्यायको घरलाई पनि
पैसाले किनिदिन्छ
उसले न्यायको महसुस गर्न नपाउँदै

उसको ईज्जत मात्र लुट्दैन
उसको शरीरका संवेदनशील
आँखाका नानीसमेत विक्षिप्त बनाईदिन्छ
त्यति मात्रले उसको ईच्छा पूरा हुँदैन
उसको हत्या गर्नसम्म पछि पर्दैन
यो समाजका आपराधिक मानसिकताले
भरिएका आँखाहरु पनि छन्

ठूला ठूला अनि बाक्ला मसिले
कालो बनाईएका हेडलाईनहरु
आजभोलीका अखबारमा ताजा खबर बन्छ
एउटी असाहाय बालिकाको कथा
हप्तैपिच्छे
फलानो जिल्लामा यति जना माथि बलत्कार
बलात्कारपछि हत्या
अनि फेरि अर्को जिल्लामा
आफ्नो बाबुद्वारा छोरी
बलत्कृत भएका घटनाहरु

अनि
उही अपराधीलाई
बचाउन तल्लीन भईरहेका
प्रहरी प्रशासन, नेता अनि कार्यकर्ताका
साहासी कामहरु
म सोच्छु
मेरो देशमा मानव बस्छन् कि दानवहरुरु
अचेल म त्यही सोच्ने गर्छु
आपराधिक गतिविधि झन झन बढ्दै छ
अनि म गम्भीर भएर सोेच्छु
यस्ता कुराहरुमा
आवाज किन कम उठ्ने गर्छ ? रञ्जिता डड्डोलको फेसबुकबाट