शहरमा बलात्कार हुन्छ

शहरमा बलात्कार हुन्छ
अनुसन्धान हुन्छ
हप्तौं समय लाग्छ
र यौटा पागललाई
बलात्कारी करार दिइन्छ ।

त्यही सहरमा हत्या हुन्छ
अझै अनुसन्धान हुन्छ
महिनौं समय लाग्छ
र अर्को पागल खोजेर
कसुर कबोल गराइन्छ ।।

‘हो हजुर म नै हत्यारा हुँ’
त्यही सहरमा बलात्कारपछि
भयभीत मान्छेहरुको भीड हुन्छ
जो चोकचोकमा
धारे हात लाएर गफ दिन्छन् ।।।

‘भोलि यस्तै अपराधको शिकार
हामी पनि हुनसक्छौ’
तर त्यस्तो हेक्का हुदैन त्यो भीडलाई
गफैगफको चाङमा सगरमाथा चढ्छन
र महा न्यायधिशको सिफारिसमा
चुपचाप चुपचाप

अनि चुपचाप बस्छन् ।
त्यसैले,
सरकार अब प्रहरी होइन
प्रत्येक जिल्लामा
यौटा पागलखाना खोलिदउ
ताकि, व्यर्थको अनुसन्धानमा
सरकारी खजाना नरित्तियोस् ।।

अपराध होते ही
यौटा पागल ल्यायो
कसुर कबोल गरायो
पत्रकार सम्मेलन मार्फत
सार्वजनिक गर्‍यो
र सिद्धियो
अनुसन्धान पनि
सिद्धियो कानून पनि

र जब कानून नै सिद्धिन्छ
तब अरु बाँकी नै के रहन्छ र ??? फेसबुकबाट