‘म मोडलिङ्गको लागि जन्मेको हो’

धनगढी चौराहमा जन्मनुभएकी दिपा शर्मा पछिल्लो समय मोडलिङ्ग क्षेत्रमा सक्रिय रहेकी छन् । सानो उमेर देखि कलाकारिता क्षेत्रमा लाग्ने आफनो रुची भएको बताउने शर्मा यसै मोडलिङ्ग क्षेत्रमा सक्रिय रहने बताउछन् । पहिलो पटक आयोजना भएको मिस सुदूरपश्चिमाञ्चल नेपालको टप १० मा पर्नुभएको थियो । आफुलाई मोडलिङ्गको लागि जन्मेको हो भन्ने शर्माले बिभिन्न कार्यक्रममा सहभागि भएर अर्वाड समेत पाएकी छन् । उनले अभिनय गरेको म्यूजिक भिडियो समेत बजारमा आएको छ । यसै सन्र्दभमा पत्रकार निराजन परियारले उनी संग गरेको कुराकानी….

आजभोली के मा व्यस्त हुनुहुन्छ ?

अध्ययान र मोडलिङ्ग क्षेत्रलाई संगसंगै अगाडी बढाउदै छु । यसै क्षेत्रमा केही गर्नुपर्छ भनेर अभिनय पनि सिक्दै छु ।

खासमा दिपा शर्मालाई के भनेर चिन्ने ?

मोडलिङ्ग क्षेत्रमा भविष्य खोज्ने एउटा मोडेल भनेर ।

तपाई बिवाहित की अबिवाहित ?

हा…हा..हास्दै म त अबिवाहित नै हो, की बिवाहित जस्तो लाग्छु र ।

बिहे गर्ने समय भएन् र भन्या ?

बिहे गर्ने समय अहिले नै भएको जस्तो लाग्दैन् । अझै यो क्षेत्रमा केही गर्नु छ, पहिले आफ्नो भबिष्य बनाउनु छु । त्यसमा पनि केटीहरुले आफै सक्षम र आफनो खुट्टामा उभिएपछि मात्र बेहे गर्नुपर्छ जस्तो लाग्छ ।

हेर्दा निकै राम्री हुनुहुन्छ प्रेम प्रस्ताव कत्तिको आउछ ?

हा..हा..होर त्यस्तो राम्री छु र …प्रेम प्रस्ताव त आउछन् केटी भएपछि आउनु स्वभाविक हो । धेरै जस्तोले समाजिक सञ्जाल मार्फत प्रेम प्रस्ताव राख्छन् । यो बिषयमा मेरो सोच नै फरक छ पहिले करियर त्यसपछि बिहे ।

अपरिचित व्यक्तिले प्रेम प्रस्ताव राख्यो भने के गर्नुहुन्छ ?

सिधै अस्र्विकार गर्छु ।

तपाईलाई मन पर्ने कलाकार भन्नु पर्दा ?

मलाई मन पर्ने कलाकार धेरै छन् त्यसमा पनि गौरी मल्ल,प्रिङका कार्की,आयुषमान देशराज जोशी,दिपिका कादुकोण,तप्सीपन्नो,र मल्होत्ता लगाए मन पर्छन् ।

अबको ५ बर्ष पछि यहाँलाई कस्तो अवस्थामा देख्न सकिन्छ ?

अबको ५ बर्षमा मलाई यसै क्षेत्रमा सक्रिय रुपमा लागेको देख्नुहुन्छ होला । फेसन डिजायनरमा पनि ठुलो सोख छ यसमा पनि सक्रिय हुन्छु ।

यो क्षेत्रमा लाग्ने प्रेरणा को बाट पाउनुभयो ?

यो क्षेत्रमा लाग्ने प्रेरणाको स्रोत मेरो घरपरिवार आमाबुवा नै हुनुहुन्छ । आमाबुवा र साथीहरुको मायाले आज यो ठाउँमा छु । भोली आमाबुवालाई आफनो नामले चिनाउन चाहन्छु ।

अबको योजना के छ ?

अहिले बिभिन्न ठाउँबाट अफर आईरहेको छ,म्यिुजिक भिडियोको लागि, अबको योजना पनि मोडलिङ्ग नै हुन्छ मेरो । भर्खर एउटा म्यिूजिक भिडियो र हिन्दी सट मुभी वन वेमा पनि अभिनय गरेकी छु ।

कलाकारिता क्षेत्रमा प्रवेश गर्ने लाई के भन्नुहुन्छ ?

यो क्षेत्रमा रहरले लाग्नु भन्दा धेरै कुरा सिकेर आउनुपर्छ । सघर्ष गर्नुपर्छ मेहन र ईमान्दारिताले अवश्य सफल बनाउछ ।