बेहाल जीवन

उचाईको गगन छुने रहर मेरो
तर धर्तीको पातालमा म आईपुगे
सपना त थियो ठूलो मेरो
तर समुद्रको गहिराईमा आईपुगे

मोतीहरुको माला बनाउने रहर मेरो
तर यो हात नभएर सडकमा आईपुगे
यो अपाङ्गताले गर्दा शरिर मेरो
आज अरुको भर पर्न म आईपुगे

सुनौलो संसर बनाउने रहर मेरो
औंसी जस्तो कालो जीवनमा आईपुगे
उचाईको गगन छुने रहर मेरो
तर धर्तीको पातालमा आइपुगे