मुक्तक

आमाले पेटमा बोकेको भारी कहिल्यै नभुल्नु ।

बुवाले सम्हालेको जिम्मेवारी कहिल्यै नभुल्नु ।

आमा बुवालाई भगवानको दर्जा दिइन्छ त्यसैले

आमा बुवासंग गरेको समझदारी कहिल्यै नभुल्नु ।

दुर्जन कुमार चौधरी