प्रेम र नियति
खोजेर भेटिन्न
बहिर कतै पनि
जीवनको खुशी
त्यस्तै हो माया
जुन गरेर न कहिल्यै हुन्छ ।
नियतिको एक्लोपन
हो, विभत्स खण्डहर जस्तै छ
तर यो त ढकनी न हो
किनकि यसै भित्र छ
सदावहार वसन्त ।
पाउनु नै आफूलाई हराउनु हो
जो आफूलाई हराउँछ
उसैको पेवा हो
सदावहार वसन्त ।
मायाको दुनियाँ नै अनौठो
जहाँ शिशिरमै फक्रन्छ वसन्त !
बाहिर जति पनि छन्
छन् मात्र क्षितीजतूल्य भ्रम !
जे जत्ति हुन्
आफैभित्र छन्
रोकिनु मात्र हुन्न रहेछ
खोज्नुको क्रम !
बसन्त चौधरी, फेसबुकबाट













