सर्व सम्मानले ल्‍यायो ‘खुशी दिन्छु तिमिलाई’ (भिडियोसहित)

काठमाडौैं । फरक शैली र पनसहित गीत-भिडियो पस्कँदै अाएको सर्व सम्मान म्युजिक प्रा.लि.ले फेरि नयाँ कोशेली बजारमा ल्याएको छ ।

‘खुशी दिन्छु तिमिलाई’ बोलको गीतको म्युजिक भिडियो युट्युवमार्फत सार्वजनिक गरिएको हो । गोविन्द बर्देबाको शब्द र अंकित परिवारको स्वर रहेको गीतमा हिमाल सागरले संगीत दिएका छन् ।

प्रेमभावलाई समेटिएको उक्त गीतको भिडियोलाई प्रकाश क्षेत्रीले निर्देशन गरेका छन् भे मनोज, हिमा, अोम, शिखाले अभियन गरेका छन् ।

त्यसैगरी विरेन्द्र भट्टले छायांकन गरेको भिडियोको सम्पादन अनिल रानाले गरेका छन् ।

म्युजिक भिडियो सार्वजनिक गरेको छोटै समयमा हजारौंले हेरिएको निर्देशक क्षेत्रीले बताए । क्षेत्री सर्व सम्मान म्युजिक प्रा.लि.का निर्देशक समेत हुन् ।

भिडियो