टोपी

यो तेहि टोपी हो
जस्ले,मलाइ
शत्रुका सामु
अन्यायका विरुद्ध लड्दा
मेरो शिरमा बिराराजमान भएर
आशीर्वाद दिरहेको थियो।

यो तेहि टोपी हो
जस्ले मलाइ
सुरक्षा कबच बनेर
संरक्षण गरिरहेको छ।
यो त्यही टोपी हो
जस्ले ,मलाइ
जस्तै आपात बिपद परेपनी
संकटको सामना गर्नु,
तर
बैरिका सामु
आफ्नो शिर नझुकाउनु भन्ने
आत्मसम्मान र स्वाभिमानको
पाठ सिकाएको छ।

यो तेहि टोपी हो
जस्ले ,
वीर गोर्खालिका
बिरताका गाथाहरुलाइ
आफुमा समाहित गरेर
मलाइ
अमुल्य नासो प्रदान गरेको छ
कर्तव्यको बोध गराइरहेको छ
पहिचान दिलाएको छ

त्यसैले त,
म निर्धक्कका साथ
छाती फुलाएर भन्न सक्छु
मेरो टोपी
मेरो गौरव
वीर गोर्खालीहरुको धरोहर
मेरो प्रिय टोपी ।
पुष्पा जोशी, धनगढी, कैलाली फेस बुकबाट