गजल

तिमी जस्तै उ पनि कसैको चेलिबेती हो ।
मागेर गुजारा चलाउने उसको खेती हो ।
तिम्रो जस्तै आलीसान घर त छैन उ संग,
तर घरजाम नै उसको सडकको पेटी हो ।

के गर्नु बिचारीलाई जिन्दगीले नै ठगेपछि,
अरुको जस्तै, उसको घर पनि सेती हो ।
रगत, पसिना, मन, मुटु एउटै भए पनि,
तिमी धनी, उ गरिब फरक तेत्ति हो ।
कसैको साथ पाएपछि उ पनि सफल हुन्थि
आखिर उ पनि त यै समाजको केटी हो ।
दुर्जन कुमार चौधरी कैलारी–६, बेनौली कैलाली