चाँद जसिन गीत रिलिज
कैलाली, १८ मंसिर । गायिका मेलिना राई र नरेश जोगीको स्वरमा रहेको थारु भाषाको चाँद जैसिन तोहार सुरतिया गीतको बोलको पुनः सुटिङ गरी शुक्रबार रिलिज गरिएको छ ।

पहिले सुटिङ गरेर युट्युवमा डाउनलोड गर्न तयारी अवस्थामा रहेको बेला महिला मोडलले युट्युवमा डाउनलोड नगर्न अनुरोध गरेका कारण निर्माता पक्षले पुनः सुटिङ गरेको जानकारी दिएको हो ।
चाँद जैसिन तोहार सुरतिया गीतको रचना र संगीत पनि गायक नरेश जोगीको रहेको छ । यस गीतमा करिश्मा चौधरी र जेएमसी चौधरी मोडल छन् । यसमा निर्देशन अर्जुन थापा तथा छायाँकन राजु केसीको रहेको छ । थारु गीत प्रायः थारु गाउँठाउँमा सुटिङ भइरहेको बेला यसको कुलेखानी क्षेत्रमा सुटिङ गरिएको छ ।

गायक नरेश जोगीले १० वटा गीतमा मोडल पनि गरेका छन् । गायिका मेलिना राईले आफू थारु भाषा नबुझे पनि पहिलो पटक गीत गाउन पाउँदा निकै खुशी लागेको बताइन् ।













