टीकापुरमा महिलाहरुको प्रतिस्पर्धा तर भूमिगतको डर

कैलाली, १७ मंसिर ।  स्थानीय महिला पतञ्जली योग समितिले टीकापुरमा होम आयोजना गरेको कार्यक्रममा सबै पार्टीका प्रतिनिधि र प्रदेशसभा उम्मेदवार होममा आमन्त्रित थिए ।

तीन महिला कैलालीको क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा गरिरहेका छन् । कांग्रेसकी पूर्वसंसद ईश्वरी न्यौपाने र वाम गठबन्धनका तर्फबाट एमाले केन्द्रीय सदस्य गरिमा शाह त्यस्तै नेपाली काँग्रेस समानुपातिकबाट उमादेवी वादी रहेका छन् ।

टीकापुरमा भएको घटनाका मुख्य योजनाकार भएको आरोप लागेपछि भूमिगत भएका रेशमलाल चौधरीले पनि उम्मेदवारी दिई प्रतिस्पर्धामा उत्रेका छन् । उनी राजपा तर्फका प्रतिनिधिसभा उम्मेदवार हुन् । उनको पक्षमा थारु समुदायको मत पर्याप्त देखिन्छ,त्यसैको जोखिममा दुवै नेतृ रहेका छन् ।

न्यौपाने भनिन, “टीकापुर घटना भएको थियो त्यसमा नुनचुक नछर्किऔं,त्यस घटनामा नेपालीकै धनजनको क्षति भएको छ । त्यसलाई नेपाल र नेपालीको आँखाबाटै हेर्नु पर्छ ।”

यो क्षेत्रमा ६० प्रतिशतभन्दा बढी थारु मतदाता छन् । ४० प्रतिशतभन्दा कम पहाडी मतदाता छन् । थारु समुदायको मत नलिई कसैले पनि जित्न नसक्ने देखिन्छ ।

टीकापुर क्षेत्रमा अछामबाट झरेको जनसंख्या धेरै छ । त्यहाँको मत शाहलाई जाने सम्भावना रहेको छ । कर्णाली नदीभन्दा पूर्वबाट आएको जनसंख्याको मत कांग्रेसकी न्यौपानेलाई जाने सम्भावना छ ।

युवालाई आकर्षित गर्न खेलकुद विकास, आर्थिक समृद्धि, टीकापुर क्षेत्रमा स्तरीय अस्पताल, कनेक्टिभिटी पर्यटन विकास लगायतका साझा एजेन्डा टीकापुरका उम्मेदवाहरुको रहेको छ ।